कलंकीमा दृष्टि आइ केयर सिस्टम, आधुनिक प्रविधिबाट आँखाको उपाचार गरिने

काठमाडौं । नविनतम् प्रविधियुक्त अन्तर्राष्टिय स्तरको गुणस्तरीय आँखा स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने उदेश्यले दृष्टि आइ केयर सिस्टमको स्थापना गरिएको हो । यसको स्थापना र सञ्चालन  नेत्ररोग विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा आँखा स्वास्थ्यमै क्रियाशिल व्यक्तिहरुबाट भएको हो । दृष्टि आइ केयर सिस्टमले वि.स. २०७० असोज २८ गते झापाको विर्तामोडमा मेचि दृष्टि आँखा अस्पताल स्थापना गरि सेवा आरम्भ गरेको थियो । सेवा विस्तारको क्रममा विरगंजमा विरगन्ज दृष्टि आँखा केन्द्र र कलंकीमा दृष्टि आई केयर सेन्टर सुचारु गरिएको छ । त्यसैगरी दृष्टि आइ केयर सिस्टमले  विर्तामोड, बाराको कलैया, काठमाण्डौको जमल र चावहीलमा समेत आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको छ । दृष्टि आइ केयर सिस्टमले सबैको लागि दृष्टि सधैको लागि दृष्टि भन्ने मूल मर्मका साथ आफ्नो सेवा प्रदान गर्दै आइरहेको दृष्टि आइ केयरका प्रमुख कार्यकारी अधिकृत डा. भाइराज श्रेष्ठले बताए । उनले भन्छन्–आँखा परिक्षण र उपचारमा सवैको सहज पहुँचका निम्ति हामीले शुल्क सर्वसुलभ बनाएका छौ । अझ अति विपन्न र रकम कै कारण उपचारबाट बन्चित भएकालाई निशुल्क उपचारको प्रबन्ध गरेका छौ । रोग लाग्नु भन्दा रोग लाग्नबाट बचाउनु महत्वपूर्ण कार्य हो, यसैलाई मध्यनजर गरेर हामीले आँखा जचाँउ स्कुल जाउ भन्ने अभियान आरम्भ गरेका छौ । यो अभियान अन्तरगत दृष्टि आइ केयर सिस्टमका सवै अस्पताल र केन्द्रहरुमा आरम्भदेखि नै पाँच बर्ष मूनिका सबै बालबालिकाहरुलाई निशुल्क आँखा परिक्षणको व्यवस्था गरिएको छ । उनका अनुसार आज पनि अन्धोपनको मुख्य कारण मोतियाबिन्दु नै हो ।  ठूलो संख्यामा मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने भएकाले हामीले विना इन्जेक्सन अत्याधुनिक प्रविधिबाट अपरेसन गर्ने प्रबन्ध गरेका छौ । त्यसैगरी आँखाको जटिल शल्यक्रियाहरु आँखाको नानि प्रत्यारोपण, रेटिना (पर्दा) को सल्यक्रिया सुरु भइसकेको छ । त्यस्तै डेढो आँखा, आँखाबाट पिप बगिरहने, आँखामा मासु पलाएको सल्यक्रिया गरिन्छ । अल्छि आँखाको उपचारको लागि नेपालमा नै पहिलो पटक अमेरिकी प्रविधि भिटिएस सफ्ट वयरबाट उपचार सुरु गरिएको छ । दृष्टि आइ केयर सेन्टर कलंकीमा शल्यक्रिया पश्चात हुन सक्ने इन्फेक्सनलाई  न्यूनिकरण गर्न अपरेसन कोठालाई सम्पूर्ण रुपमा भिनाइल फ्लोरिङ गरि हेपा फिल्टर राखि अन्तराष्टिय स्तरको बनाएका छौ । त्यसैगरी हरेक विरामीले पारदर्शि रुपमा आफ्नो रोगसम्बन्धी जानकारी लिन र अपरेसनको समेत भिडियो हेर्न सकिने सुविधा प्रबन्ध गरेका छौ । सेन्टरको उद्घाटन बैशाख १५ गते कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।

