होटल तथा रिसोर्टलाई आईपीओ ल्याउन सकस, २ वर्षदेखि सेबोनमै अड्किए फाइल
काठमाडौं । होटल र पर्यटन व्यवसाय क्षेत्रसँग सम्बन्धित झण्डै एक दर्जन होटल तथा रिर्सोटहरू सेयर निष्कासनका लागि लामो अवधिदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पर्खिरहेका छन् । एपेक्स हस्पिटालिटी, अकामा होटल, ठमेल प्लाजा होटल एण्ड स्वीट्स (रामाडा एन्कोर), वर्णवास म्युजिएम होटल, नगरकोट रिर्सोट, होटल सव्रिनालगायत झण्डै एक दर्जन होटल तथा रिर्सोट आइपिओ निष्काशनको लागि २/३ वर्षदेखि पर्खिरहेका हुन् । बोर्डले ती होटल तथा रिर्सोटलाई आईपीओ निष्कासनका लागि अनुमति दिनुको साटोमा थप कागजात, पुनः आवेदन तथा कम्प्लाइन्स प्रतिवेदन माग गरेको देखिएको छ । एपेक्स हस्पिटालिटीले प्रतिसेयर २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको लागि २०८० असार २२ गते आवेदन दिएको थियो । कम्पनीले कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ । यसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । बोर्डले २०८२ चैत्रमा पत्रको जवाफ दिँदै कम्पनीसँग थप कागजात तथा कम्प्लायन्स प्रतिवेदन माग गरेको छ । अकामा होटलले २०८१ असार २६ गते ४२ लाख ८५ हजार ८०० कित्ता सेयर निष्कासनको बोर्डमा निवेदन दिएको थियो । होटलले ४२ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको लागि सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । बोर्डले २०८२ असारमा कम्पनीलाई इस्यु साइज कुल चुक्ता पुँजीको २० प्रतिशत पुर्याउने सम्बन्धमा थप विवरण उपलब्ध गराउन भन्दै जवाफ दिएको देखिन्छ । त्यस्तै, थमेल प्लाजा होटल एन्ड सुइट्सले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०८१ कात्तिक २१ गते आवेदन दिएको थियो । २२ करोड ५० लाख रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । नियामक बोर्डले २०८२ चैत्र ८ गते कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी रहेकाले पुनः आवेदन तथा कम्प्लायन्स प्रतिवेदन माग गरिएको देखिन्छ । वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि २०८१ मंसिर १९ गते आवेदन दिएको थियो । ३९ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई बोर्डले इस्यु साइज चुक्ता पुँजीको ३६ प्रतिशत पुर्याउने विषयमा अद्यावधिक विवरण पेश गर्न भनिएको छ । त्यसैगरी, नगरकोट रिसोर्टले १५ लाख कित्ता सेयर निष्कासनका लागि २०८२ साउन १५ गते आवेदन दिएको छ । १५ करोड रुपैयाँ बराबरको आईपीओका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । होटल सब्रिनाले ४७ लाख ४ हजार कित्ता सेयर निष्कासनका लागि २०८२ भदौ १६ गते आवेदन दिएको छ । ४७ करोड ४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०८२ मंसिर ३ गते अद्यावधिक विवरणसहित कम्प्लायन्स प्रतिवेदन बुझाएको छ । स्वर्णिम होटल (होलिडे इन एक्सप्रेस)ले ३८ लाख कित्ता सेयर निष्कासनका लागि २०८२ भदौ १६ गते आवेदन दिएको थियो । ३८ करोड रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले २०८२ भदौ २८ गते कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । त्यसैगरी, होटल इच्छाले ३५ लाख कित्ता सेयर निष्कासनको लागि बोर्डमा २०८२ माघ २० गते आवेदन दिएको थियो । ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ । उक्त होटलले पनि बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । अतिथि रिसोर्ट एन्ड स्पाले १६ लाख २५ हजार कित्ता सेयर निष्कासनको लागि बोर्डमा २०८२ माघ २० गते आवेदन दिएको थियो । १६ करोड २५ लाख रुपैयाँ उक्त आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, एसियन होटलले ४२ लाख कित्तम सेयर निष्कासनको लागि २०८२ माघ २० गते बोर्डमा अनुमति मागेको थियो । कम्पनीले ४२ करोड रुपैयाँ बराबरको सेयर निष्कासनको लागि बोर्डमा अनुमति मागेको हो । उक्त सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । उक्त कम्पनीले बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । होटल पार्क ल्यान्डले १५ लाख कित्ता सेयर निष्कासनको लागि २०८२ फागुन ५ गते आवेदन दिएको थियो । १५ करोड रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । बुढानीलकण्ठ हेरिटेजले ४९ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि २०८२ चैत्र १६ गते बोर्डमा आवेदन दिएको थियो । ४९ करोड रुपैयाँ बराबरको उक्त आईपीओको लागि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । यही वर्ष अर्थात २०८३ वैशाख १ गते डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउसले १६ लाख कित्ता आईपीओ निष्कासनको लागि आवेदन दिएको छ । कम्पनीले १६ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्कासनको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । केटीएम हस्पिटालिटीले पनि २०८३ वैशाख १ गते १५ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको लागि बोर्डमा अनुमति मागेको छ । १५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओको लागि बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ।
टक्सार पिखुवा र याम्बालिङ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढ्यो
काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अकंको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४६ अंकले घटेर २७०० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा र याम्बालिङ हाइड्रोपावरेको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । सोमबार ३५३ कम्पनीको ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोपन फर्मास्युटिकल्सको भएको छ । सोपनको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एनआरएन इन्फाइस्ट्रक्चरको ३० करोड, १०.२५ प्रतिशत एनबीबीएलको २८ करोड, स्वाबलम्बनको २० करोड र आँखु खोलाको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
माउन्ट एभरेष्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज असार ८ गते अन्तिम दिन रहेको छ । असार ३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर जारी गरेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ८ लाख ८६ हजार कित्ता स्थानीय बासिन्दा, ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३४ हजार ४०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।