हामी किन दु:खी हुन्छौं ?

काठमाडौं। मान्छेको जीवनमा खुशी भन्दा पनि बढी दु:ख आईरहेको हुन्छ। मान्छेलाई विभिन्न कारणले गर्दा दुःखी बनाईरहेको हुन्छ। कतिपय समयमा हामी किन दुःखी छौँ भन्ने कुरा हामीले आफैँ पनि बुझ्न सक्दैनौँ। दु:खको कारण थाहा पाउन सकियो भने त्यसको समाधान पनि सजिलै निकाल्न सकिन्छ तर जब हामी दु:खको कारण पत्ता लगाउन सक्दैनौँ त्यसपछी हामीलाई समाधान निकाल्न पनि एकदमै गार्हो हुन्छ। त्यसैले, एकपटक आफ्नो जीवनको गतिविधिमा नियालेर हेर्नुहोस्, आफुलाई के कुराले दुखी बनाईरहेको छ त्यसकुरामा ध्यान दिनुहोस्। कसैसँग आस राख्दा आस पुरा भएन भने, केही काम गर्दा काम सफल भएन भने अथवा के के कुरामा तपाईंलाई दुःखी बनाउँछ त्यसलाई पत्ता लगाउनुहोस्। दुःखी हुनु भनेको सबैभन्दा ठुलो रोग हो। तपाईं दुःखी हुँदा तपाईंको जीवनको धेरै चिजहरु बिग्री रहेका हुन्छन्। तपाईंको दैनिक दिनचर्याहरु देखी लिएर तपाईंको मानसिक, शाररीक स्वास्थ्यहरु पनि दु:खको कारण बिग्रीरा हुन्छन्। मान्छे जीवनमा खुशी भएर बाँच्न सिक्नुपर्छ। दु:खको पछाडि पनि खुशी हुने कारण हुन्छ जसलाई पत्ता लगाउन सक्यौँ भने तपाईं दु:खबाट धेरै टाढा जान सक्नुहुन्छ र खुशी साथी आफ्नो जिन्दगीको यात्रामा अगाडि बढ्न सक्छौं। रोजेको, खोजेको वा सोचेको कुरा नपाउँदा दुःखी भईन्छ। तर तपाईंको त्यो कुरा तपाईंको आवश्यकता हो कि चाहना हो त्यो तपाईंले बुझ्न जरुरी छ। आवश्यकता पुरा हुन जरुरी छ तर चाहना पुरै हुनपर्छ भन्ने छैन। यदी तपाईंलाई पैसा नभएर समस्या भईरहेको छ भने पैसा कमाउने तर्फ लाग्नुहोस् तर यदी कसैको माया नपाएर तपाईं दुखी हुनुहुन्छ भने यसकुराबाट तपाईं आजैबाट दुःखी हुन छोड्दिनुस्। माया नपाएर दुःखी हुनु बेवकुफी हो। पहिला आँफैले आँफैलाई माया गर्नुहोस् र कसैबाट पनि मायाको अपेक्षा नराख्नुहोस्। माया मागेर पाईने चिज होईन जहिले बुझीराखौँ। आफुलाई जबर्जस्ती कुनै पनि काम गर्नतर्फ नधकेल्नुहोस्। मन नलागेकाे काम गर्दा यसले तपाई र तपाईले जसको लागि काम गर्दै हुनुहुन्छ दुवैलाई असर गर्छ। तपाईंले यसो गर्दा यसले तपाईंको मस्तिष्कमा पनि नराम्रो असर गर्छ। हामी धेरै मानिसहरु हामीले अरुलाई गरेको जस्तै सहयोग उनीहरुबाट नपाउँदा दुखी हुन्छौ। तर अरुलाई सहयोग गरेर सहयोगको अपेक्षा राख्नु गलत हो। शास्त्रमा पनि भनिएको छ कि कर्म गर्नुहोस् तर फलको अपेक्षा नगर्नुहोस्। मैले यो गर्दिए बापत मलाई यो प्रतिफल चाहियो भनेर हामीले सोच राख्छौ तर चाहना अनुसार प्रतिफल हामीले पक्कै पनि पाउन सकिरहेका हुँदैनौ जसले हामीलाई अझै धेरै दुःखी बनाउँछ। एकपटक प्रतिफलको आसा नगरी काम गर्नुहोस् त तपाईं आँफैले सन्तुष्ट महसुस गर्नुहुनेछ। तपाईं परिक्षामा पास हुनुभएन। अब तपाईं म पास भईन भनेर दुखी हुन थाल्नुभयो भने तपाईंले परिक्षामा कहिले पनि राम्रो गर्नसक्नु हुन्न तर यदी के कारणले गर्दा पास भईरहेको छैन भन्ने कुरामा ध्यान दिनुभयाे भने अर्को पटक अवश्य तपाईंले राम्रो गर्न सक्नुहुनेछ।

