नयाँ लोक देउडा गीत ‘जौमास’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिममा चाँडपर्वमा मनाइने लोककथाहरूको सँगालोमा आधारित नयाँ लोक देउडा गीत ‘जौमास’ सार्वजनिक भएको छ । सरोज खड्काको शब्द र देवेन्द्र खड्काको लय संगीतमा रहेको ‘जौमास’ गीतमा देबेन्द्र खड्का र संगीता थापाको स्वर रहेको छ । यो गीत ‘माँझ आँगन’ युट्युव च्यानलमा सार्वजनिक भएको हो । सरोज खड्काले निर्देशन गरेको गीतमा स्थानीय सस्कृतीको प्रबन्धन गरिएको छ । केटा र कटि बिचको प्रेम देखाएको यो गीत अहिले प्रशंसा बटुलिरहेको छ । सुदूरपश्चिमको अछाम जिल्लामा छायाकंन गरिएको यो गीतले स्थानीय कुरालाई देखाएको छ भने सस्कृतीको जगेर्ना गर्ने उद्देश्यले यो गीत तयार पारिएको गायक देवेन्द्र खड्काले बताएका छन् । अछाम जिल्लामा जन्मेका देवेन्द्र खड्का आर आर क्याम्पसमा स्नातक गरेर अहिले कलानीधिमा संगित सिकिरहेका छन् ।

कति छ बलिउड अभिनेता रणवीर कपुरको सम्पत्ति ?

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर हालै रिलिज भएको फिल्म एनिमलका कारण चर्चामा छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । सन्दीप रेड्डी भांगाद्वारा निर्देशित यो एक्सन क्राइम थ्रिलर फिल्मले सन् २०२३ मा नयाँ रेकर्ड बनाउन सक्छ । कपुरको अभिनयसँगै उनका सहकलाकार बबी देओल र रश्मिका मन्दानाको पनि तारिफ भइरहेको छ । तर, के तपाईंलाई थाहा छ रणवीरले फिल्मबाहेक अरू कहाँबाट कमाउँछन् ? यिनै कुराबाट कमाइको आधारमा उनी करोडौंको सम्पत्तिका मालिक हुन् । यस्ता छन् उनको आम्दानीका स्रोत : सावनका सेयरधनी रणवीर कपुर २०१४ देखि म्युजिक स्ट्रिमिङ कम्पनी सावनका सेयरधनी र ब्राण्ड एम्बेसडर हुन् । सावनले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार बलिउड अभिनेतालाई अगाडि लैजानका लागि उनी क्रिएटिभ पार्टनरका रूपमा टोलीमा सामेल भएका हुन् । सावनसँगको सहकार्यमा आफ्नो विचार साझा गर्दै कपुरले भने, ‘म ब्राण्डलाई मार्गदर्शन गर्न, प्रोग्रामिङलाई प्रभाव पार्न, संगीत स्रोताहरूको अर्को पुस्तासँग जोडिन मद्दत गर्ने छु ।’ मुम्बई सिटी एफसी ४१ वर्षीय बलिउड अभिनेता रणवीर इण्डियन सुपर लिग टिम मुम्बई सिटी एफसीका मालिक हुन् । उनको विमल पारेखसँग इण्डियन सुपर लिगको टोलीमा ३५ प्रतिशत साझेदारी छ । बाँकी ६५ प्रतिशत सेयर सिटी फुटबल ग्रुप (सिएफजी) को छ, जसमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पनि छ । ड्रोन आचार्य एरियल इनोभेसन सन् २०२२ मा रणवीरले पुणेमा रहेको ड्रोन स्टार्टअप कम्पनी ड्रोन आचार्य एरियल इनोभेसनमा सेयर किनेका थिए । मिडिया रिपोर्टका अनुसार अभिनेताले करिब २० लाख रुपैयाँको ३७ हजार २ सय कित्ता सेयर किनेका छन् । बलिउड अभिनेता आमिर खानले पनि सोही स्टार्टअपमा करिब २५ लाख रुपैयाँ लगानी गर्दै ४६ हजार ६ सय कित्ता सेयर किनेका थिए । अन्य लगानी रणवीरले घरेलु उत्पादन कम्पनी बेकोमा पनि लगानी गरेका छन् । तर, उनले यहाँ कति लगानी गरे भन्ने सही जानकारी छैन । कम्पनीले कम्पोष्ट गर्न मिल्ने फोहोर झोला, पुनः प्रयोग गर्न मिल्ने किचन तौलिया रोल, भुइँ क्लिनर, बाँसमा आधारित फेसियल टिस्यु, बाँसको टुथब्रस र अन्य विभिन्न सामान उत्पादन गर्छ। दिया मिर्जा, आमिर खान र भूमि पेडनेकर आदिले पनि यो स्टार्टअपमा लगानी गरेका छन् । घरजग्गा मुम्बईको बान्द्रामा फोर–बीएचके अपार्टमेन्टबाहेक रणवीरसँग ट्रम्प टावर्स, पुणेमा १३ करोडको विलासी अपार्टमेन्ट छ । यस वर्षको सुरुमा बलिउड अभिनेताले यो सम्पत्ति तीन वर्षको लागि भाडामा दिएका छन् । मिडिया रिपोर्टका अनुसार उनले यहाँबाट वार्षिक ४८ लाख भाडा लिने गरेका छन् । ब्राण्ड अनुमोदन रणवीर कपुरले लेज, तस्वा, एसियन पेन्ट्स, लेनोभो, मिन्ट्रा, पानासोनिकजस्ता अन्य धेरै ब्रान्डहरूको विज्ञापन गर्छन् । मिडिया रिपोर्टका अनुसार उनले प्रत्येक ब्राण्डको प्रचारका लागि करिब ६ करोड रुपैयाँ शुल्क लिने गरेका छन् । एक फिल्म चार्ज मिन्ट रिपोर्टका अनुसार रणवीरले वार्षिक करिब ३० करोड रुपैयाँ कमाउँछन् । उनले प्रत्येक फिल्मका लागि परियोजनाको मुनाफाको प्रतिशतबाहेक करिब ५० करोड भारु लिने गरेका छन् । रिपोर्टका अनुसार ४१ वर्षीय रणवीरको कुल सम्पत्ति करिब ३ अर्ब ४५ करोड रुपैयाँबराबर छ ।

‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तोकियो

काठमाडौं । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ । उक्त चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ । दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन् । राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको उक्त चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिए । निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए । ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेको उक्त चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लिले संगीत भरेका छन् । नेपाली चलचित्रमा भारतीय कलाकार नेपाली चलचित्र ‘देव वाणी’मा अभिनय गर्न भारतीय अभिनेता ह्यारी जोश नेपाल आएका छन् । नकारात्मक भूमिकामा रुचाइएका अभिनेता जोशले ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता सफल तथा चर्चित बलिउड चलचित्रमा अभिनय गरेका छन् । ६ दिनको छायांकन तालिका तय गरेर अभिनेता जोश नेपाल आएको उक्त चलचित्रका निर्देशक बाबु साहेब बलामीले जानकारी दिए । बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीमा अभिनेता जोशले ६ दिन छायांकन गरेसँगै चलचित्रको सम्पादनको कार्य सुरु हुने निर्देशक बलामीले बताए । ‘उहाँ नेपाली चलचित्रमा अभिनय गर्ने कुराले हर्षित हुनुहुन्छ । आफ्नो भूमिका बुझेर अभिनय गर्नुका साथै समय मिल्दा काठमाडौंमा घुमघाम गरिरहनुभएको छ,’ निर्देशक बलामीले भने, ‘चलचित्र हिन्दी भाषामा समेत प्रदर्शन गरिने हुँदा उहाँलाई अभिनयका लागि अनुरोध गरेका हौँ । सामाजिक कथामा आधारित भए पनि प्रेमभाव र द्वन्द्वको मिश्रण दर्शकले चलचित्रमा पाउनुहुनेछ ।’ सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन गरिएको चलचित्र‘देव वाणी’मा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन् । अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्मस् प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको चलचित्र ‘देव वाणी’मा निराजन मेहता मन्जिलले कथा लेखन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, हरिबहादुर घलेले छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनले नृत्य निर्देशन, मनोहर सुनामले संगीत सिर्जना तथा बन्दे प्रसादले सम्पादन गरेका छन् ।