नयाँ व्यापार थाल्ने सोचमा हुनुहुन्छ ? पछ्याउनुहोस् यी चरणहरु
काठमाडाैं । तपाईं एक सफल व्यापारी वा उद्यमी हुन सक्नुहुन्छ कि सक्नुहुन्न ? भन्नेमा तबसम्म केही भन्न सकिँदैन, जबसम्म तपाईंले आफ्नो व्यापार वा उद्यममा सफलता हासिल गर्न सक्नुहुन्न । कोहिले व्यापारमा सफलता पाउन व्यापार गर्न चाहेको क्षेत्रबारे पर्याप्त औपचारिक शिक्षा, लगानी रकम र सीप तथा अनुभव आवश्यक पर्दछ भन्ने सोच्दछन् भने कोहि यी सबैको अनुपलब्धताको बाबजुत पनि व्यापारमा आफ्नो मनग्ये प्रगती हासिल गर्न सकिन्छ भन्ने सोच्दछन् । तर तपाईंले आफ्नै समाज, देश र विश्वमै व्यापारमा साम्राज्य खडा गर्न सफल व्यक्तिहरुको पृष्ठभूमी केलाउनुभयो भने यी दुबै सोच सत्य भेटिन्छन् । तर यथार्थमा, व्यापारको दुनियाँमा आफूलाई अब्बल खेलाडीको रुपमा स्थापित गर्नका लागि नविन सोच, समय सान्दर्भीकता, उचित स्थान र बजारको चयन, प्रखर निर्णय क्षमता, चुस्त नेतृत्वकला, उत्पादन र बिक्री वितरण गर्न चाहेको बस्तु तथा सेवाको उत्पादनसम्बन्धी ज्ञान र सीप तथा आवश्यकताअनुसार जोखिम लिनसक्ने साहस लगायत अत्यावशेषक पूर्वशर्तहरु हुन् । तर यी सबैका बाबजुत पनि तपाईं यदि पहिलो पटक कुनै व्यापार, व्यवसाय र उद्यमशिलताको क्षेत्रमा पाइला टेक्दै हुनुहुन्छ भने तपाईंलाई केबाट, कसरी र कुन तरिकाले सुरु गर्ने र भविष्यमा कसरी अघि बढ्ने भन्ने विषयमा अन्यौलता हुनसक्छ । तपाईंको यहि अन्यौलतालाई निराकरण गर्न हामीले विभिन्न वेबसाइटहरुको अध्ययन गरी व्यापार सुरु गर्नका लागि क्रमबद्धरुपमा चाल्नुपर्ने केहि अत्यावषेक कदमहरु यहाँ प्रस्तुत गरेका छाैं । व्यापारको प्रकृति हेरिकन यी कदमहरु कहिलेकाँही तलमाथि भने हुन सक्छन् । १. आफ्नै मूल्यांकन गर्नुहोस् अनि लगानीको क्षेत्रको पहिचान गर्नुहोस्ः भाटभटिनी सुपर मार्केटले देशैभरी उसका शाखाहरुको विस्तार गरिरहेको अवस्थामा तपाईंलाई पनि सोहि प्रकृतिको व्यापार थाल्न मन छ कि ? वा पछिल्लो समय सबैजना कृषि वा पशुपालन व्यवसायमा लागेका छन् र केहि न केहिरुपमा सफल पनि भएका छन् भनेर तपाईं पनि सोहि काममा लाग्न हौसिनुभएको पो छ कि ? यदि यस्तो हो भने रोकिनुहोस् । तपाईं गलत बाटोमा लाग्दै हुनुहुन्छ । कसैले कुनै क्षेत्रमा सफलता पायो भनेर सोहि क्षेत्रमा लाग्नु आत्मघाती कदम पनि हुनसक्छ । कुनै पनि ब्यापारमा कसैले सफलता पाएको छ तपाईं यो मान्नुस् कि उ सोहि व्यापारको लागि बनेको हो वा सो व्यापारमा सफल हुन उसले ती सबै गरेको छ जुन तपाईंको क्षमता बाहिरको कुरा पनि हुनसक्छ । यसको मतलब तपाईंले उक्त व्यवसायमा गर्नै मिल्दैन भन्ने चाहीँ होइन । मात्र के हो भने तपाईं आफैलाई सोध्नुस् तपाईंको क्षमता, सीप, जाँगर र रुची कुन क्षेत्रमा छ । यदि तपाईं मिठो खानेकुरा बनाउन सिपालु हुनुहुन्छ भने रेष्टुँरा वा होटल व्यवसाय तपाईंको लागि व्यापारको राम्रो क्षेत्र