एनएमबि सरल बचत फण्ड-इ को ४.४७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटल सञ्चालक समितिको बैठकले एनएमबि सरल बचत फण्ड-इ म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित ४.२७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि ४.२७ प्रतिशतका दरले १४ करोड ३४ लाख ३४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १४ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

खानीखोला हाइड्रोले भदौ ३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो ।  कम्पनीले ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत असार २७ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । 

हकप्रद सेयर बिक्री प्रयोजनका लागि सिटि होटलले तोक्यो बुकक्लोज मिति

काठमाडौं । सिटि होटलले हकप्रद सेयर बिक्री प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्ण गरेको छ ।  साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद जारी गर्नेछ ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।