अत्याधिक खुट्टा गन्हाउने मानिसले जान्नै पर्ने कुरा
काठमाडौं। गर्मीयाममा मात्र होईन जाडोयाममा पनि धेरै मानिसको खुट्टा गनाउने हुन्छ र यो एउटा टाउको दुखाइ विषय हो। तपाईमध्ये कतिपयले कार्यालय वा विभिन्न व्यक्तिसँग भेटघाटमा जाँदा जुत्ता खोल्नपर्ने समस्याले हैरानी व्यहोर्नुभएको होला । यदी तपाईको खुट्टा अत्याधिक गनाउँछ भने जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ । लामो समयसम्म जुत्ता मोजा लगाइराख्दा छालामा परेका साना साना चिराहरु दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फंगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । हरेक दिन तातो पानीले खुट्टा भिजाउँदा छाला केही नरम हुन्छ र फंगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ । खाने सोडाको प्रयोग तपाईंको खुट्टा अत्याधिक गनाउँछ भने सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा राम्रो हुन्छ। जुत्ता सुख्खा पारेर लगाउने खुट्टा गनाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु राम्रो हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पल र स्लिपर जुत्ता लगाए नै बेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नुपर्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ । सूतीको मोजाको प्रयोग मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीको मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकी त्यसमा फंगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगनाओस् । खुट्टा सुख्खा राख्ने हिलो उछि«न नदिन र निको पार्न खुट्टा सुख्खा राख्नु अनिवार्य र मुख्य उपाय हो । नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टामा पाउडर लगाएर काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु पर्छ । यसले पसिना आउन कम गर्छ र पसिना कम आएपछि फंगस पनि केही कम हुन्छ । मरेको छाला हटाउने यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनु पर्छ । किन भने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ। चप्पलको प्रयोग स्वीमिगं पुलको वरिपरी, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा राम्रो हुन्छ किन भने यस्तो ठाउँबाट फंगस सर्ने बढी सम्भावना हुन्छ ।
हस्तकला महासंघको ४६ औं वार्षिकोत्सव शुक्रबार पाटन दरबारमा हुने
काठमाडौं । हस्तकला महासंघको ४६औं वार्षिकोत्सव शुक्रबार मनाउने भएको छ । पाटन दरवार स्क्यारमा हुने उक्त हस्तकलाकाे सार्वजनिकिकरण कार्यक्रममा कला घोषणा गर्ने जनाएका छन्र । कार्यक्रम औपचारिक रूपमा मंगलबजारमा दिन विहान ललितपुरका विभिन्न टोलटोलमा हुने जनाएका छन्र । सोही दिन साँझ टोलटोलका, संघ संस्था, देवालय, शिवालय, विहार, कार्यालय र हस्तकलाका पसलहरुमा दिपावली गर्ने तयारी भईरहेको छ । साथै ललितपुर महानगरले हस्तकला घोषणा गरिएकोमा भब्य खुशीयाली मनाइने कार्यक्रम रहेको छ । सो कार्यक्रम तथा प्रभात फेरीमा सहभागी पुराउन सर्वसाधारण तथा संचारमाध्यमकाे अनिवार्य रहेकाे अायाेजकले समितिले बताएकाे छ ।
लोपोन्मुख लेप्चा जातिको संस्कृतिलाई लक्षित गरि पाँच वर्षभित्रमा संग्रहालय निर्माण गर्ने
काठमाडौं । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्न लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गर्ने भएको छ । इलाम जिल्लामा लेप्चा समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गरिने भएको छ । गाउँपालिकाले बीसवर्षे कार्यनीतिक योजना निर्माण गर्दै आगामी पाँच वर्षभित्रमा सङ्ग्रहालय र घरबास निर्माण गर्न लागेको हो । घरबासमा लेप्चा जातिको परिकार मात्र व्यवस्था गरिने र पर्यटकलाई लेप्चाको खाद्यान्नको बारेमा जानकारी गराउन उद्देश्यले इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले बताएका छन् । लेप्चा जातिको भेषभुषा, खाद्यान्न तथा रितिरिवाजको अभिलेख राख्नका लागि गाउँपालिकाले सङ्ग्रहालय समेत निर्माण गर्ने भएको छ । पछिल्लो समय लेप्चाका भेषभुषा र रीतिरिवाज हराउँदै गएकाले जातिय पहिचान झल्काउन र अस्तित्व बचाउनका लागि सङ्ग्रहालय निर्माण गर्ने भएको छ । कोल्बुङ, इरौटार, जिर्मले, शान्तिपुरमा अधिकांश लेप्चा जातिको बसोबास रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर घरबास निर्माण गरिने भएको छ । रासस