हुनसक्छ । यदि तपाईं फेसन डिजाइनीङ्गको पारखी हुनुहुन्छ भने सोहि काम तपाईंको लागि व्यापारको सम्भावनायुक्त क्षेत्र हुनसक्छ । तर कहिलेकाँही तपाईंको रुची र ज्ञानभित्रको क्षेत्र भएता पनि त्यसलाई आधार बनाएर व्यवसाय संचालनको गर्न तपाईंसँग आवश्यक लगानी छ कि छैन, तपाईंले व्यापार संचालन गर्न रोज्नुभएको स्थान वा भूगोल उपयुक्त छ कि छैन, बजार र समय अनुकुल छ कि छैन भनेर निक्र्यौल गर्न पनि जरुरी छ । यदि अझै पनि तपाईं अन्यौलमा हुनुहुन्छ भने आफुले आफैलाई निम्न प्रश्नहरु सोध्न सक्नुहुन्छ: – के म साँच्चै उद्यमी वा व्यवसायी बन्न तयार छु ? यदि छु भने सोका लागि गर्नुपर्ने त्याग वा सम्झौता गर्न म तयार छु ? – मसँग केकस्ता सीप र विशेषताहरु छन् ? – मलाई के कामप्रति रुची र उत्साह छ ? – मेरो ज्ञान तथा विज्ञताको क्षेत्र के हो ? – म कतिसम्म लगानी गर्नसक्छु वा जोखिम मोल्न सक्न्छ ? – मसँग भविष्यका लागि आवश्यक ब्याकअप लगानी उपलब्ध छ कि छैन ? यदि माथिका सबै प्रश्नहरुको जवाफमा तपाईंले निशर्त रुपमा हो वा हुन्छ वा तयार छु भन्न सक्नुहुन्छ तपाईं तल उल्लेखित चरणहरु चाल्न सक्नुहुन्छ । २. व्यापारको नयाँ उपाय वा जुक्तिबारे सोच्नुहोस्ः व्यापार गर्ने क्षेत्र वा उद्यमशीलताको कामको पहिचान गरेर मात्र सबै चीज पर्याप्त हुँदैन । सो व्यापारमा तपाईंले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुराले तपाईंको सफलता वा असफलता निर्धारण गर्दछ । उदाहरणको लागि, काठमाडौंमा खुलेकाहरुमध्ये अधिकांश रेष्टुँराले सेकुवा बेच्छन्, तर किन तपाईं सेकुवाको धीत मार्न बाजेको सेकुवा नै जानुहुन्छ ? अझै तपाईंले के पनि बुझ्न जरुरी छ भने उद्यमशिलता भनेको थोरै लगानी र कम झन्झटमा चमत्कारीक सोचका साथ गरिने व्यवसाय हो । आजको जमाना पनि नविन सोचसहितको पृथक व्यापारको समय हो । अरु कसैले कुनै व्यवसायबाट पाएको सफलताबाट उत्साहित भएर सोहि व्यवसायमा हात हाल्नु मुर्खता हो जबसम्म तपाईँसँग सोहि काम फरक ढंगले गर्नसक्छु भन्ने आत्मविश्वास छैन । जस्तै, तपाईंले सामान्य लगानी गरी आफ्नै बस्तीमा सानो किराना पसल चलाउन सक्नुहुन्छ तर सोहि स्थानमा पहिल्यैदेखि स्थापित र सफल किराना पसलसँग प्रतिस्पर्धा गर्नका लागि तपाईंले इन्टरनेट वा फोनमार्फत अर्डर लिइ निशुल्क होम डेलिबरीको उपाय लगाउँदा तपाईंले आफूलाई प्रतिस्पर्धीभन्दा अगाडी लान सक्नुहुन्छ । ३. व्यापारको नयाँ जुक्ति निकाल्न तलका बुँदाहरुमा केहि बेर घोत्लिनुहोस्ः क) नयाँपनको खोजीः तपाईंले लगानी गर्न खोज्नुभएको क्षेत्र वा परियोजनामा केहि नविन विकास जस्तै प्रविधीमा नयाँपन, नीति वा कानूनमा परिबर्तन, कच्चा पदार्थको मूल्यमा घटीबढी, मानव संशाधनको उपलब्धता वा अभाव, उपभोगको प्रबृत्तिमा आएको परिबर्तन लगायतको भइरहेका हुनसक्छन् जुन तपाईंलेपत्ता लगाउनुपर्दछ । उदाहरणको लागि, यदि नेपाल सरकारले