सिन्धु विकास बैंकलाई ८० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २० करोड ९७ लाख रुपैयाँ बराबरको २० लाख ९७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बोनस सेयर पछि नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बिहीबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५ दशमलब १५ प्रतिशत बानस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २६० रुपैयाँ रहने छ ।

सहयोगि विकास बैंकको १६ हजार सेयर लिलामीमा, साउन ५ भित्रै अावेदन दिनुपर्ने

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले १६ हजार ३६८ कित्ता साधारण समूहतर्फको सेयर लिलामीमा राखेको छ । यो बैंकले यही जेठ २ गतेबाट असार ४ गतेसम्मका लागि खुला गरेको हकप्रद सेयरका विक्रीका लागि आवेदन नपरेको सेयर गोप्य शिलवन्दी मार्फत बोलकबोलका आधार विक्री गर्न लागको हो । यसको सेयर न्युतम एक सय रुपैयाँमा कबोल गरेर यही असार २९ देखि साउन ५ गतेभित्रै आवेदन दिइसक्नु पर्ने छ । यो बैैंकको उक्त सेयरको विक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड हो ।