लुम्बिनी जनरल इन्स्योरेन्सको असार १३ गते बुक क्लोज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सकोे आगामी असार १३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले शतप्रतिशत (एक बराबर एकको अनुपातमा) प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

एनबी इन्सुरेन्सको शतप्रतिशत हकपद्र सेयरको बिक्री खुला, कँहाबाट दिने आवेदन?

काठमाडौं । एनबी इन्सुरेन्सले आजबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले जेठ ३ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि एक सय रुपैयाँ अंकित मूल्यको दरले २७ लाख कित्ता हकप्रदको बिक्री खुला गरेको हो । सो मात्राको सेयरको बिक्री आगामी साउन ५ गतेसम्म खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । उक्त सेयरको लागि इच्छुक सेयरधनीले काठमाडौंको जमलमा रहेको ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, एनबी इन्सुरेन्स कम्पनीको काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर जुनसुकै शाखाबाट आवेदन दिन सकिने इन्सुरेन्सले जनाएको छ ।

गरिमा विकास बैंकको ३ लाख कित्ता साधारण सेयरकै लिलामी

काठमाडौं । गरिमा विकास बैंकले ३ लाख ३६ हजार ७१ कित्ता साधारण सेयरकै लिलामी गरेर विक्री गर्न लागेको छ । यो बैंकले गत बैशाख १४ देखि जेठ १७ गतेसम्म गरेको हकप्रद सेयरको विक्री खुलामा नविकेको सेयरलाई लिलाम बढाबढ गरे बेच्न लागेको हो । यो बैैंकको संस्थापक सेयर ९ हजार ८४७ कित्ता सेयर पनि लिलामीमा विक्री गरिदैँ छ । यो बैंकले आगामी असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्ने गरी सूचना जारी गरेको छ । यसको सेयर कम्तिमा एक सयर रुपैयाँले कबोल गरेर शीलबन्दी मार्फत आवेदन दिनुपर्ने पनि उल्लेख छ । यसको विक्री प्रवन्धक एस क्यापिटल लिमिटेड हो ।