उत्तरगया गाउँपालिकाको ध्यानः युवालाई रोजगारी, पर्यटन र कृषिको विकास

बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लामा पर्ने उत्तरगया गाउँपालिकाले कृषि तथा पर्यटनलाई उच्च प्राथमिकता दिदै यो क्षेत्रको विकासका लागि अधिकतम पहल गरेको छ । सो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धामबाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । २०६८ सालको जनगणना अनुसार ८ हजार २ सय ५५ जनाको बसोबास रहेकोे सो पालिकामा ठूला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरी रोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं । कृषि विकास गाउँपालिकाले कृषि विकासको क्षेत्रमा धेरै काम गर्दै आएको छ । गाउँपालिकामा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु पनि संचालन गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रमा सिजन अनुसार तरकारी, धान, मकै, गहुँ लगायत अन्य विउ विजनहरुमा अनुदान दिदै आएको छ । यस गाउँपालिका कृषि क्षेत्रको लागि उर्भर भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकाले कृषि सम्बन्धी तालिम पनि दिँदै आएको छ । कृषिमा अनुदान वितरण गर्नको लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १ लाख रुपैयाँ खर्च भइसकेको छ । गाउँपालिकाका करिब ८० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गर्दै आएको छ । कृषि क्षेत्रमा प्रयोग हुने उपकरणहरु हाते ट्रयाक्टर, स्रिङकल, पाइप लगायत अन्य उपकरणहरुमा पनि अनुदानको व्यवस्था रहेको पालिकाले जानकारी दिएको छ । पर्यटकीय क्षेत्र उत्तरगया गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकाले आन्तरिक तथा वाह्य पर्यटक ल्याउन जोड दिइरहेको छ । गाउँपालिकाले पर्यटकीय स्थलहरुको पहिचान गरी स्तरोन्नति र प्रचार गर्ने काम पनि अगाडि बढाएको छ । तिरु क्षेत्र, भागेखोला झरना, भुमे स्थान, उत्तरगया धाम, घलेगढी आदि गाउँपालिकाको पर्यटकीय स्थानको रुपमा चर्चित छन् । पर्यटकीय क्षेत्रको प्रवद्धनका गर्न र पुर्वाधारको निर्माण गर्नको लागि संघीय सरकारबाट १ करोड रुपैयाँ बजेट विनियोजना भएको छ । यस गाउँपालिकाको धेरै पयटकीय क्षेत्रहरु प्रचारप्रसार सामाजिक संझलबाट हुने गरेको छ । शैक्षिक क्षेत्रको विकास शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले गुणस्तरीय शिक्षामा विशेष जोड दिएको छ । यस गाउँपालिकामा शैक्षिक क्षेत्र सुधारको लागि १४ ओटा विद्यालयहरुलाई आइसिटि माध्यमबाट पठनपाठनको लागि स्मार्ट टिभी, ल्यापटप, डेस्कटप प्रोजेक्टर जस्ता उपकरणहरु वितरण गरेको छ । बाँकी रहेका ५ ओटा विद्यालयमा पनि आगामी आर्थिक वर्षमा शैक्षिक उपकरणहरु वितरण गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ । युवा रोजगार युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाको ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि केन्द्रबाट गाउँपालिकामा ३५ लाख रुपैयाँ आएको छ । गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम पनि दिँदै आएको छ । सडक मर्मत, गोरेटो बाटो मर्मत र निर्माण, सिचाई मर्मत आदि विकास निर्माणको काममा पनि युवाहरुले लगाउँदै आएको छ । अन्य स्थानीय नागरिकको आवश्यकता अनुसारको विकास निर्माणमा स्थानिय नागरिकको सहभागितामा गाउँपालिकाले विशेष जोड दिइएको छ । गाउँपालिकाको प्राथमिकता हाल गाउँपालिकाले पूर्वाधार विकासको कामलाई नै पाथमिकतामा राखेको छ । खानेपानी, खेलमैदान व्यवस्तापन, बस्ती संरक्षण आदिको कामहरु गाउँपालिकाले प्राथमिकतामा राखेको छ । स्वास्थ्य क्षेत्रको विकास गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको भौतिक विकास तथा सुधार गरिरहेको छ । आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधिको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ । गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकीहरू छन् । सबै वडामा स्वास्थ्यचौकीमा आवश्यकता अनुसारको औषधीको व्यवस्था गाउँपालिकाले मिलाएको छ । गाउँपालिकामा आवश्यकता अनुसार स्वास्थ्य भवनहरू पनि रहेका छन् । स्वास्थ्य सम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहेका छन् । गाउँपालिकामा ल्याबको पनि स्थापना भएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि गाउँपालिकाले गरिरहेको छ । गाउँपालिकाले स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि बजेट विनियोजन गर्दै आएको छ । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी गाउँपालिकाले नागरिकलाई निःशुल्क दिने गरेका छ । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । गाउँपालिकाको प्रत्येक स्वास्थ्य चैकीमा प्रजनन् केन्द्रको स्थापना भएका छन् । गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । खेलकुद विकास खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् । गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् । गाउँपालिका भित्र रहेका वडाहरुको विभिन्न स्थानमा खेलकुद मैदान निर्माण काम पनि भइरहेको छ । खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवा खेलकुद तर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि व्यवस्था मिलाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ । ठूलो उद्योग यस गाउँपालिका भित्र खासै ठूला उद्योग छैनन् । व्यापारीक स्थलहरु भर्खरै निर्माण हुन थालेका छन् । यहाँ गरिने प्रमुख पेशा भनेको खेती किसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालन जस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । गाउँपालिकामा साना तथा घरेलु उद्योगहरु संचालनमा आएको छ । गाउँपालिकाको खर्च र उपलब्धी गाउँपालिकाका भित्र हाल सम्म ५० प्रतिशत योजनाहरु सम्पन्न भइसकेको छ । खर्च गरेअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । गाउँपालिकाका बासिन्दाहरुको दैनिक जिवनयापनलाई सहज पनि आएको छ । (गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत आचार्यसँग गरिएको कुराकानीमा आधारित)