पशुपालनमा अनुदान दिने घोषणा गरेको छ भने सो क्षेत्र तपाईंको लागि फलदायी र कम जोखिमयुक्त हुनसक्छ । यसैगरी पशुपालनमै पनि तपाईंले मासुको आपूर्तीको लागि बाख्रापालन गर्ने सोच बनाउनुभयो तर बजारमा भने बाख्राको दुधबाट बन्ने चीजको माग बढेको छ भने तपाईंले आफ्नो ब्यापारको ढाँचालाई सोहिअनुसार परिमार्जन गर्न सक्नुहुन्छ । ख) कुन ब्यापारले धेरैभन्दा धेरै मानिसलाई सुविधा दिनसक्छ बुझ्नुहोसः सेवाग्राहीले औसत व्यापारबाट थोरै लाभ लिनसक्छन् भने राम्रो व्यापारबाट धेरै लाभ हासिल गर्न सक्दछन् । तपाईंको व्यापारले धेरैभन्दा धेरै मानिसलाई कसरी लाभ पुर्याउन सक्दछ, सोबारे सोच्नुहोस् । अझ तपाईंले मानिसले आमजिवनमा भोगिरहेका समस्याहरुको समाधान दिने खालको व्यापार गर्न सक्नुभयो भने तपाईंले कम समयमै आफ्नो ब्राण्ड स्थापना गर्न सक्नुहुन्छ । उदाहरणको लागि टुटललाई लिन सक्नुहुन्छ । ग) अझ राम्रो, सस्ता र छिटोको नीति लिनुहोस्ः यदि तपाईं पहिल्यै नै बजारमा आइसकेको बस्तु वा सेवासम्बन्धी व्यापार गर्न चाहनुहुन्छ भने आफ्नो व्यापारलाई अन्यभन्दा पृथक बनाउनका लागि आफ्नो बस्तु वा सेवालाई अरुको भन्दा थप राम्रो, सस्तो र छिटोछरितो वितरणको नीति अँगाल्नु पर्दछ । यसका अलावा पनि मानिस तथा सम्बन्धीत क्षेत्रको विज्ञसँग परामर्श लिइ तपाईंले आफ्नो व्यापार वा व्यापार गर्ने तरिकाका लागि नयाँ जुक्तिको विकास गर्न सक्नुहुन्छ । घ) बजारको अध्ययन-अनुसन्धान गर्नुहोस्ः आफ्नो व्यापारलाई अन्यको भन्दा पृथक बनाउन, आफ्नो उत्पादनलाई अन्यको भन्दा सुलभ र सस्तो बनाउन, उत्पादनको लागत घटाउन तथा वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउन बजारको अध्ययन गर्नुपर्दछ । आफुले व्यापार संचालन गर्न खोजेको वा जसलाई आफ्नो लक्षित बर्ग बनाउन खोज्नुभएको हो, उनीहरुको कुल जनसंख्या, रुची, उपभोगको प्रबृत्ति, क्रय क्षमता लगायतको विषयमा जानकारी हासिल गर्नु फाइदाजनक हुन्छ । यसका अलावा पनि तपाईंले उत्पादन गर्न खोज्नुभएको वस्तु वा सेवाको बजारको उपलब्धता, तपाईंको प्रतिद्धन्द्धि वा साझेदारको अवस्था, आवश्यक कच्चा पदार्थ कहाँबाट कसरी झिकाउने, बस्तु वा सेवालाई बजारसम्म कसरी पुर्याउने तथा आवश्यक लगानी कहाँबाट कसरी जुटाउने भन्ने विषयमा पहिले नै निश्चित हुँदा व्यापारलाई सहज तरिकाले अगाडी बढाउन सकिन्छ । यस्तो खाले अध्ययनका लागि तपाईंले मानिसहरुसँग कुराकानी गर्ने, सरसल्लाह लिने, इन्टरनेट तथा पत्रपत्रिकामा अध्ययन गर्ने अथवा समान प्रकृतिको व्यवसायिक प्रतिष्ठान वा कम्पनीको भ्रमण गर्ने लगायतको कार्यहरु गर्न सक्नुहुन्छ । ४. व्यापारको अवधारणालाई मूर्त रुप दिनुहोस्ः तपाईंले गर्न चाहनुभएको ब्यापार वा उद्यम अहिलेसम्म तपाईंको दिमागमा एउटा अवधारणाको रुपमा मात्र सिमित छ । अब बेला भएको छ सोहि अवधारणालाई मूर्त रुप दिने । तपाईंले सोच्नुभयो