विश्वव्यापी रुपमा नै एचआईभिको नयाँ संक्रमण घट्दै, औषधी उपचारमा पहुँच बढ्दै

काठमाडौं। बिस्वोमा एचआईभि पत्ता लागेको ३७ बर्ष पुगिसकेको छ भने विश्व एड्स दिवस मनाउन थालएको ३० बर्ष भईसकेको छ। नेपाल लगायत विश्वव्यापी रुपमा नै एचआईभिको नयाँ संक्रमण घट्दै गईरहेको छ भने हेरचाह र सहयोग लगायत एआरभी औषधी उपचारमा समेटा पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएको छ। एचआईभी संक्रमणदरलाई अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो बिकास लक्ष्यहरु तथा एचआईभी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सम्बन्धी कार्यक्रमलाई तिव्रता दिनको लागि एड्स विरुद्द विश्व अभियान अन्तर्गत “एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं “ मुल नाराका साथ यस बर्षको विश्व एड्स दिवस मनाईदैछ। यसले सन् २०२० सम्मको लागि ९०:९०:९० अर्थात ९० प्रतिसत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहापाउने, ति मध्य ९० प्रतिसतको औषधी उपचारको पहुँच हुने र ति औषधी खानेहरु मध्य ९० प्रतिसतको शरीरमा भाईरसको भार न्युन भएको हुने० लक्ष्यलाई प्राप्त गर्न टेवा मिल्नेछ। सन् २०१७ को अन्त्य सम्म संसारभर ३ करोड ६९ लाख ब्यक्तीहरुमा एच आई भि संक्रमण भएको अनुमान गरिएको छ। नेपालमा भने ३१ हजार २० जनामा संक्रमण भएको अनुमान छ। ति मध्य पुरुषको संख्या १९ हजर २० र महिलाकोको संख्या १२ हजार रहेको छ। नेपालको वयस्क १५ बर्ष देखी ४९ बर्षको उमेर समुहमा जनसंख्यामा एचआईभि को ब्याप्ता दर ०.१५ प्रतिसत रहेको छ। नेपालमा कारीब ७५ प्रतिसत एचआईभि संक्रमण असुरक्षित यौनसंम्पर्कबाट भएको पाईएको छ। नेपालको वर्तमान एचआईभिको अवस्थालाई केन्द्रिक्रित माहामारीको रुपमा पारीभासित गरिन्छ। यस्को अर्थ एक वा सो भन्दा एचआईभि सर्न सक्ने जोखिममा रहेको समुहमा एचआईभि संक्रमण दर ५ प्रतिसत भन्दा बढी तर सामान्य जनसंख्यामा एचआईभि संक्रमन दर १ प्रतिसत भन्दा कम हुनु हो। नेपालमा एचआईभि संक्रमणको उच्च जोखिममा रहेक समुह – सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समालिङी तथा तेस्रोलीगींहरु, रोजगारिका लागि बाहिर जानेहरु र जेलका कैदीहरु हुन्। यि मध्य सईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिगीं यौनकर्मिहरु एचआईभि संक्रमणको दर अरु जोखिममा रहेको समुहभन्दा उच्च छ। सन २०१० देखी सन् २०१७ सम्मको बिस्वोब्यापी १६ प्रतिसत नयाँ संक्रमण घटेको छ भने ३५ प्रतिसतने बच्चाहरुमा हेने संक्रमण कम भएको छ। यसैगरी सन् २००४ ( सबैभन्दा धेरै एड्स सम्बन्धी भएको बर्ष) देखी सन् २०१७ सम्म एड्सको कारणले मृत्‍यु ५१ प्रतिसतले घटेको छ। सन् २०१७ सम्ममा कुल एच आई भी संक्रमित मध्य ५९ प्रतिसत ( २ करोड १७ लाक) मात्र एआरभी उपचारमा छन्। यसैगरी २०१० तुलनामा सन २०१७ सम्म नेपालमा ६१ प्रतिसतले नयाँ संक्रमण घटेको छ भने ६३ प्रतिसतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको छ। स्वास्थ्य सेवा बिभाग  

फिजियोथेरापी सम्मेलनको पहिलो कार्यक्रम नेप्टामा सम्पन्न

काठमाडौं । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । देशभरका करिब ५० फिजियोथेरापीस्टको उपस्थिती रहेको उक्त कार्यक्रममा अस्पतालको प्रबन्ध निर्देशक डा.समता प्रसादले उद्घाटन गरेका हुन् । नेप्टाका अध्यक्ष तथा नेप्टाकनका वैज्ञानिक सत्रका संयोजक सहित ४ अन्तराष्ट्रिय फिजोथेरापिष्टको मुख्य उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा युनिभर्सीटी अफ मेलवर्नबाट आएका सहायक प्राध्यापक स्याली कोवान र डा. मार्गारेट शेरवुन, युनिभर्सीटी अफ सिड्नीबाट डा. ड्यारेन रिड, र मास्ट्रिच युनिभर्सीटी, नेदरल्यनण्ड्सबाट प्रा.डा. युगीन रामेक्रस उपस्थित रहेको थियो । मस्कोलोस्केलेटल, महिला स्वास्थ्यमा फिजियोथेरापी, र बालबालिकाका फिजियोथेरापीको विषयमा प्रस्तुती दिएका थिए । कार्यक्रम काठमाण्डौं विश्वविद्यालय र शंकर होटलमा गरि ३ दिनसम्म आयोजना हुने भएको छ ।