ग्रीन डेभलपमेन्ट बैंकको सेयर सुचिकृत, ७ दिन पछि कारोबार हुने

काठमाडौं , २ मंसिर । ग्रीन डेभलपमेन्ट बैंकको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । नेप्सेले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी ग्रीन डेभलपमेन्ट बैंकले जारी गरेको १० लाख कित्ता साधारण सेयर सुचिकृत गरेको जनाएको छ । नेप्सेको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले निर्णय गरेअनुसार सो बैंकको सेयर सुचिकरण गरिएको हो । ग्रीन डेभलपमेन्ट बैंक र नेप्सेविच मंसिर १ गते सेयर सुचिकरण सम्झौता सम्पन्न भएको थियो । सेयर सुचिकरणको सुचना प्रकाशित भएको मितिले ७ दिनपछि मात्र नेप्सेमा बैंकको कारोबार सुरु हुने छ । बैंकको प्रधान कार्यालय बाग्लुङमा रहेको छ ।

७० प्रतिशत बोनस प्रस्ताव गरेसँगै एभरेष्ट बैंकमा ओइरिए लगानीकर्ता,बुधबार मात्र झण्डै ३९ करोडको कारोबार

काठमाडौं, १ मंसिर । लगानीकर्ताहरु यतिवेला एभरेष्ट बैंकमा तानिएका छन् । बुधबार मात्र बैंकको झण्डै ३९ करोड रुपैयाँ बराबरको सेयर किनेवेच भएको छ । यो बुधबार कारोबार भएको कुल रकमको ३३ प्रतिशत हो । बैंकको बुधबार बसेको सञ्चालक समितिको २४७ औ बैंठकले ७० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस गरेको सुचना सार्वजनिक भएपछि एभरेष्ट बैंकको सेयर कारोबार ह्वात्तै बढेको हो । बुधबार मात्रै एभरेष्ट बैंकको १ लाख १ हजार ८ सय ७९ कित्ता शेयर कारोबार भएको छ । यसदिन नेशनल लाइफ इन्सुरेन्सको पनि २२ करोड ७५४ लाख बराबरको सेयर किनवेच भएको छ । बुधबार समग्र नेप्से परिसुचक भने ३ दशमलव ०१ अंकले ओरालो लागेको छ । बैकिङ ५ दशमलव ६१ अंकले, विकास बैंक १३ दशमलव ६९ अंकले र जलविद्युत २३ दशमलव ९४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल ४२ दशमलव ६८ अंकले, फाइनान्स १.३१ अंकले, विमा ६२.५८ अंकले र अन्य उपसुचक १ दशमलव १६ अंकले बढेको छ । यसदिन सवैभन्दा धेरै १० प्रतिशतको हाराहारीमा सिर्जना फाइनान्सका लगानीकर्ताहरु कमाएका छन् । त्यस्तै अरुण फाइनान्स, नेसनल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले पनि कमाए ।  गुमाउनेहरुमा आइएलफसिओ माइक्रोफाइनान्स संस्था,महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । दिनभर एक सय ३४ कम्पनीको एक करोड १९ लाख बराबरको १० लाख कित्ता सेयर विक्रि भएको छ ।  

माछापुच्छ्रे बैंकको ५० प्रतिशत हकप्रद निष्काशन, २० प्रतिशत बाेनस सेयर प्रस्ताव

काठमाडौं, १ मंसिर । माछापुच्छ्रे बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । उक्त हकप्रद सेयरका लागि मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म आवेदन र पैसा बुझाउन बैंकले सेयरधनीलाई आह्वान गरेको छ । कात्तिक १२ गते बुक क्लोजहुनुपूर्व सेयरधारण गरेको सेयरधनीले मात्र हकप्रद सेयर लिन पाउनेछन् । माछापुच्छ्रे बैंकका सबै शाखा कार्यालय र यस बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट् लिमिटेडबाट हकप्रद सेयरका लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । हाल तीन अर्ब ८६ करोड ४५ लाख ४० हजार चुक्ता पूँजी रहेको यो बैंकले दुई सेयर बराबार एक सेयर अर्थात विद्यमान सेयरको ५० प्रतिशत सेयर निश्काशन गरेको हो । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड ६० लाख १० हजार रुपैयाँ हुनेछ । बैंकले गत वर्षको नाफाबाट २० प्रतिशतका अर्थात ८० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस सेयर थपिदा बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ हुनेछ । बैंकले चालु आर्थिक वर्षको नाफाबाट करिव ८० करोड रुपैयाँको बोनस सेयर दिने र अपुग पुँजी एक्विजिशनबाट जुटाउने योजना बनाएको छ ।