काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई भारतले औपचारिक रूपमा आफ्नो देशको भ्रमणको निम्तो दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको जानकारी दिएका हुन् ।
सम्मेलनका क्रममा पत्रकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणमा पठाइएको छ ।’
यद्यपि भारत भ्रमणको मिति भने तोकिएको छैन । प्रवक्ता जैसवालले भ्रमणको मिति भने दुवै देशको आपसी सहमतिमा तय हुने जानकारी दिए ।
भारतको निम्तो स्वीकार गरिएमा प्रधानमन्त्रीका रूपमा बालेनको यो पहिलो विदेश भ्रमण हुनेछ ।