म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर सर्ट फिल्म प्रतिस्पर्धा गर्ने, विजेतालाई २ लाख

काठमाडौं । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ। बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो। बिहीबारदेखि नै सहभागिताका खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जोकोहीले पनि भाग लिन सक्ने कार्यक्रममा जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म कम्पिटिसन गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे। सांगीतिक क्षेत्रमा एकनासले राज गर्दै आएको म्युजिक नेपालले संगीतसँगै नेपाली सिनेमाका लागि पनि केही गरौँ भन्ने अभिप्रायले प्रतिस्पर्धाको आयोजनामा हातेमालो गर्न लागेको जानकारी गराए। म्युजिक नेपालको प्रतिनिधिको रुपमा बोल्दै राजीव लोहनीले भने, ‘म्युजिक नेपालले नेपालको संगीत क्षेत्रमा गरेको योगदान सर्व विदित नै छ। हामी दायरा फराकिलो पार्दै फिल्मकर्मीसँग काम गर्न इच्छुक छौँ । यो एउटा सुरुवात हो ।’ प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले फागुन ३० सम्म कथासार बुझाउनु पर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्धारा ३ दिन प्रशिक्षण दिइनेछ र यो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ। छानिका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रुपमा नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् ।

जसले सिनेमालाई डिजिटलाइज गरे, हललाई मल्टिप्लेक्स बनाए

काठमाडाैं । परम्परागत प्रविधिका हललाई परिणत गरी सुविधासम्पन मल्टिप्लेक्स हलको नयाँ मोड दिने व्यवसायी हुन्, नकिम उद्दिन । सन् २००२ मा सिनेमा व्यवसायमा प्रवेश गरेका उद्दिनले सिनेमा जगतमा छुट्टै पहिचान बनाईसकेका छन् । नेपाली फिल्म इन्ड्रस्ट्रीजको डिजिटलाईजेशन गर्नेदेखि फिल्म हलको गुणस्तर वृद्धिमा उनले नयाँ ट्रेण्डसेटरको भूमिका खेलेका छन् । कलेजको पढाई विदेश सकेर उद्दिन १९९६ मा नेपाल फर्किए । उनको पारिवारिक व्यवसाय पोतेको व्यापार थियो । उनका बुबाआमाले इन्द्रचोकमा पोतेको पसल चलाएका थिए । नेपाल फर्किएपछि नकिम उद्दिन पनि पारिवारिक बिजनेसमा सक्रिय भए । २ वर्षपछि उनले पोते व्यापार छोडे । ‘सानो व्यवसाय, बुबा आमाको लागि पनि प्रयाप्त काम थिएन, म त्यसमा रम्न सकिन’ उनले भने । त्यो बेला नेपालमा मुलत आयात व्यापार नै थियो । त्यसमा उनले हात हाले तर राम्रो भएन । पछि सभाना ट्राभल एजेन्सी सञ्चालनमा ल्याए । त्यहिबेला माओवादी द्वन्द्व उत्कर्षमा उक्लियो । सन् २००१ मा धेरै जसो पर्यटन व्यवसायहरू बन्द भए र उद्दिनले सञ्चालन गरेको सभाना ट्राभल बन्द भयो । उद्दिन फेरी नयाँ व्यवसाय गर्ने सोचमा पुगे । त्यहिबेला जेठान भाष्कर ढुंगानाले चलचित्र व्यवसाय सुरु गर्ने