सपोर्ट माइक्रोफाइनान्सले एक करोड ८० लाख बराबरको साधारण सेयर चैतभित्र जारी गर्ने
काठमाडौं, ६ पुस । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाले आगामी चैत्रभित्र नै साधारण सेयर जारी गर्ने भएको छ । फाइनान्सले सय रुपैयां अंकित एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो । बुधबार प्रेस वित्रप्ति जारी गरी कम्पनीले साधारण सेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको जनाएको छ । माईक्रोफाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रलाल ढकाल र एनएमबि क्यापिटलका श्रीजेश घिमिरेले सेयर निष्काशन सम्वन्धि सम्झौंतामा हस्ताक्षर गरे । कम्पनीको मुख्य कार्यालय सुनसरीको ईटहरीमा रहेको छ । फाईनान्सको ४ करोड ८० लाख चुक्तापुजँी रहेको छ । साधारण सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको कार्यक्षेत्र १० जिल्लामा रहेको छ ।
कसमस डेभलपमेन्ट बैंकको साधारणसभा पुस २७ गते, १५ गतेदेखि बुक क्लोज
काठमाडौं, ७ पुस । कसमस डेभलपमेन्ट बैंकले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ दशमलब ८ प्रतिशत बोनस सेयर दिने बैठकको निर्णयलाई पारित गर्न साधारणसभा बोलाएको छ । सभाले बैंकको निर्णयलाई पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
अरुण कावेलीको साधारण सेयर बाँडफाँड, ३५ हजारसम्मको आवेदन दिनेलाई गोलाप्रथाबाट
काठमाडौं, ५ पुस । अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर बाँडफाड गरेको छ । मंगलबार दिउसो सेयर विक्रि प्रबन्धक रहेको सिद्धार्थ क्यापिटलले कम्पनीको थापाथलीस्थित कार्यालयमा बसेर सारधारण सेयर बाँडफाड गरेको हो । ३५ हजार रुपैयाँ बराबरको साधारण सेयर आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।गोलाप्रथाबाट पाएका व्यक्तिहरुले १३ कित्ता पाएका छन् । र ५० हजारसम्मको सेयर आवेदन दिनेलाई २.६७ प्रतिशतले सेयर बाँडफाँड गरिएको छ । त्यस्तै ५० हजार भन्दा माथिको सेयर आवेदन भर्नेलाई १.९७ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक ९ गते ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निस्कासन गरेको थियो । १२ अर्ब ६३ करोड रुपैंया बराबरको सेयर आवेदन परेको थियो । ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।