प्रभु बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं, ८ पुस । प्रभु बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभाले बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । शुक्रबार सम्पन्न उक्त वार्षिक साधारण सभाबाट सञ्चालक समितीको प्रतिवेदन सहित गत आ.व.०७२/०७३को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, एक्विजिसन(प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समिती लाई अख्तियारी दिने निर्णय गरेको छ । उक्त सभाले ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक शेयधनीहरुको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेश सिंह खड्का रहेका छन् । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कुसुम लामा र दक्ष पौडेल (सुभाष)निर्वाचित भएका छन् । साथै आजै बसेको नव निर्वाचित संचालक समितिको बैठकले देवी प्रकाश भट्टचनलाई अध्यक्षमा सर्व सहमतिका साथ चयन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिनर्जी पावरको साधारण सेयर आजबाट खुला, पुस १२ गतेसम्म आवदेन दिन पाइने

काठमाडौं, ८ पुस । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयर आजबाट बिक्री खुला भएको छ । यस कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्ब साधारणको लागि निश्काशन गरेको हो । उक्त सेयर पुस ८ गतेदेखि १२ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । नक्सालमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

धितोपत्र बोर्डद्धारा ११ वटा बैंकलाई आस्वा प्रणालीमा सहभागी हुने अनुमति

काठमाडौं, ८ पुस । आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा विकास बैंक सहित ११ वटा बैंकहरुलाई यस प्रणालीमा सहभागी हुन अनुमति दिएको हो । बोर्डका अनुसार अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, एनबी बैंक र कुमारी बैंक रेहका छन् । त्यस्तै, विकास बैंकहरुमा एस डेभलपमेन्ट बैंक र कैलास विकास बैंकले अनुमति पाएका छन् । बोर्डका अनुसार अन्य ६ वटा संस्थाहरु प्रक्रियामा रहेका छन् । बोर्डले आगामी माघदेखि सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने गर्ने प्रणाली आस्वा लागू गर्देछ ।