साहस ऊर्जाको अध्यक्षमा पाठक सर्वसम्मत, हकप्रद सेयर ल्याउने

काठमाडौं । साहस ऊर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक सर्वसम्मत रूपमा चयन भएका छन् । कम्पनीको कात्तिक ४ गते सम्पन्न भएको वार्षिक साधारणसभाले गठन गरेको सञ्चालक समितिले पाठकलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । कम्पनीको कात्तिक ४ गते वार्षिक साधारणसभा भएको थियो । सो सभाले सञ्चालक समितिका जेष्ठ सदस्य मुक्तिराम पाण्डेको अध्यक्षमा समिति गठन गरेको थियो । त्यसपछि पाण्डेको अध्यक्षतामा कात्तिक ७ गते बसेको बैठकले पाठलाई अध्यक्ष बनाएको हो । कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश र हकप्रद सेयर ल्याउने पारित गरिसकेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष  ढुङ्गानालाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालगायत पदाधिकारीहरूकाे उपस्थित रहेको थियो ।

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्न्योरेन्सको सञ्चालकमा भावना बलायर नियुक्त भएकी छन् । कार्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा बलायरलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले बिहीबारबाट नै लागु हुने गरी कार्यभार सम्हाल्नेछिन् । ‘उपरोक्त सम्बन्धमा यस कम्पनीको कार्तिक ७ गते सम्पन्न सञ्चालक समितिको २० औं बैठकको निर्णयानुसार समुह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनी श्री नेपाल होल्डीङको तर्फबाट मनोनित सञ्चालक समिति सदस्य ज्योति शेरचनको ठाँउमा भावना बलायर नियुक्त भै आजैका मितिबाट लागु हुने गरी पदभार ग्रहण गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, नेप्सेले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।