होला, व्यापारलाई कसरी मूर्त रुप दिने भनेर । तपाईंको व्यापारको अवधारणालाई स्वरुप दिनका लागि सबैभन्दा महत्वपूर्ण चिज भनेको त्यसको नाम हो । विना नाम तपाईंले तपाईंको व्यापार, ब्यवसाय, प्रतिष्ठान, कम्पनी वा फर्मको कामलाई अगाडी बढाउन सक्नुहुन्न । जसै नामले तपाईंको व्यापारको परिचय दिन्छ सो परिचयलाई थप बलियो बनाउने तत्वहरु भनेको उसको ठेगाना वा अवस्थिती हो । तपाईंले व्यापारमार्फत हासिल गर्न चाहनुभएको ध्ये, उदेश्य र प्रभावको निक्र्यौल गर्दा तपाईंको व्यापारले थप स्पष्ट स्वरुप हासिल गर्दछ । भने व्यापारको लागि नाम जत्तिकै महत्वपूर्ण अर्को चिज भनेको लोगो हो किनकी आजको दिनमा लोगोलाई व्यापारको समग्र सचित्र वा दृष्यात्मक प्रस्तुतीकरणको रुपमा लिइन्छ । त्यसैले सरल र आकर्षक लोगो तपाईंको व्यापारको लागि नभइ नहुने तत्व हो । यसका साथसाथै पोष्ट बक्स नम्बर, टेलिफोन वा मोबाइल नम्बर, इमेल ठेगाना, सामाजिक संजालमा पेज वा खाता लगायतले तपाई“को ब्यापारलाई थप मूर्त रुप प्रदान गर्दछन् । ५. व्यापारलाई आधिकारीक बनाउनुहोस्ः व्यापारको अवधारणालाई मूर्त रुप दिइसकेपछि तपाईंले सोलाई आधिकारीता प्रदान गर्नुपर्दछ । स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्रिय सरकारले तोके बमोजिमको कानूनको अधिनमा रहि आवश्यक सरकारी निकायमा दर्ता गरी आफ्नो व्यापार वा कम्पनीलाई तपाईंले कानूनी बैधता दिन सक्नुहुन्छ । यसका अलावा पनि तपाईंले गर्ने ब्यवसायलाई स्वामित्वमा लिने वा नियमन गर्ने निकायमा पनि तपाईंको व्यापारको औपचारिक दर्ता हुन जरुरी रहन्छ । उदाहरणको लागि, यदि पर्यटनको क्षेत्रमा तपाईंले व्यवसाय गर्न चाहनु भएको हो भने पर्यटन विभागमा दर्ता गनुपर्दछ भने कृषि वा पशुपालनको क्षेत्रमा लाग्न चाहनुभएको हो भने कृषि विभागमा दर्ता हुनुपर्दछ । यसपश्चात तपाईंले आफ्नो व्यापारलाई राज्यको कानूनले आवश्यक ठहर्याएको करसम्बन्धी प्रावधानमा पनि समावेश गर्न जरुरी छ जसअन्तर्गत व्यवसायको प्रकृती हेरीकन तपाईंले म्याट वा प्यान लगायतमा दर्ता हुनुपर्दछ । भने यसका लागि तपाईंसँग बैंकको आधिकारी खाता नम्बर पनि हुन जरुरी रहन्छ । अर्कातर्फ उद्यमशिताको स्वरुप हेरिकन पेटेन्ट वा ट्रेड मार्क चिन्ह हासिल गर्नु अर्को महत्वपूर्ण कदम हो । यसरी दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरेपश्चात मात्र तपाईंको ब्यापार वा फर्मको कानूनी हैसियत निर्माण हुन्छ । तथापि, यी सबै कार्यहरु गर्न वा आफ्नो व्यापारलाई आधिकारीता प्रदान गर्न केके गर्नुपर्दछ भन्नेमा तपाईंलाई अझ पनि केहि द्धिविधा छ भने तपाईंले व्यवसायिक कानूनी परामर्श लिनसक्नुहुन्छ । ६. लगानी वा पुँजी रकमको व्यवस्था कुनै पनि व्यापार वा उद्यम गर्नका लागि नभइ नहुने चिज भनेको लगानी हो । यदि उपाय, ज्ञान वा श्रृजनशिलता बेच्ने जस्तै पुस्तक लेख्ने, परामर्श दिने वा चित्र