एनपीएल घटेपछि माछापुच्छ्रे बैंकको नाफा २५.२४ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ४३ करोड रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २५.२४ प्रतिशत बढेर १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्षको पुसमा ४.५४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) चालु आवको पुसमा घटेर ४.२५ प्रतिशतमा झारेको छ । खराब कर्जा घटेसँगै बैंकको नाफामा केही सकारात्मक प्रभाव परेको देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर २ अर्ब ९४ करोड १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा बैंकले २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २२.१२ प्रतिशत बढेर ८२ करोड ७ लाख ९९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.८३ प्रतिशत बढेर ४ अर्ब २ करोड ६९ लाख ८१ हजार रुपैयाँ र सञ्चालन नाफा १०.२२ प्रतिशत घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख ८० हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ७.२२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख ९० हजार रुपैयाँ थियो ।  समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ प्रतिशत बढेर १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ, जगेडा कोषमा ६ अर्ब ९८ करोड १८ लाख २५ हजार रुपैयाँ रहेको छ ।  दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन १०.७८ प्रतिशत बढेर २ अर्ब ४ अर्ब ४ करोड ७१ लाख ७५ हजार रुपैयाँ र कर्जा लगानी ८.८८ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब ९५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधि सम्ममा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको आधार दर ५.४८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.९९ प्रतिशत रहेको छ । 

सुपरमाई हाइड्रोपावरको सेयर व्यवस्थापन माछापुच्छ्रे क्यापिटलले गर्ने

काठमाडौं । सुपरमाई हाइड्रोपावर र माछापुच्छ्रे क्यापिटलबीच सम्झौता भएको छ । सुपरमाई हाईड्रोपावरले आफ्नो धितोपत्र कारोबारको रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटललाई सुम्पिएको हो । सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटलले सुपरमाई हाईड्रोपावरका सेयरवालाको लगत अद्यावधिक राख्ने, दाखिल, खारेज, नामसारी, टुक्र्याउने लगायत सम्पूर्ण रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्नेछ । सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र मालाकार र सुपरमाई हाइड्रोपावरका सीईओ रवि पौडेलले हस्ताक्षर गरे । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ ।

१९ करोड बराबरको आईपीओ ल्याउँदै सुपर हेवा पावर, प्रत्याभूति मुक्तिनाथ क्यापिटलले गर्ने

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि आवश्यक प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौताअनुसार कम्पनीले कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ । सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनीका अध्यक्ष हर्कबहादुर तामाङ र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सुपर हेवा पावर कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–४ मा अवस्थित हेवा खोलाको पानी प्रयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।