मुटु अस्पतालमा निःशुल्क मुटुको उपचार सेवा सुरु

बुटवल। आर्थिक रुपले विपन्न व्यक्तिका मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि उपलब्ध हुने भएको छ । गरिब तथा विपन्न व्यक्तिका मुटुको उपचारमा रु एक लाखसम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णयअनुरुप मुटु यस्तो सेवा उपलब्ध गराइएको सो अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले निःशुल्क मुटुको उपचारका लागि सो अस्पताललाई सूचीकृत गरेपछि बुटवलबाटै पनि गरिब तथा विपन्न व्यक्तिले सरकारको उक्त सुविधा लिन पाउने भएका हुन् । निःशुल्क सेवा उपलब्ध गराउने विषयमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा र सो अस्पतालबीच सम्झौतासमेत भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । विभिन्न जिल्लाका जिल्लास्तरीय विपन्न नागरिकलाई औषधि उपचार सिफारिस समितिको सिफारिसका आधारमा अस्पतालले रु एक लाखसम्म निःशुल्क सेवा उपलब्ध गराउने छ । काठमाडौँका विभिन्न अस्पतालबाट उक्त सेवा प्राप्त भए पनि पश्चिम क्षेत्रमा भने निःशुल्क सेवा उपलब्ध गराउने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पहिलो अस्पताल बनेको हो । अस्पतालमा सोमबारदेखि क्याथल्याब सेवासमेत सञ्चालन भएको छ । अस्पतालले विगत चार महिनादेखि मिर्गौलाका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा पनि प्रदान गर्दै आएको छ । सत्रवटा मेसिनबाट दैनिक ३५ देखि ४० बिरामीलाई निःशुल्क डाइलाइसिस सेवा उपलब्ध गराइरहेको यो युनिट काठमाडौँ बाहिरको सबैभन्दा ठूलो डाइलाइसिस युनिट रहेको अस्पतालको दाबी छ । अस्पतालमा अहिले १२७ बिरामीले सरकारले उपलब्ध गराएको निःशुल्क डाइलाइसिस सेवा लिइरहेका छन् । साथै अस्पतालले सिटी स्क्यानका लागि वटवलस्थित रोटरी क्लब अफ सेन्ट्रल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रलसँग सहकार्यका लागि सम्झौतासमेत गरिसकेको जनाएको छ । ती क्लबको सहयोगमा १२८ स्लाइसको सिटी स्क्यान सञ्चालनका लागि खरिद प्रक्रिया अगाडि बढाइएको अस्पतालले जनाइएको छ । उक्त उपकरण जडानपश्चात् मुटु र मिर्गाैलाको समेत सिटी स्क्यान बुटवलमै गर्न सकिने छ । रासस

नर्भिकमा भारतीय फोर्टिस् ग्रपकाे सहयोगमा सबै प्रकारका उपचार सेवा, २०० शैय्या थप्दै हस्पिटल

काठमाडौं । नर्भिक हस्पिटलका अध्यक्ष बसन्त कुमार चौधरीले हस्पिटलले आगामी ५ वर्षका लागि तय गरका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरे । हस्पिटलको २४ औ वार्षिककोत्सलाई सम्बोधन गर्दै उनले दुई भागमा विभाजित रहेको भिजन २०२२ नामक उक्त योजना अन्तर्गत हालको हस्पिटलको शय्या २०० पुर्याउने लक्ष्य रहेको बताए । उक्त २०० शय्या मध्ये अति सघन उपचार शैय्या ५०, प्राइभेट शय्या ६०, जनरल शैय्या ९०, आकस्मिक उपचार शैय्या २० पुर्याउने, हालको अति विशिष्ट अन्तर्राष्ट्रियस्तरको तीन मोडुलर अपरेटिङ्ग सुइट्समा अरु ५ अति विशिष्ट मोडुलर अपरेटिङ्ग सुइट्स थप्दै मोडुलर अपरेटिङ्ग सुइट्सको संख्या ८ पुर्याउने योजना रहेको पनि चौधरीको भनाइ छ । नर्भिक इन्टरनेशनल हस्पिटलले साेमबार आफ्नो २४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन पनि गरेकाे छ । सन् १९९३ मा एक नर्सिङ होमका रुपमा स्थापित यो अस्पतालले छोटो सयमा नै उल्लेख्य सेवाका कारण अग्रणी स्थानमा आउन सफल भएको हो । नर्भिकको वार्षिकोत्सव हरेक वर्ष बैशाख १ गतेका दिन पर्ने ये वर्ष भने एक सता भन्दा ढिलोगरेर वार्षिकोत्सव कार्यक्रम भएको हो । समारोहमा भारतका अति सुविधासम्पन्न करर्पोरेट हस्पिटलहरूमध्येको एक फोर्टिस् ग्रुप अफ हस्पिटसँगका सहकार्यमा नर्भिकको सेवा दिएको फोर्टिस्का वरिष्ठ उपाध्यक्ष सुनिल कपुरले प्रकाश पारे । यो ग्रुपसँग ४५ वटा हस्पिटल रहेका छ भने यसमा १० हजार शैय्या रहेका छन् । नेपाली बिरामीहरू भारत गई उपचार गराइहनु परेको अवस्थामा अब भने कुनै पनि जटिल प्रकृतिका रोगको ९९ प्रतिशतसम्म उपचार फोर्टिस्को अनलाइन प्राविधिक सल्लाहमा नर्भिकमै हुने पनि उल्लेख छ । कार्यक्रमका राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीताभक्त जोशीले सरकारको स्वास्थ्य क्षेत्रको मिलेनियम टार्गेट पूरा गर्न नर्भिक लगायतका निजी क्षेत्रका हस्पिटलहरूले गरेको योगदानबारे खुलेर बताइन् ।