बनाएर बेच्ने बाहेकको अवस्थामा लगानी नगरी तपाईंले प्रतिफल हासिल गर्न सक्नुहुन्न । लगानीको जोहो गर्ने विभिन्न तरिकाहरु हुन्छन् जस्तो कि तपाईंले आफैले आर्जन गरेको रकम, आफुसँग भएको अचल सम्पत्तिलाई धितो राखेर लिइने कर्जा वा बेचेर आउने रकम, बैंक वा सहकारीसँग लिइने व्यापार कर्जा, अरु कसैद्वारा गरिने लगानी वा सरकार तथा अन्य निकायबाट पाइने अनुदान लगायत । ७. भौतिक अस्थीत्वको निर्माण यस चरणमा तपाईंले आफूले गर्न चाहेको व्यवसायका लागि भौतिक पूर्वाधार तयार गर्नुपर्दछ । कुनै पनि कम्पनी वा व्यवसाय थाल्नका लागि तपाईंलाई कार्यालय भवनको आवश्यकता पर्दछ । यदि सामान्य मदिरा स्टोर संचालन गर्न चाहनुभएको हो भने तपाईंलाई सोका लागि कोठाको जरुरत पर्दछ । यदि तपाईंले अचार बनाउने निम्नस्तरको कम्पनी खोल्न लाग्नुभएको हो भने पनि सो सामाग्री बनाउनका लागि भौतिक स्थानको आवश्यकता रहन्छ । सो स्थानका अलावा आवश्यक फर्निचर तथा अन्य सामाग्रीहरुका साथसाथै मानव स्रोतसाधनको पनि जोहो गर्नु आवश्यक रहन्छ । ८. व्यवसायको सुरुवात, वस्तु वा सेवाको उत्पादन तथा वितरणको सुरुवात योभन्दा अघि जेजति कदम चालीयो, ती सबै कम्पनी संचालन वा ब्यवसाय सुरुवातको तैयारी वा पूर्वअभ्यास मात्र हुन् । यस चरणबाट मात्र नै तपाईंले आफ्नो उद्यम कर्मको औपचारिक थालनी गर्नुहुन्छ । जस्तै, तपाईंले माछापालनको व्यवसाय गर्न चाहनुभएको हो भने हालसम्म गर्नुभएको काम जस्तै फार्मको नाम राख्ने, फार्म दर्ता गराउने, आवश्यक जग्गा लिजमा लिने, लगानी जुटाउने, पोखरी बनाउने लगायत यसका पूर्वतैयारी मात्र हुन्, तर जब सो पोखरीमा माछाका भुरा हाल्नुहुन्छ, तब तपाईंको व्यवसायको असली सुरुवात भएको मानिन्छ । र यसलाई नै तपाईंको व्यवसायको कार्यान्वयन भएको चरण मानिन्छ । यसै चरणमा तपाईंले आफ्नो लागत खर्च र उत्पादनको खर्चलाई आँकलन गरी आफ्नो बस्तु तथा सेवाको मूल्य निर्धारण गरी आफ्नो उत्पादनलाई बजारमा आपूर्ती गर्न थाल्न सक्नुहुन्छ । यति भएपछि तपाईं बास्तवमै आफ्नो व्यापार वा उद्यमशील गर्नुभएको मानिन्छ । तर याद राख्नुस्, तपाईं अझै सफलताभन्दा धेरै कोश पर हुनुहुन्छ । व्यापार वा उद्यमशिल गर्नुको उदेश्य आय गर्नु वा कुनै विशेष समस्याको निराकरण गर्नु वा सामाजिक प्रभावको श्रृजना गर्नु लगायत हुन् । व्यापार संचालनमा आएको दिन नै तपाईंले यी सबै उदेश्यहरु हासिल गर्न सक्नुहुन्न । यसका लागि तपाईंले आफ्नो व्यापारको क्रममा धेरै उतारचढाव, सफलता र असफलता, संघर्ष तथा कठिनाइको सामना गर्नुपर्दछ ।
तस्बीर हेरेर पशुपतिकाे मुड चेच्ज
