कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री उम्मेदवार घोषणा ग‍र्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि शुक्रबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा पार्टीका केन्द्रीय र प्रदेश सभापतिसहितका नेता उपस्थित थिए । पार्टीका नेताहरूले आगामी आम निर्वाचन २०८२ मा कांग्रेसको विजय सुनिश्चित गर्न प्रधानमन्त्रीको उम्मेदवार चयन महत्त्वपूर्ण भएको बताएका छन्। कांग्रेसले आगामी निर्वाचनमा केन्द्र सरकारको नेतृत्वको दाबीलाई सुदृढ बनाउन आफ्नो रणनीति तय गरेको चालिसेले दाबी गरे । विशेष महाधिवेशनपछि पहिलोपटक बसेको बैठकमा आगामी निर्वाचनको तयारी, निर्वाचन अभियानको दिशा, पार्टीको नीति तथा कार्यसूचीका विषयमा समेत छलफल भएको थियो । बैठकले निर्वाचनमा कांग्रेसको बलियो उपस्थितिका लागि सबै प्रदेश तथा स्थानीय तहमा समन्वयात्मक योजना अघि बढाउने निर्णय गरेको छ ।

निर्वाचनलाई प्रभावित पार्ने ९८ कन्टेन्टलाई कारबाही गर्न पत्राचार

काठमाडौं । निर्वाचन आयोगले ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार निर्वाचन आयोगमा भएको  साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिए । ‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ, ’ उनले भने, ‘गलत सूचना दिने संस्था र सामाजिक सञ्जालका अकाउन्टलाई कारबाही गरिने छ ।’ यसैगरी, देशभरबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ । 

देशभरबाट ४९ जना उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौं । देशभरबाट  ४९ जना उम्मेदवारले फिर्ता लिएका छन् ।  शुक्रबार निर्वाचन आयोगमा भएको  साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले फिर्ता लिएको जानकारी दिए ।