योजना सुनाए । उद्दिन पनि सानैदेखि सिनेमामा धेरै रुचि राख्ने मान्छे । उनलाई योजना मन पर्यो । भाष्कर अमेरिकामा पढाई गर्दा उनका प्रिय साथीका रूपमा राजेश सिद्दी थिए । ढुंगाना, उद्दिन र सिद्दीको टिम बन्यो । सिनेमा उद्योगलाई एउटा नयाँ गति दिने योजनासहित त्यो टिम सन् २००२ बाट चलचित्र व्यवसायमा प्रवेश गर्यो । जय नेपाल हलबाट उनीहरुले सिनेमा व्यवसायमा हात हाले । पछि कुमारीमा पनि लगानी गरे । ‘त्यो समयमा अवसरभन्दा बढी चुनौतीहरू थिए, द्वन्द्व चर्किएको थियो, उपत्यका बाहिर १२ बजे पछाडी एक शो र काठमाडौंमा २ शो फिल्म चल्थ्यो, सुरक्षाको हिसाबले तनाव नै थियो,’ विगतका दिन स्मरण गर्दै उद्दिनले भने । सन् २०७०/८० को दशकका हिन्दी या नेपाली सिनेमाको कपी मात्रै हुन्थे त्यो बेलाका सिनेमाहरू । हुबहु त्यस्तै बन्थे । त्यो ओपन सेक्रेट नै हो  । १६ एमएममा खिचेर ३५ एमएममा देखाइन्थ्यो  । हलमा स्पष्ट आकृति देख्न १०/१५ मिनेट नै लाग्थ्यो  । झनै सेलोलाइड प्रविधि, जसको एउटा प्रिन्ट कष्ट नै एक लाख पथ्र्यो । हल-हलमा दौडाउनुपर्ने । सन् २००२ ताका देशभर ५ सय वटा सिनेमा हल थिए । माओवादी द्वन्द्वका कारण करिब ४ सय हल बन्द भए । तैपनि हलहरु एउटै फिल्म लामो समय हलमा देखाउन बाध्य थिए । पुराना सिनेमा कति समय हेर्ने भन्दै दर्शकको असन्तुष्टि त्यत्तिकै थियो । ‘यस अवस्थामा नयाँ प्रविधि नेपाल भित्र्याउने उद्देश्यका साथ हामी काम गर्न थाल्यौं, सिनेमा उद्योगले एनालग प्रविधि छोडेर डिजिटल प्रविधि तिर जानुपर्छ भन्नेमा हाम्रो ध्यान केन्द्रीत भयो,’ उनले भने । सन् २००४/०५ मा उद्दिन सिनेमा क्षेत्रमा प्रयोग भएका प्रविधिको अध्ययन गर्न विभिन्न देशमा पनि गए । विदेशमा धेरै प्रविधिको विकास भइसकेको थियो तर महँगो । यहाँका हल व्यवसायीहरूले त्यो प्रविधिलाई धान्न सक्ने अवस्था थिएन । समय बित्दै गयो । भारतमा युएअफो मुभिज भन्ने कम्पनी आयो । त्यसले विभिन्न प्रविधि ल्यायो । जुन चल्यो पनि । त्यसबारे उद्दिनको प्राविधिक टोलीले भारतमा गएर अध्ययन गर्यो । प्रविधि ल्याएर मात्र भएन, यहाँको उत्पादनदेखि वितरण प्रदर्शनी सबै कुरा मिल्नु पर्ने थियो । तत्काल अघि बढ्ने आधार देखेन उद्दिनको समूहले । उनका साथी भाष्करलाई आफै सिनेमा बनाउने हुटहुटी थियो । अरु दुईले पनि उनलाई साथ दिने भए । फिल्म बनाउने तर डिजिटल बनाउने निणर्यमा पुगे उनीहरु । त्यति बेलासम्म नेपालमा डिजिटल फिल्म बनेका थिएनन् । शुरुमा आफैले डिजिटल फिल्म बनाउने, त्यसको लागि आवश्यक पूर्वाधारको तयार गर्दै जाने र विस्तारै उद्योगलाई नै डिजिटलमा लाने उद्देश्य साथ उक्त टीमले ‘कागबेनी’ सिनेमा बनायो । ‘कागबेनी’ पहिलो डिजिटल प्रविधिमार्फत बनेको चलचित्र थियो  । सिनेमा बनाउनको लागि अमेरिकाबाट क्यामेरा, सेटअप र आवश्यक प्रविधिहरू