“समृद्ध बेलडाँडी सुखी बेलडाँडी बासी”

बेलडाँडी गाउँपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गतको कञ्चनपुर जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक साथै प्राकृतिकरुपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । कृषिकै कुराबाट सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको भूगोल अनुसार कृषि पकेट क्षेत्र छुुट्याएका छौं । कृषिलाई निर्वाहमुखी मात्र होइन व्यवसायिक पनि बनाउनु पर्छ भनेर जोड दिएका छौं । गाउँपालिकामा कृषि समूहको गठन गरी कृषकहरूलाई कृषि सम्बन्धी तालिम पनि दिएका छौं । कृषिमा धेरै किसानहरू आत्मनिर्भर भएका छन् । कृषि ज्ञान केन्द्र पनि हाम्रो गाउँपालिकामा रहेको छ । बालीमा लागेका रोगहरू नियन्त्रण गर्नमा कृषि ज्ञान केन्द्रले ठुलो भूमिका खेलेको छ । हाम्रो गाउँपालिकामा बढि मात्रामा धान उत्पादन हुने गरेको छ । पछिल्लो समयमा किसानहरू उखु खेति गर्नमा पनि लागिपरेका छन् । किसानहरूले व्यवसायिक रूपमा उखु खेति पनि सुरु गरेका छन् । हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौं । वडा नं ३ र ४ मा बेमौसमी खेति हुने गरेको छ । गाउँपालिकामा नै केही कृषि उपज खपत हुने गरेको छ । धान गोलभेडा, काउली, लौका, काँक्रा आदि गाउँपालिकामा धेरै मात्रामा उत्पादन हुने गरेको छ । बजार व्यवस्थापनमा पनि हामीले विशेष ध्यान दिएका छौं । धान जोन क्षेत्र पनि हामीले छुट्याएका छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि हामीले धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको प्रत्येक वडामा अस्पताल रहेको छ । हामीले पहिलो प्राथमिकताको रुपमा नै स्वास्थ्य क्षेत्रलाई राखेका छौं । सरकारले दिएका औषधीहरू गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । गाउँपालिकामा २ जना एमबीबीएस डाक्टर पनि राखेका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? हाम्रो गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । खेलकुदको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पूरा भए अनि कति पूरा हुन बाँकी होलान् ? हामीले घोषणा–पत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुरा लगभग पूरा गरिसकेका छौं । हामीलाई भोट दिनु प¥यो, हामीलाई जिताए पछि जग्गाको लालपुर्जा दिलाउँछौं भन्ने बाचा गरेका थियौं । जनताको आवश्यकता पुरा गर्नमा हामी तत्पर छौं । गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ? ‘समृद्ध नेपाल सुखी नेपाली’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने झैं मेरो चाहना पनि त्यही हो ‘समृद्ध बेलडाँडी सुखी बेलडाँडी बासी’ गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनुपरेको छैन । विदेशबाट फर्किएका युवाहरूलाई रोजगारीको अवशर मिलाउनको लागि प्रयास गरिरहेका छौं । गाउँपालिकाका कोही पनि नगरिकहरु भोकै मर्नु नपरोस् भन्ने मेरो चाहना हो । रोजगारी सिर्जना गर्नमा प्रदेश र संघीय सरकारले सहयोग गर्नुप¥यो । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई सामान्य अनुदानको व्यवस्था पनि मिलाएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ नि ? म २०५४ सालमा पनि बेलडाँडी गाविसको अध्यक्ष थिएँ । त्यस बेला सडक निर्माणको लागि भनेर ५ लाख रुपैयाँ बजेट आउने गथ्र्यो । ५ लाख रुपैयाँको बजेटमा धेरै सडक निर्माण गर्नसक्ने अवस्था थिएन । हाल गाउँपालिकाको सबै कुनामा सडक पुगेको छ । केही सडकहरु पिच पनि भएका छन् । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र हाम्रो सम्बन्ध राम्रो नै रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तिव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । तपाईंको पालिकामा सवैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? ठुलो उद्योग त हाम्रो गाउँपालिकामा छैन भन्दा पनि हुन्छ । बरु कृषि उद्योग चाहीँ धेरै संख्यामा छन् । गाउँपालिका भित्र साना तथा मझौला उद्योग सञ्चालनमा आएका छन् । कृषकहरुले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् । गाउँपालिकामा सर्वसाधारणहरु के कस्ता समस्या लिएर आउने गरेका छन् ? स्थानीय नागरिकले गुनासा तथा समस्या ल्याउनु त स्वभाविक नै हो । यहाँका नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, बेरोजगारीको समस्या, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढिरहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनु हुन्छ ? सम्पूर्ण बेलडाँडी बासीलाई २०७८ साल नयाँ वर्षको अवशरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।