काठमाडौं । फुर्सदको समय निस्कने बित्तीकै डाँडा काँडामा हाइकिङ गर्न निस्कने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी पशुपति मुरारका दुई चार दिनको फुर्सद मिलेमा प्राकृतिक सुन्दरतामा रमाउन हिमश्रृङखलासम्म चढ्छन् । भ्रमणमा निस्कदा मोवाइलबाट उनले खिचेका तस्विर हेर्दा लाग्छ फोटोग्राफीमा सौखिन पत्रकार हुन् । उनी व्यस्त समयलाई छल्दै शुक्रबार विहान साढे दश वजे नेपाल आर्ट काउन्सिल पुगेका थिए । फोटो पत्रकार क्लवले ववरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको नेपालकै सवैभन्दा ठूलो प्रतियोगिता बाट छानिएका १७६ तस्विरको प्रदर्शनी अवलोकन गर्न पुगेका मुरारकाले झण्डै एक घण्टा प्रदर्शित तस्विर हेरेर बिताए । प्रदर्शनीमा राखिएका केही तस्विर हेरेर मुरारका प्रसन्न भए भने केही तस्विरले उनलाई गम्भिर अवस्थामा पुर्यायो । विशेष गरी नेपालको प्राकृतिक सुन्दरता, डाँडा काँडा देखिएका तस्विरमा खुलेरै रमाएका उनी समाजको यथार्थ परक दृष्यहरुमा गम्भीर बनेका थिए । दुर्घटना र हिंस्रक तस्विरमा उनी चिन्तित देखिए । अवलोकन पछि कमेन्ट वुक्समा उनले लेखेका छन्–‘नेपालको आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक साँस्कृतिक क्षेत्रलाई समग्र रुपमा यस प्रदर्शनीले समेटेको र यसले समग्र नेपाललाई परिचित बनाएको हुँदा यस प्रशर्दनीले नेपालको समग्रतालाई वुझन आफूलाई सहयोग गरेको छ ।’
१४ वर्षीय सानिमाको अपहरण विवाहपछि जागेको प्रशंसाको प्रशंसनीय चेत
काठमाडौं । सन् २०१८ मा प्रशंसा केसीले ग्लोकल टीन हिरोको उपाधी हात पारिन् । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै १९ वर्षीय प्रशंसाले उपाधी हात पारेकी हुन् । आखिर के थियो प्रशंशामा, जसले उनलाई यो उपाधीको लागि दाबेदार ठान्यो ? आउनुहोस् आज उनको यात्रालाई नजिकबाट नियालौं । १९ वर्षीय प्रशंसा केसी रुकममा जन्मिएकी हुन् । उनी ६ वर्षको हुँदा उनको १४ वर्षीय सानिमालाई २४ वर्षीय युवकले अपहरण गर्यो । अपहरण गरेर लगेपछि उनकी सानिमाको त्यही युवकसँग विवाह भयो । धेरैका लागि यो घटना अनौठो लागे पनि रुकुमका लागि नयाँ थिएन । उनको गाउँमा यस्तो ‘चलन’ वर्षौंदेखि चल्दै आएको थियो । त्यसैले उनको सानिमाको अपहरणकारीसँगै विवाह हुँदा गाउँका कसैले केही पनि भनेनन् । ६ वर्षीय प्रशंसालाई यो विवाह रोकेर सानिमालाई एउटा निकै सुन्दर जिन्दगी दिन मन थियो । तर त्यो रोक्न र मानिसहरुको ध्यान आकर्षण गर्नको लागि उनले उठाउन खोजेको आवाज निकै नै सानो थियो । आफ्नो सानिमामाथि भएको घटनाले प्रशंसाको त्यो कलिलो दिमागमा एउटा गहिरो छाप बनाइसकेको थियो । उनले त्यो घटनालाई कहिल्यै बिर्सन सकिनन् । त्यो चोटले उनलाई बारम्बार पिरोलिरहन्थ्यो । प्रशंसा ८ वर्षको हुँदा उनको परिवारले रुकुम छोडेर काठाडौं बसाई सराई गर्यो । काठमाडौं आएपछि पनि उनलाई त्यो नमिठो घटनाले लखेट्न छोडेको थिएन । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अन्ततः उनले परिवर्तनको लागि पर्खनुभन्दा आफैं नै गरेर देखाउँने निधो गरिन् । त्यसपछि १५ वर्षको उमेरमा पहिलोपल्ट प्रशंसाले बुवाको तलबको सहयोगमा रुकुम जिल्लामै पहिलोपटक अपहरण विवाह र बालविवाह विरुद्ध अभियान सुरु गरिन् । यो अभियान संचालन गर्ने उनी पहिलो व्यक्ति थिइन् । यसअघि रुकुममा अपहरण र बालविवाह सम्बिन्धी कसैले पनि अभियान संचालन गरेका थिएनन् । कुनै पनि सम्बन्धित निकायको यसमा ध्यान गएको थिएन । त्यसपछि प्रशंसाले सन् २०१७ मा बालविवाह र अपहरण विवाहको विरुद्ध २१ दिने लामो अभियान नै चलाइन । उनले सो अभियानको क्रममा १० किलो वजन पनि घटाइन् । उनले अभियान सुरु गर्ने बेलासम्म पनि रुकुममा ८० प्रतिशत अपहरण विवाह र बालविवाह हुने गर्दथ्यो । तर, अहिले अपहरण विवाह भने निकै घटेर गएको छ । बालविवाह भने अझै पनि ८० प्रतिशत नै रहेको प्रशंसा बताउँछिन् । प्रशंसाले ग्लोकल टिन हिरोको बारेमा सन् २०१७ का ग्लोकल टिन हिरो सचिन डाँगीबाट थाहा पाएकी थिईन् । उनलाई आफ्नो कामको लागि पहिचान चाहिएको थियो । र, यसको लागि उनले ग्लोकन टीन हिरोको स्टेज रोजिन् । ६ जनालाई पछि पार्दै उनले उपाधी पनि जितिन् । ‘ग्लोकन टीन हिरो भएपछि मेरो जिवनमा धेरै राम्रा राम्रा घटनाहरु भए, त्यसमा पनि मेरो लागि सबैभन्दा महत्वपूर्ण थियो मेरो कामको पहिचान । एउटा सामाजिक अभियान्ताको लागि आफ्नो कामको पहिचान सबैभन्दा ठूलो कुरा हुँदो रहेछ, मैले त्यहीँ पाएँ,’ प्रशंसा भन्छिन् । उनलाई अहिले महसुस भएको छ, समाजिक परिवर्तन एक जनाले मात्रे गरेर सम्भव छैन । परिवर्तनका लागि सबैको सहभागिता जरुरी छ । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । उनलाई त्यो उपाधीले धेरै मानिसहरुसँग सम्पर्क राख्न तथा विभिन्न प्रकारका सम्मेलनमा आफ्नो कुराहरु राख्न मद्दत गर्यो । उनले आफ्नो जस्तै सोच भएको धरै मानिसलाई भेटिन् । र, आफ्नो सोचसँग मिल्ने सोच भएकाहरुसँग मिलेर काम गर्ने मौका पनि पाइन् । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । र, शिक्षा नै नारी सशक्तिकरणको लागि सबैभन्दा राम्रो उपाय रहेको उनको निर्क्यौल छ । ‘मध्यपश्चिम क्षेत्रका किशोरीहरु लजालु हुन्छन् । उनीहरु हामी जस्तो आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । शिक्षा यस्तो पाटो हो, जसले उनीहरुलाई आफ्नो भावना व्यक्त गर्न मद्दत गर्दछ,’ प्रशंसाले भनिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । जिन्दगी आएका कुनै पनि समस्यालाई हल गर्न सक्छु भन्ने विश्वास प्रशंसालाई छ । आफ्नो सोच अनुसार काम गर्ने राम्रो प्लेटफर्म पाएकोले ग्लोकल टिन हिरोको उपाधीलाई उनी जीवनको सबैभन्दा ठुलो उपलब्धीको रुपमा लिन्छिन् । प्रशंसासँग एक अभियान्ताको साथै फिल्म मेकिङको पनि चाहना छ । सामाजिक कुराहरुको विषयमा उनले डकुमेन्ट्रीहरु बनाएकी छिन् । उनले युएनबाट बेस्ट सर्ट फिल्म मेकिङको उपाधी पनि पाएकी थिइन् । यस्तै जोनताले सार्वजनिक मामिलामा लागिपरेका विश्वका १० युवतीहरुको लागि दिइने छात्रवृति पनि प्रशंसाले पाएकी थिइन् ।