साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘डटर्स होम अचार’ले पार गर्यो एक वर्ष, हरेक प्रडक्टमा १० प्रतिशत छुट दिने
काठमाडौं । गत वर्ष लकडाउनको बिचमा जन्मिएको ‘डटर्स होम अचार’ले एक वर्ष पार गरेको छ । २ जुलाई २०२० देखि शुरु भएको उक्त व्यवसायले आज ९२ जुलाई २०२१० मा एक वर्ष पार गरी दुई वर्षमा प्रवेश गरेको हो । पहिलो वार्षिकोत्सवको अवसरमा ‘डटर्स होम अचार’ले १० प्रतिशत छुट दिने योजना ल्याएको छ । यससँगै अचारको पारखीले हरेक स्वादका अचार खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवसायी पूजा जोशी बताउँछिन् । ‘गत वर्षदेखि शुरु गरेको यो व्यवसायले आजबाट एक वर्ष पार गर्यो, यो अवसरमा अचारको पारखीलाई मध्यनजर गर्दै हामीले १० प्रतिशत छुट दिने योजना ल्याएका छौं, जसमा उहाँहरुले हरेक स्वादको अचार खरिद गर्दा प्रत्येकमा १०र१० प्रतिशत छुट पाउनु हुनेछ,’ व्यवसाय सञ्चालन गर्दै आएकी पूजा जोशीले भनिन् । उक्त छुटको योजना भने केही सीमित समयको लागि मात्र लागू गरिने जोशी बताउँछिन् । ‘वार्षिकोत्षवको अवसरमा ल्याईएको यो योजना मात्र तीन दिन लागू हुनेछ, यससँगै अचार पारखीले २ जुलाईदेखि ४ जुलाईसम्म अचार खरिद तथा अर्डर गर्दा उक्त छुट पाउनुहुने छ,’ उनले थप स्पष्ट पार्दै भनिन् । एक वर्षको अवधिमा ‘डटर्स होम अचार’ ले राम्रो व्यवसाय गर्न सफल भएको छ । पहिलो जस्तो दोश्रो लहको कोरोना महामारीमा पनि प्राय सबै व्यवसाय ठप्प थिए । तर यो व्यवसायलाई भने महामारीले छुन पाएन, निरन्तर चलिनै रह्यो । महामारीलाई नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको लकडाउनमा पनि डटर्स होमले अनलाईनबाटै डेलिभरी गरेर भएपनि सबैको मन जित्न सफल भएको छ । जसले आईपरेका विभिन्न चुनौतिलाई पार गर्दै, डेडिकेटेट भएर अघि बढेको छ । व्यवसायी जोशीले यो अवधिसम्म साथ दिने सबै अचार पारखीलाई धन्यवाद दिँदै यसलाई निरन्तरता दिँदै जाने बताएकी छिन् । ‘डटर्स होम अचारले पहिलो लहरको महामारीसँगै दोश्रो लहरको महामारीमा पनि उत्तिकै साथ र सपोर्ट पाएको छ, देश मात्रै नभई विदेशका अधिकांश अचार पारखीको जिब्रोमा झुण्डिन सफल भएको छ, यो अवसरमा देश विदेशबाट भरोसा गर्दै साथ सर्पोट गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै थप विभिन्न स्वादका स्वादिष्ट अचार बनाउन हाम्रो टीम लागि रहने छ,’ जोशीले बताइन् । यो पनि पढ्नुहोस् यसरी जन्मिएको थियो डटर्स होमको अचार
उपत्यकामा जेठ महिनाभरि थपिएको निषेधाज्ञाः के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं । कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो । यसपटक उद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ । गर्न पाइने गतिविधि यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीयरूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्ने छ । निषेधाज्ञाका बेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरेनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीका सवारी साधनमा ब्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईवटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैँ विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ । घरमै विवाह, व्रतबन्ध गर्दा सात जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । भीडभाड नहुने गरी नित्यपूजाका गतिविधिमात्रै गर्न पाइने छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा उपत्यकाभित्र दुई जना हिँड्न पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रका आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउनेछन् । सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ । गर्न नपाइने गतिविधि अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह, व्रतबन्धजस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी सङ्कलनमा रोक लगाइएको छ । आदेश पालना नगरेमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । रासस