३ वर्ष अगाडि साइकल पनि नचल्ने बाटाहरु अहिले पिच भएका छन्ः उपाध्यक्ष खत्रीसँगकाे कुराकानी

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो राप्ती सोनारी गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । ९ ओटा वडा रहेको यस गाउँपालिका १० हजार ४१ दशमलब ७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । गाउँपालिका भित्र ५९ हजार ९ सय ४६ जनाको बसोबास रहेको छ । गाउँपालिकाको पूर्वतर्फ दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला एवं दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता कामगरिरहेको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषिलाई नै प्राथमिकतामा राखेका छौं । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । भूगोल अनुसारको पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । पकेट क्षेत्र अनुसारको कृषिमा बजेट पनि विनियोजन गरेका छौं । धानको विउ पनि विक्री हुँदै छ । कृषकलाई कृषि अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषि औजारको पनि हामीले कृषकलाई वितरण गर्दै आएका छौं । कृषको आवश्यकता अनुसार कृषिका औजारहरु पनि वितरण गर्दै आएका छौं । किटनाशक औषधी पनि वितरण गर्दै आएका छौं । बेला बेलामा कृषकलाई कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा कृषक समुहहरुको गठन भएको छ । कुखुराको अन्डा, दुध, मकै, धानको उन्नत बिउ र घाँसको बिउ आदि उत्पादनमा पनि हाम्रो गाउँपालिका आत्मनिर्भर रहेको छ . गाउँपालिकामा गाई, भैँसी, बङगुर, कुखुराकाफर्महरू पनि सञ्चालनमा आएका छन् । विभिन्न जातका धानको बिउ समेत गाउँपालिकामा उत्पादन हुने गरेको छ । कृषि विकासका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । सिचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ । गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ? गाउँपालिकामा कृषिका आयोजनाका कामहरु नै रहेका छन् । कृषिको लागि बजेट पनि छुट्याएका छौं । धेरै विकास निमाणको कामहरु त सम्पन्न भइसकेको छ तर थप योजना बनाउने तयारीमा छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । हाम्रो गाउँपालिकामा स्कुलका भवन, वडाका भवन निर्माणको कामहरु पनि भइरहेको छ । हामीले गाउँपालिकाको प्रत्योक वडामा सडक पुर्याएका छौं । सडकको पिच गर्न सुरु गरेको छौं । गाउँपालिकाको प्रत्येक घरमा बिजुली बाल्न पनि सफल भएका छौं । हामी गाउँपालिका भित्रका सबै घरमा खानेपानी पनि पुर्याएका छौं । बेरिङ स्टमबाट पनि खानेपानी निकालेका छन् । खानेपानी सुद्ध गर्नेको लागि फिल्टर पनि वितरण गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । शैक्षिक विकासको लागि हामीले ५ करोड ५० लाख रुपैयाँ बजेट छट्याएका छौं । गाउँपालिकामा शैक्षिक क्षेत्रलाई पनि प्रथामिकतामा नै राखेका छौं । बाल विवाह नियन्यत्रणको लागि तालिम पनि सञ्चालन गरेका छौं । गाउँपालिकामा साक्षरता मुक्त घोषणा पनि भइसकेको छ ।  हामीले शिक्षा क्षेत्रमा आएका समस्याहरू समाधान गरेर पनि अगाडि बढिरहेका छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरु निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल पनि गरिरहेका हुन्छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता आयोजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । विद्यालयको तर्फबाट अध्यक्ष कप भनेर गरिएको खेलकुद प्रतियोगिता भएको थियो । खेलकुलको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं ।राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ ।  गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरुले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनु परेको छैन । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर पनि छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । हामीले युवालाई सिप विकास तालिम दिँदै आएको छौं । गाउँपालिकामा सर्वसाधारणले के कस्ता समस्या लिएर आउँछन् ? गाउँपालिकाका नागरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । तर पनि नागरिको आवश्यकता पुरा गर्न पनि हामी खटिरहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हामीले पालिकास्तरको योजना तयार परेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढिरहेका छौं । पालिकामा हामीले खुल्ला दिशामुक्त घोषणा पनि गरेका छौं । चुनाबको बेलामा भोट माग्दा साइकल पनि न हिडने सडकहरु हाल पिच हुन थालेका छन् ।