मगाएर सुटिङ गरेको उद्दिन बताउँछन् । ‘कागबेनी’ चलचित्र डिजिटल पर्दामा आयो । तर, त्यो बेला ८० लाख रुपैयाँ लगानी गरेर बनेको कागबेनीमा भएको लगानी उठाउन भने निर्माता समूह असफल भयो । ‘कागबेनी’ले घाटा खाएपनि फिल्म निर्मातालाई डिजिटल प्रविधिमा फिल्म बनाउन प्रोत्साहित गर्ने लक्ष्यका साथ उद्दिनको समूहले सन् २००८ ‘सानो संसार’ फिल्म बनाए । ‘सानो संसार फिल्म रिलिज गरिसकेपछि, यहाँ निर्माता, वितरक तथा प्रदर्शक साथीहरूले यो प्रविधि भरपर्दो रहेछ, यसमा लगानी गर्दा ठिकै हुन्छ भन्ने कुराको महशुस गर्नुभयो’ उद्दिन भन्छन्- सन् २०१० सबै हललाई डिजिटलाईज गरेर सबै फिल्म डिजिटल्ली रिलिज गर्न सक्ने बनायौं,’ उनले भने । ‘हामीले पैसा उठाउने उद्देश्यले सिनेमा बनाएका थिएनौं, ‘सानो संसार’ करिब एक करोड २५ लाख रुपैयाँमा बनाएका हौं, तर एउटा संस्कारको सुरुवात हामीले गरेका हौं, त्यो नगरेको भए यस क्षेत्र यो लेबलसम्म आइपुग्दैन थियो होला, त्यही लगानीको फल स्वरुप यस क्षेत्र अहिलेका अवस्थामा आइ पुगेको हो,’ उनले भने । ‘सानो संसार’ फिल्मपछि नेपालभर सिनेमा हलका पर्दा डिजिटलाइजेसन हुनु र मल्टिप्लेक्स फ्लेवरमा हलहरू खोल्नु नेपाली सिनेमाका लागि टर्निङ पोइन्ट भएको उनी बताउँछन् । डिजिटलाइजेसनले नेपालभरका हलमा सिनेमा रिलिज गर्न सजिलो भयो । उक्त प्रविधिले निर्माताहरूलाई पनि सहज भयो । खर्च कम भयो । यसैबीच चलचित्रमा नयाँ निर्माता प्रवेश गरे । सन् २०१२ मा चलचित्र ‘लुट’ प्रदर्शनमा आएपछि डिजिटल प्रविधिको उपयोगिता देखियो । यो सिनेमा नेपालभर रिलिज भएको थियो । पहिलोभन्दा दोस्रो हप्ता झनै राम्रो दर्शक पायो । ‘हामी कस्तो सिने उद्योगमा लम्कँदै छौं भनेर ‘लुट’ले देखाइदियो,’ उद्दिनले भने । ‘हामी जय नेपाल हलमा आउनु, सिनेमा हलहरू डिजिटल प्रविधिमा जानु, ‘लुट’ रिलिज हुनु ऐतिहासिक मोड थियो नेपाली सिनेमाका लागि,’ उद्दिन सम्झन्छन् । ‘छक्कापन्जा’को नयाँ शृंखलाहरुले हिन्दी र अंग्रेजी सिनेमालाई साइड लगाइदिए । ‘जो पायो त्यही मान्छेले नेपाली सिनेमा बनाएर चल्दैन । पढेको, बुझेको, सृजनशील, आइडिया भएको मान्छेले फिल्म बनाउँदा दर्शकले मन पराउँछन्,’ उनको ठम्याई छ । ४०० हल आवश्यक नकिम उद्दिन, भास्कर ढुंगाना, राजेश सिद्दीको टिम चलचित्र व्यवसायमा प्रवेश गर्दा १०० वटा हल थिए । दुई दशकपछि अहिले नेपाल २०० वटा सिनेमाका हल छन् । जसमध्ये ५०/६० वटा पुराना हल पनि छन् । ती हलहरू लामो समयसम्म सञ्चालनमा आउन नसक्ने अवस्थामा छन् । कोभिडको समयमा पनि केही हलहरू बन्द भए । अझै पनि बन्द हुने क्रममा छन् । सँगै ठूला सहरी क्षेत्रमा मल्टिप्लेक्स हलमा लगानी बढ्दै गएको छ । भूगोल र जनसंख्याको आधारमा करिब ४०० सिनेमा हल हुनुपर्नेमा अहिले २०० मात्र हुनुले यस क्षेत्रमा लगानीको राम्रो