गंगामायालार्इ भेटेपछि पौडेलले भने- रातो झण्डा अाेढेर सबै खत माफ हुँदा अराजकता बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३६ औं दिनमा आइपुग्दा थप बिग्रिएको हो । मंगलवार बिहान स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका वरिष्ठ नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएको छ । पौडेललाई उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनशन बसेको ३६ औं दिन भइसकेको पछिल्लो दुई दिन यता स्वास्थ्य पहिलेभन्दा जटिल भएर गएको बताएका थिए । शरीर सुन्निदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ । अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस नेता वरिष्ठ नेता पौडेलको भनाई थियो । उनले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसिइवीलाई छानविन गर्न नसक्दा रातो झण्डे ओढेर सवै अपराध माफ हुने अराजकता बढेको बताए । उनले अपराधीले माओवादीसंग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउदै गएको टिप्पणी गरे । वरिष्ठ नेता पौडेलले भने- ‘रातो झण्डा ओढेपछि सवै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ । छोराको हत्यालाई कारवाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो । गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ ।’ वरिष्ठ नेता पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यो अत्यन्तै दुःखद र निरंकुशतावादी मनोवृतितिर शासन सत्ता अगाडि बढेको देखिन थालेको बताएका छन्। २०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बसेकी थिइन् । अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् । अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए । छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो ।

थोरै सुत्नाले क्यान्सरदेखि आत्महत्यासम्मकाे समस्या निम्तिने

काठमाडौं । तपाईले आफ्नो सुताइलाई वेवास्था त गर्नु भएको छैन ? कहिले सोच्नु भएको छ कम सुत्नाले कतिसम्म खतरनाक रोग लाग्न सक्छ । सुताईप्रति चासो दिनु भएको छैन भने एक पटक ध्यान दिनुहोला थोरै सुते ज्यान लिने सम्भावना भएका रोग क्यान्सरदेखि अत्महत्यासम्मकाे समस्या  निम्तिन सक्ने बीबीसीको एक रिपोर्टमा जनाइएको छ । रिपोर्ट अनुसार सन् १९४० को दशकका सर्वेक्षणहरु हेर्दा औसतमा एउटा वयस्क मान्छे ७.९ घण्टा सुत्ने गथ्र्यो । अहिले त्यो समय घटेर ६.७५ घण्टा पुगेको छ । थोरै सुते निम्तन सक्ने समस्या ज्यान लिने सम्भावना भएका रोगहरु क्यान्सरदेखि अल्जाइमर्स, हृदयघात, मधुमेह, मोटोपन, मस्तिष्काघात र आत्महत्या पनि अपर्याप्त निद्रासँग जोडिएका छन् । उक्त रिपोर्ट अनुसार छोटो निन्द्राले सबै प्रकारका मरण सँगै छिटो मरणको सङ्केत गर्दछ । हाम्रो निन्द्रा हराउनुको कारण यस्तो छ शरीरको जैविक घडीले प्रकाशको आधारमा हामी कति बेला ब्युँझने र निदाउने त्यो निर्धारण गर्छ । तर कृत्रिम प्रकाशको आगमनपछि हाम्रो जीवनशैली चौबीसै घण्टा चल्न थाल्यो । यसले हाम्रो प्राकृतिक जैविक चक्रसँग सामञ्जस्य राख्दैन र निद्रालाई बाधा पुर्याउने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक रात ८ घण्टा सुत्नुपर्छ भनेको छ । राति राम्ररी सुत्ने उपाय पहिलो, निंद्रालाई प्राथमिकतामा राख्नुहोस् । अनि तपाई अरु पाँच मुख्य कुरा निद्रा लाग्ने उपाय अपनाउन सक्नुहुनेछ । सप्ताहान्न होस् वा अरु कुनै दिन सधैं उही समयमा सुत्न जानुहोस् र उही समयमा उठ्नुहोस् । आधुनिक समाज अध्यारोबाट वञ्चित छ । त्यसैले राति बत्ती निभाउने गर्नुहोस् । आफ्नो सुत्ने कोठा शीतल राख्नुहोस । हाम्रो निद्राका लागि १८.५ डि सेन्टिग्र्र्र्रेट जति तपक्रम आवश्यक पर्छ । निदाउनका लागि शरीरको तापक्रम घट्नुपर्छ । ओछ्यानमा जागा नबस्नुहोस् । मस्तिष्कले ओछ्यानमा बस्नु भनेकै ‘जागा रहनु हो’ भन्ठानिदिन सक्छ । त्यसले पनि निद्रा भगाउछ । यदि २०–३० मिनेट ब्युँझनुभयो भने उठ्नुहोस्, अलि अँध्यारो कोठामा जानुहोस्, केही पढ्नुहोस् । अनि निद्राले छोपेजस्तो भएपछि ओछेयानमा फर्कनुहोस् । दिउँसो २ बजेपछि कफीजन्य पदार्थ बार्नुहोस् । त्यसले जागा राखिदिन्छ र निद्रामा अवरोध पारिदिन्छ । अन्त्यमा, राति मदिराले राम्रो गर्दैन । यसले उत्तेजनशीलता शमन गर्छ । अचेत मात्रै बनाइदिन्छ । निद्रालाई प्राथमिकतामा राख्दै, त्यागेर हैन यसलाई अँगालेर राम्रो निद्रा पार्ने माथिको उपाय अपनाउनुहोस् ।

एभरेष्ट बैंकद्धारा मन्दिर सरसफाईको लागि डस्टबिन वितरण

काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाईको लागि डस्टबिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सांस्कृतीक सम्पदा संरक्षणका कार्यक्रमहरु गर्दै जाने क्रममा उक्त समाग्री वितरण गरेको हो । मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, एल.वी. प्रभाकरले मन्दिरको व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य पदाधिकारीहरुका साथै मन्दिरको व्यवस्थापन समितीका सदस्यहरुको पनि उपस्थिति थियो ।