अरुन भ्यालीले १० प्रतिशत बोनस सेयर दिने, ३१ लाख कित्ता एफपिओ पनि

काठमाडौं, २३ साउन । अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कम्पनीले शुन्य दशमलब ५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसका साथै कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता सेयर एफपिओ जारी गर्ने भएको छ । समितिको दुबै निर्णय कम्पनीको धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै सेयरधनीले सो लाभांशका साथै सेयर किनबेच गर्न पाउने छन् ।

एकै दिन सयभन्दा बढीले घट्यो बीमा कम्पनीहरुको सेयर मूल्य

काठमाडौं, २२ साउन । गत विहिवार अधिकांश बीमा कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा बढीले घटेको छ । सो दिन ४५ अंकभन्दा बढीले घटेको पूजी बजारमा बीमा कम्पनीहरुको सेयर मूल्य उल्लेख्य रुपमा घटेको हो । सो दिन लाइफ इन्स्योरेन्स कम्पनीले ११९ रुपैयाँले घटेको छ । गत बुधवार ३४१० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ३३०० रुपैयाँमा कारोवार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११६ रुपैयाँले घटेको छ । गत बुधवार ३९३९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ३८२३ रुपैयाँमा कारोवार भएको छ । सो कम्पनीको प्रमोटर सेयर पनि १०७ रुपैयाँले घटेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १५९ रुपैयाँले घटेको छ । गत बुधवार २२८९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २१३० मा कारोवार भएको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर १०० रुपैयाँले घटेको छ । गत बुधवार १५७०० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर विहिवार १५६०० मा कारोवार भएको नेप्सेले जानकारी दिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १९३ रुपैयाँले घटेको छ । गत बुधवार २४०३ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २२१० रुपैयाँमा कारोवार भएको हो । शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १३५ रुपैयाँले घटेको छ । गत बुधवार ३५५५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर मूल्य गत विहिवार ३४२० रुपैयाँमा कारोवार भएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने एक दिनमा ६७ रुपैयाँले घटेको छ । अघिल्लो दिन १८३७ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १७७० रुपैयाँमा कारोवार भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने १२ रुपैयाँले मात्रै घटेको छ । अघिल्लो दिन १९१० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १८९८ रुपैयाँमा कारोवार भएको छ । गुरास लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ४१ रुपैयाँले घटेको छ । गत बुधवार ९५६ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ९१५ रुपैयाँमा कारोवार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा २१ रुपैयाँले घटेको छ । गत बुधवार १४६९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १४४८ रुपैयाँमा कारोवार भएको छ । नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ६९ रुपैयाँले घटेको छ । गत बुधवार २१०९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २०४० रुपैयाँमा कारोवार भएका छ । नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ३० रुपैयाँले घटेको छ । गत बुधवार १२१० रुपैयाँमा कारोबार भएको सो कम्पनीको सेयर गत विहिवार ११८० रुपैयाँमा कारोवार भएको छ । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ३१ रुपैयाँले घटेको छ । गत बुधवार २०६० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २०२९ रुपैयाँमा कारोवार भएको छ । सो एक दिनमा प्रभु इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन १५८० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १४९० रुपैयाँमा कारोवार भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सो दिन २८ रुपैयाँले घटेको छ । अघिल्लो दिन २४७३ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २४४५ रुपैयाँमा कारोवार भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले घटेको छ । अघिल्लो दिन १५७५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १५३१ रुपैयाँमा कारोवार भएको हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७० रुपैयाँले घटेको छ । अघिल्लो दिन २३७५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २३०५ रुपैयाँमा कारोवार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २९ रुपैयाँले घटेको छ । अघिल्लो दिन ९५० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ९२१ रुपैयाँमा कारोवार भएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १२३० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ११६५ रुपैयाँमा कारोवार भएको छ ।

क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुग्योः नेप्से

काठमाडौं, २० साउन । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल धितोपत्र बोर्डले क्लियरिङ बैंकको संख्या बढाउन दिएको समय सिमा नाघेको करिब चार महिनापछि बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो । बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । नेप्सेले चैत मसान्तमा बोर्डलाई पत्र लेखेर प्राबिधिक कारण देखाउँदै तत्कालै नयाँ क्लियरिङ बैंक थप्न नसक्ने बताएको थियो । नेप्सेले हाल प्रयोग गरिरहेको सफ्टवेयरको भेण्डर कम्पनीसँग बार्षिक मर्मत सम्झौता(एन्युअल मेन्टिनेन्स एग्रिमेन्ट) नभएको तथा उपयोगमा रहेको प्रबिधीले दुई वटा क्लियरिङ बैंक राख्न नसकिने भएकाले ढिलो भएको स्पष्टीकरण दिएको छ । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गरिरहेको छ । नेप्सेले खुल्ला प्रतिष्पर्धाका आधारमा थप क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी धितोपत्र बोर्डलाई समेत दिईसकेको छ ।