डिशहोममा प्रकाश सपुतको नयाँ गीत गोएपमा एक्सक्लुसिभ रिलिज हुँदै
काठमाडौं । डिशहोममा प्रकाश सपुतको नयाँ गीत गोएपमा एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको हो । सो एक्सक्लुसिभ कार्यक्रम चैत २८ देखी डिशहोम गोएप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सकिनेछ । डिशहोम गो प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ । यदी डिशहोम ग एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दा सबै ईन्फरमेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिना सम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको छ कम्पनीले जनाएको छ । डिशहोमको यस एपमा लाईभ टि.भी. लगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री ….) को समेत मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।
चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न अदालतकाे आदेश
काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो । चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाएपछि केशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुगेका हुन् । उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही चैत २६ गते बोलाइएको छ ।
नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले पायो भारतको तीन अवार्ड
काठमाडौं । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेको जानकारी दिए । ‘यसलाई मैले हाम्रो जितको रूपमा लिएको छु । यहाँ अब हामीलाई गर्ने विश्वास पक्कै बढ्ने छ’, निर्देशक सुवेदीले भने, ‘हाम्रो नाटक चाँडै नै मुम्बईको पृथ्वी थिएटर र एनीपीएमा मञ्चन हुने भएको छ ।’ भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट दशमा परेको थियो । छानिएका नाटक यही चैत ११ देखि १७ गतेसम्म दिल्लीमा मञ्चन भएका थिए । नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटरको सहकार्यमा तयार भएको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्ट्स ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । निर्देशक सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)को हलमा मञ्चन भएको थियो । रासस