डिशहोम फाइबरनेटको अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा
काठमाडौं । डिशहोम फाइबरनेटले ‘एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा’ अफर ल्याएको छ । कम्पनीले बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने थिए । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने कम्पनीले जनाएको छ । उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ । थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।
‘पशुपति प्रसाद २ : भष्मे डन’ले चार दिनमा गर्यो ६ करोड कलेक्सन
काठमाडौं । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिए । ‘दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ । यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौँ । त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको सङ्केत गरेको छ’, निर्माता लामिछानेले भने । सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् । उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रुपमा दर्शकले रुचाएको बताए । ‘समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ । उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाई पनि छ’, अभिनेता कार्कीले भने, ‘यही चरित्रमार्फत म दर्शक माझ परिचित बनेँ । यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो । अहिले दर्शकको प्रिय बनेको छ ।’ चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले जानकारी दिए । यसलाई ‘पशुपति प्रसाद’ को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए। उनले भने, ‘यसमा कथालाई निरन्तरता दिएका छौँ । सबै पात्र हुनुहुन्छ । त्यसैले यो पहिलो भागकै निरन्तरता हो ।’ चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रका वितरक करण श्रेष्ठले चार दिनमा छ करोड बढीको कुल व्यापार ‘ग्रस कलेक्सन’ गरेको जानकारी दिए । उनले भन, ‘चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौँ । नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ । यद्यपि तथ्याङ्क दसैँ सकिए लगत्तै सार्वजनिक गर्नेछौँ ।
दशैंको फुर्सदमा हेर्नुपर्ने उद्यमशीलताको प्रेरणा जगाउन सहयोग पुर्याउने चलचित्रहरु
काठमाडौं । सबै मानिसहरुलाई आ–आफूलाई प्रभावित पारेका फरक–फरक चलचित्रहरु हुन्छन् । कुनै फिल्म दुःख पर्दा हेर्न मन लाग्ने हुन्छ, कुनै फिल्म खुसीको समयमा त कुनै फिल्म उत्प्रेरणाको लागि । यतिबेला हामीले धेरै नेपालीहरुले मनाउने महान चाड बिजयादशमी मनाइरहेका छौं । सरकारी, गैरसरकारी तथा निजी सम्पूर्ण क्षेत्रका उद्योग तथा व्यवसायमा एक प्रकारले छुट्टीको अवस्था छ । चाडबाडको रंगरमाइलो एवं फुर्सदको बेलामा उद्यम तथा व्यवसायमा रुची राख्नेहरुले केही चलचित्र हेरेर यो बेलामा उत्प्रेरणा लिन सकिन्छ । यहाँ केही चलचित्रको बारेमा चर्चा गर्न खोजिएको छ, जुन फिल्मले उद्यमशील सोच भएका व्यक्तिहरुलाई थप उत्प्रेरणा प्रदान गर्न सहयोग पुर्याउन सक्छन् । हामी सबैलाई थाहा छ की