अवसर रहेको उनी बताउँछन् । ‘अहिले सिनेमा हलको कमी छ, धरै ठाउँमा सिनेमा हलको आवश्यकता छ, आधुनिक सिनेमा हल बनाउनको लागि लगानी ठूलै चाहिन्छ, त्यसले गर्दा हामी सबैतिर लगानी गर्न सकिँदैन, हामीले हाम्रो क्षमताले भ्याएसम्म विस्तारै लगानी गर्दैछौं,’ उनले भने । सिनेमा क्षेत्रको विकासको लागि सरकारी नीति उपयुक्त बनाउनु पर्ने आवश्यक उद्दिनले ठाने । भारत सरकारले मल्टिप्लेक्समा लगानी गर्नेलाई ५ वर्षसम्म कर दिएको उदाहरण दिँदै नेपाल सरकारले पनि त्यस्तो नीति लिएमा सिने हलमा लगानी आकर्षित हुने उनले बताए । सिने हलहरुलाई समय सापेक्ष स्तरवृद्धि गर्दा दर्शकहरु मूल्य तिर्न तयार भएको उनी बताउँछन् । ‘हामी सिनेमा जगतमा प्रवेश गर्दा गोपीकृष्णमा फिल्मको शुल्क ५० रुपैयाँ लाग्थ्यो, हामीले जय नेपाल हलमा फिल्म हेर्नको लागि १५० रुपैयाँ शुल्कबाट सुरु गरेका थियौं,’ उनले भने- ‘तर महँगो भनेर हाम्रोमा दर्शकको कमी भएन ।’ ‘हलभित्रको प्रविधि आधुनिक हुनुपर्यो, आधुनिक प्रोजेक्टर हुनुपर्यो, साउण्ड सिस्टम गुणस्तरीय हुनुपर्यो, बस्ने सिट आरामदाही हुनुपर्र्यो, सरसफाई राम्रो हुनुपर्यो, हलभित्रको सर्भिस राम्रो हुनुपर्यो, अनिमात्र ग्राहक उचित मूल्य तिर्न तयार हुन्छन्’ उनले थपे । ‘त्यतिबेला नेपालका सिने हलहरु व्यवस्थित थिएन, विदेशमा फिल्म हेरेको अनुभवका आधारमा हामीले दर्शकहरुको लागि सुविधा बढाउने गरी हल बनाउन थाल्यौं । भर्खरैका ठिटा आएर जे पायो त्यही गर्न लाग्यो भन्ने पुराना व्यवसायीहरुको आलोचना पनि गर्दथे, तर हामीलाई थाहा थियो, हामीले के गरिरहेका छौं, धेरै वटा हल खोल्न नसकिएला तर एउटा हल चाहिँ कसो चलाउन नसकिएला, आफूले पनि त्यहाँ गएर फिल्म हेर्न पाइएला भन्ने उद्देश्यले पनि सुरुवात गरेको हौं,’ विस्तृतमा उनले भने । क्यूएफएक्सको यात्रा कुमारी र जय हलपछि आफ्नै ब्राण्ड स्थापित गर्नतर्फ उद्दिनको टिम लाग्यो । प्रविधिले सुविधा सम्पन्न क्यूएफएक्स नामक पहिलो मल्टिप्लेक्स सन् २००९ मा सिभिल मलमा सञ्चालनमा आएको थियो । अहिले क्यूएफएक्स चलचित्र पर्दाको लोकप्रिय ब्राण्डको रूपमा स्थापित भइसकेको छ । देशका विभिन्न ११ ठाउँमा क्यूएफएक्सको शाखा सञ्चालनमा छन् । उद्दिनको टीमको लगानी सबै क्यूएफएक्सका हलमा छैन । यो ब्राण्ड र म्यानेजमेन्ट हो । उद्दिनको टिमले फ्रेनचाईज पनि गर्छ । अहिले क्यूएफएक्सको वार्षिक कारोबार एक सय करोड रुपैयाँ छ । कुल सिनेमा हलको व्यापारको करिब ५० प्रतिशत हिस्सा क्यूएफएक्सले ओगटेको छ । अहिले क्यूएफएक्सको नयाँ शाखा वीरगञ्जमा खुल्दै छ । वीरगञ्जमा ३ वटा पर्दाको सुविधा सम्पन्न मल्टिप्लेक्स हुनेछ । यो हल केही महिनापछि सञ्चालनमा ल्याउने तयारी छ । सो मल्टिप्लेक्समा एकैपटक ३ सय ६० जनासम्म बसेर फिल्म हेर्न सक्नेछन् । उक्त हलको निर्माण १६ करोड लगानीमा हुने पनि उद्दिनले बताए । कोभिडका कारण आर्थिक समस्यामा परियो । जसले गर्दा नयाँ हलमा लगानी गर्ने क्षमता नरहेको पनि उद्दिन सुनाउँछन् । उनीहरूले डिजिटल नेपाल भन्ने कम्पनी पनि सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट नेपाल भरका हलमा प्राविधिक सहायता गर्ने काम पनि गर्दै आएको छ । ‘डिजिटल नेपाल कम्पनीबाट हलमा चाहिने प्रविधिको सहयोग गर्दै आएका छौं, डिजिटल फिल्म चाहिने कन्टेन्ट, टेक्नोलोजीको काम अहिले पनि गर्छौं, ओभरल हेर्ने हो भने त्यो कम्पनीमा धेरै जना लगानीकर्ता हुनुहुन्छ, सबै मिलेर त्यसमा ५/६ करोडक लगानी गरेका छौं,’ उनले भने । उद्दिन भन्छन्, ‘पहिला फिल्ममा पैसा थिएन, अहिले पैसा छ, राम्रो सिनेमा बन्यो भने १०/१५ करोड रुपैयाँको व्यापार गरिदिन्छ, उत्कृष्ट फिल्म बन्यो भने अब एउटै फिल्मले १०० करोडको व्यापार गर्ने गरी बजार विकास भएको छ ।’ ‘अमेरिकामा १५/१६ डलर शुल्क तिरेर फिल्म हेर्नुपर्छ, आज हामीले त्यही अनुपातमा, त्यही क्वालेटी, टेक्नोलोजी प्रयोग गरेर २/३ डलरमा दर्शकलाई देखाइरहेका छौं, त्यो नेपालीको लागि एउटा गौरवको कुरा हो,’ उनले भने । राजेश हमाल जस्ता नयाँ स्टारहरुको उदय हुने, क्षमतावान व्यक्ति फिल्म राइटर भएर बजारमा प्रवेश गर्ने, आधुनिक प्रविधिको प्रयोग पनि गर्दै जाने हो भने समग्रमा फिल्म इन्डस्ट्रीजको विकासले नयाँ चरणमा प्रवेश गर्ने उनको विश्लेषण छ । सम्बन्धित समाचार चार साथी मिलेर बनेको एफवान सफ्ट, फिनटेकमा उत्कृष्ट बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी व्यापार छोडेर उद्योगमा स्थापित शशिकान्त अग्रवालको कथा विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

‘प्रसाद २’ को प्रदर्शन मिति तय

काठमाडौँ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ। एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ। कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ। फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा गरिएको निर्माता सुभास थापाले जानकारी दिए। ‘प्रारम्भिक सम्पादन र ध्वनिको काम छायाङ्कनमै भएको छ। हाम्रो फिल्म पूर्णरूपमा तयार हुने भएकाले प्रदर्शन घोषणा गरेका हौँ’, निर्माता थापाले भने। एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतसमेत निर्माता हुन्। सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ। ‘मेरो लागि यो फरक किसिमको फिल्म रह्यो। मैले कथालाई न्याय गरेको छु’, निर्देशक थापाले भने। यो फिल्म ‘प्रसाद’ को दोस्रो भाग हो। यसमा राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत, उत्तम न्यौपानेको ध्वनि मुद्रण, पत्रकार सुशील पौडेलको लेखन रहेको छ। फिल्मको प्रोडक्सन कोर्डिनेटरको काम मनोज केसीले गरेका हुन्।