कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर राेक्का
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सिडिएससी) ले प्रतिवादी कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर रोक्का गरेको छ । संस्थाले श्रेष्ठको नाममा रहेको डिम्याट खाता नंं.१३०१०७००००१०२८१९ मा रहेको लगानी कोषको सबै सेयर हक हस्तान्तरण गर्न नमिल्ने गरी रोक्का राखेको हो । संस्थाले बुधबार(कार्तिक ५ गते) एक सूचना जारी गरी श्रेष्ठको सबै सेयर राेक्का गरेकाे जानकारी दिएकाे हाे । [pdf id=243391]
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ । यस्तै कुमारी बैंक रु आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक रु सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक रु चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोवार भई शीर्षस्थानमा पुगेको छ । कारोवारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एशिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।
गुराँस लाइफ इन्स्योरेन्सले घटायो बोनसदर, तोक्यो साधारणसभा र बुक क्लोजको मिति
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले यसअघि घोषणा गरेकाे बोनसदर घटाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ कोे नाफाबाट ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जुन कम्पनीले यसअघि घोषणा गरेको भन्दा ५० प्रतिशत कम हो । यसअघि कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी भई नेप्सेमा सूचीकृत भए पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ८७ करोड कायम भएकोले बोनसदर घटेको कम्पनीले जनाएको छ । त्यसैले, कम्पनीले सोही पुँजी १ अर्ब ८७ करोड रुपैयाँमा ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लगेको छ । साथै, सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको नगद लाभांश सभाले पारित गर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको १०औं वार्षिक साधारणसभा मंसिर ४ गते बिहीबार बस्दै छ । उक्त सभा सो दिन बिहान साढे १० बजे कम्पनीको प्रधान कार्यालय काठमाडौंको तीनकुनेमा बस्दै छ । सभाले लाभांश प्रस्ताव सहित कम्पनीको विभिन्न प्रस्तावलाई पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना गरी कूल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले कार्त्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यससँगै मंसिर १९ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।