सफल उद्यमी तथा व्यवसायी बन्न कडा परिश्रम, दत्तचित्तता र उत्प्रेरणा चाहिन्छ । ९० प्रतिशत भन्दा धेरै स्टार्टअप उद्यम तथा व्यवसायहरु प्रतिस्पर्धा र सीमित अवसरको कारणले गर्दा असफल हुने गरेको अध्ययनले देखाएको छ । उद्यम तथा व्यवसायमा उत्कट चाहना हुनेहरुलाई कतिपय चलचित्रहरुले थप अध्ययन र ज्ञानको लागि सहयोग पुर्याउन सक्छन् । १. द सोसियल नेटवर्क ‘सोसियल नेटवर्क’ डेभिड फिन्चरद्वारा निर्देशित चलचित्र हो । सो चलचित्रले हावर्ड विश्वविद्यालयमा पढ्दा मार्क जुकरबर्गले कसरी फेसबुकलाई बनाए भन्ने विषयलाई देखाएको छ । चलचित्रमा जेसी आइजेनबर्गले मार्क जुकरबर्गको रुपमा जीवन्त तरिकाले भूमिका निभाएका छन् । मार्क जुकरबर्गलाई आर्थिक समस्या, अन्य मानिसहरुको वेवास्ता र कानुनी अड्चनका बाबजुद पनि धेरै इच्छाशक्ति भएको व्यक्तिको रुपमा चलचित्रमा हाइलाइट गरिएको छ । चलचित्रमा जुकरबर्गले दुई भाइहरुबाट मुद्दा र एकजना मिल्ने साथीबाट धोका पाएका थिए । विभिन्न चुनौतीहरुका बाबुजुद जुकरबर्गले फेसबुक स्थापना गरेका छन् । अहिले फेसबुक विश्वमा नै एउटा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । नयाँ उद्यमको स्थापना गरेर सफल हुन चाहने व्यक्तिलाई उत्प्रेरणा प्रदान गर्छ । चलचित्रले सफल हुनको लागि धनी हुन आवश्यक नभएको र सही विचारको आधार निर्माण गर्नुपर्ने बताएको छ । सकारात्मक नतिजाको लागि नेतृत्वमा आत्मविश्वास र अनुशासन हुनुपनर्पे शन्देश दिएको छ । २. मनीबल यदि तपाईं बेसबलको प्रेमी हुनुहुन्छ र उद्यमी हुनुहुन्छ भने यो चलचित्रले उत्प्रेरणा दिन्छ । यद्यपी चलचित्र बेसबलमा कम र ओकल्यान्ड ए का महाप्रवन्धक बिली बीनको बेसबल जित्ने दृष्टिकोणमा बढी केन्द्रित भएको छ । बीनले आफ्नो टोलीलाई बेसबल लिगमा सफलता हासिल गर्नको लागि तयार गर्न अपनाइएको अलोकप्रिय सेबरमेटिक प्रकृयाको विषयमा चलचित्रमा देखाइएको छ । उनले आफ्नो टोलीमाथि आइपरेका आर्थिक लगायतका समस्याहरुलाई छिचोल्दै अगाडि बढ्न अभ्यास नयाँ प्रयोगहरुलाई अवलम्बन गर्छन् । चलचित्रले धेरै स्टार्टअपहरुले बीनले जस्तै समस्याहरुको सामना गर्छन् र बाँच्नको लागि अनुकुलुन हुन तयार हुनुपर्छ भन्ने शन्देश दिएको छ । साथै चलचित्रले प्रत्येक उद्यमीले उद्यमको लागि विश्लेषणात्मक दृष्टिकोण अपनाउनुपर्छ भन्ने सन्देश दिएको छ । ३. द वल्फ अफ वाल स्ट्रीट चलचित्रमा सम्पूर्ण कथा वास्तविक संसारको अवस्थालाई सरलिकृत रुपमा प्रस्तुत गरिएको छ, जसले मानिसलाई अत्यन्तै धेरै प्रेरणा प्रदान गर्छ । चलचित्रमा जोर्डन बेलफोर्टको उद्यममा भएको उकाली ओरालीलाई हाइलाइट गरेर देखाइएको छ । पात्रमा भएको उर्जा र बिक्री प्रतिको मानसिकताले तपाईंलाई वास्तविक वालस्ट्रीट र भित्री इन्साइडर ट्रेडिङको बारेमा बताउँछ । साथै यसले अर्थतन्त्रलाई राम्रो र नराम्रो आकार दिन कसरी भूमिका निर्वाह गर्छ भन्ने बारेमा देखाउँछ । सफल व्यवसायीहरु सधैं नै बेच्नको लागि तयार हुनुपर्ने, साथै उद्यमी लोभी र सहानुभूति नभएको हुन नहुने विषयलाई पनि चलचित्रले देखाएको छ ।