आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा १० लाखको दुर्घटना बीमा तथा २५ हजारको औषधोपचार बीमा हुने जानकारी दिदैं थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससंग बीमा सेवाको लागि संझौता गरिएको बताएका छन् । त्यसै गरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको जानकारी दिएका छन् ।

नबिल बैंक र केडीईसीएचबीच सम्झौता, नागरिकहरुलाई अधिक सेवा प्रदान गर्ने लक्ष्य 

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धानमा विशेष छुट पाउँने भएको छ । छुटसँगै सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएच बिच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई एकस रे बाहेक सामान्य अस्पताल शुल्कमा २० प्रतिशत छुट गर्ने भएको छ । दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोटिक्स तथा क्राउन ब्रिजमा १० प्रतिशत छुट रहेको छ ।नबिल बैंक प्रमुख खुद्रा  बैंकिङ्ग निरज शर्माले र कान्तिपूर डेन्टल कलेज तथा शिक्षणा अस्पताल र अनुसन्धान केन्द्रका अध्यक्ष बुद्धिमान श्रेष्ठले सम्झौता गरेका हुन् । कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्र  एक सुविधा सम्पन्न डेन्टल अस्पताल हो जसमा १५० दन्त कुर्सी तथा ९ वटा विभागहरु रहेका छन् । धापासी स्थीत सो डेन्टल अस्पतालको कपन, पोखरा, बुटवल, भलवाडी तथा नारायणघाटमा सेवा केन्द्रहरु छन् । बहु–विशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै आधुनिक उपचार प्रकृया अपनांउदै आएको छ । नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, १२१ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

मकवानपुरमा निशुल्क स्वास्थ्य परीक्षणमा शिविर तथा बाली /पशु संरक्षण कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकको क्षेत्रिय कार्यालय विरगंज र शाखा कान्तिपथ मकवानपुरको संयुक्त आयोजनामा स्वास्थ्य परीक्षण तथा बाली, पशु संरक्षण कार्यक्रम संचालन गरिको छ । आयोजित कार्यक्रममा कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगंजका निर्देशक बाबुकाजी थापाले आवश्यक औषधी सहितको बाकस प्राथमिक स्वास्थ्य केन्द्रका डा.प्रविण पाण्डेलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका छन् । स्थानीय दाजुभाई तथा दिदीबहिनीको व्यापक उपस्थित रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रिय निर्देशक थापाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउने कृषि विकास बैंक हो भन्ने कुरालाई स्पष्ट पारेका छन् । ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापित बैंकले हाल आधुनिक प्रविधी मार्फत लागेकाे छ । नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गरेको छ । कृषि विकास बैंक कान्तीपथका प्रबन्धक देवीप्रसाद पोखरेल, समाजसेवी भक्तबहादुर खत्री र डा.प्रविण पाण्डेले कार्यक्रमको अनिवार्य रहेको जनाएका छन् । उक्त कार्यक्रम पश्चात पावस दुग्ध उत्पादन सहकारी संस्था बकैया, ५ मकवानपुरमा पशु तथा वाली वीमा सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम समेत संचालन भएको भएको हो । कार्यक्रममा  बैंक एसएमई विभागका शाखा प्रमुख प्रेम खनाल, शा.अ मधुसुदन खकुरेलले बाली वीमा तथा पशु वीमा सम्बन्धी प्रशिक्षण समेत दिएका थिए । कार्यक्रमको संचालन कृषि विकास बैंकको शाखा कार्यालय कान्तिपथका शा.अ. कृष्णप्रसाद पराजुलीले गरेका छन् ।