कोशी, बागमती र गण्डकीमा वर्षा हुने, राति कस्तो छ मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।  यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम  वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

अब ब्रिजकोर्सका कक्षा सञ्चालन गर्न नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हो । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ ।’

श्रम मन्त्रालयको १० बुँदे सुधार योजना सार्वजनिक, आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हकहित संरक्षण र सेवा प्रवाहलाई आधुनिक बनाउने लक्ष्यका साथ १० बुँदे विशेष कार्ययोजना सार्वजनिक गरेको छ ।  यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले भोग्दै आएको प्रशासनिक झन्झटको अन्त्य गर्नु रहेको छ ।  अब आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने र पुराना ‘टोकन प्रणाली’ खारेज गर्ने तयारी मन्त्रालयले गरेको छ । यसका साथै पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन र डिजिटल माध्यममा आधारित बनाइनेछ जसले गर्दा श्रमिकहरूले घरमै बसेर श्रव्य(दृश्य सामग्रीमार्फत आवश्यक जानकारी लिन सक्नेछन् । मन्त्रालयले आन्तरिक रोजगार र सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिएको छ। श्रमिकको न्यूनतम ज्याला कार्यान्वयनको सुनिश्चितता गर्ने, सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने र औद्योगिक प्रतिष्ठानहरूमा स्वास्थ्य तथा सुरक्षाको जोखिम मूल्यांकन गर्ने योजना अघि सारिएको छ ।  स्वदेशमै उत्पादन र उद्यमशीलता बढाएर रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको मन्त्रालयले थप ५ देशसँग द्विपक्षीय श्रम सम्झौता गर्ने र विद्यमान कानुनहरूमा समयसापेक्ष सुधार गर्ने प्रक्रिया पनि थाल्ने भएको छ ।  यस्ता छन् दश बुँदे कार्ययोजना