खाली पेटमा औषधी खानु भनेको के हो ? औषधी कुन खानासँग नखाने ?
काठमाडौं। के तपाईंलाई थाहा छ खाली पेटमा औषधी खानु भनेको के हो ? तपाईं पक्कैपनि सोच्नुहुन्छ होला कि खाली पेटमा औषधी खानु भनेको केही पनि नखाइ बिहान भोको पेटमा औषधी खानु हो । यो साँचो हो तर यो आधा साँचो हो। हामी धेरैले यस कुरालाई अहिलेसम्म आधा मात्र बुझीरहेका छौं। खाली पेटमा औषधी खानु भनेको : १. औषधी खाएपछि करिब दुई घण्टा केही पनि नखाने । २. पहिला खाना खाइसकेको भए दुई घण्टा कुरेर मात्र औषधी खाने । कुनै औषधी खाली पेटमा खानु भनिन्छ किन भने खाना र केहि पेयहरूले औषधिको काम गर्ने तरिकालाई असर गर्न सक्छ। उदाहरणका लागि, केहि औषधीहरु खाना खाए लगत्तै खाँदा अथवा पछि खाँदा उक्त औषधी र खाना मिसिन गई औषधीको प्रभावलाई कम गराउन सक्छ। कुनै खानेकुरा वा पेय पदार्थहरूले औषधिको प्रभावलाई कम गराउँदछ। जस्तै: – अंगुरको जुस – क्रेनबेरीको रस – भिटामिन ई बढी पाईने खाने कुरा जस्तै हरियो सब्जिहरु – नुनिलो खानेकुरा वा उच्च मात्रामा पोटासियम पाईने खानेकुरा जस्तै केरा । त्यसैले, जहिले पनि डाक्टरले दिएको सुझावलाई राम्रोसँग पालना गर्नुहोस्।
कैलाश विकास बैंकका ग्राहकलाई मेडिसिटीमा आकर्षक छुट
काठमाडौं । कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महा प्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा नेपाल मेडिसिटी अस्पतालले बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिएका छन् । बैंकको हालसम्म शाखा संख्या ८५ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानी कर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
‘सिटीईभिटी मास्न पाईदैन, डा. केसीको अनसन चाँहिदैन’ : निजी प्राविधिक शिक्षालय महासंघ
काठमाडौं। सिटीईभिटी मास्न पाईदैन डा. केसीको अनसन चाँहिदैन भन्दै निजी प्राविधिक शिक्षालय महासंघले विरोध प्रदर्शन गरेको छ। महासंघले नेपाल सरकार र डा. केसी बिच भएको सम्झौता अनुरुप टि-एसएलसी तहको कार्यक्रम फेज आउट गर्ने बुँदा तत्काल सचिनु पर्ने दबाव दिएका छन् । बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले सो दबाव दिएको हो । सिटीईभिटीलाई फेज आउट गर्नको सट्टा विकल्प सहित स्तरउन्नती गरि कार्यक्रम अपग्रेड गरिनु पर्ने र चिकित्सा शिक्षा विधेयकमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु नसमेटिने हुँदा ‘स्वास्थ्य शिक्षा विधेयक’ राखीनुपर्ने उनिहरुको माग रहेको छ। डा. केसी एकलको मागलाई मात्र सम्बोधन गरिन्छ भने आफुहरु पनि आमरण अनसन बस्ने महासंघले बताएको छ।