काठमाडौंलाई सुर्ती र चुरोटमुक्त बनाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ बर्षभित्र महानगर क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा त्यस्ता पदार्थको पूर्ण प्रतिबन्ध लगाउने र विक्रीबितरण समेत संकुचित पार्न कामपाते त्यस्तो अभियान सुरु गरेको हो । त्यसका लागि महानगरले चरणबद्ध रुपमा गर्ने कार्यक्रम तयार पारेको उपमेयर हरिप्रभा खड्ुगीले जानकारी दिइन् । स्वस्थ शहर कार्यक्रम अन्तर्गत यस्तो योजना ल्याइएको उपमेयर खड्गीको भनाई थियो । यो कार्यक्रम सुरुवात गरेसँगै स्वस्थ सहर अभियान सुरु गर्ने विश्वका ५० शहरमध्ये काठमाडौं पनि एक बनेको छ । शहरमा धूम्रपान तथा सुर्तीजन्य वस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ एवं स्वच्छ शहर निर्माण गर्ने उद्देश्यले कार्यक्रम थालनी गर्न लागिएको कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठले) बताइन् । विद्यमान कानूनले सार्वजनिक स्थान सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्रघर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, छात्राबास, रङ्गशाला, कर्भडहल, पौडीपोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर जस्ता सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने र त्यसो गरेको पाइए तत्काल विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धूम्रपान, मदिरापान, अस्वस्थकर आहार, निष्क्रिय जीवनलगायत छन् । स्वस्थ जीवनको चुनौती सामना गर्न सबै एक हुनुपर्नेछ । अब कामपाले वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम पनि चलाउने भएको छ ।

क्यान्सर विजेताहरुलाई नेपाल क्यान्सर सपोर्ट ग्रुपको सम्मान

काठमाडौं। नेपाल क्यान्सर सपोर्ट ग्रुपले नेपाल क्यान्सर अस्पतालको संयोजकतामा अन्तरराष्ट्रिय महिला दिवस मनाएको छ। कार्यक्रममा क्यान्सर सपोर्ट ग्रुपले आयोजनाले संचालन गरेको ‘र्याम्प सो’ मा सहभागी क्यान्सर सर्भाईभरहरुलाई सम्मान स्वोरुप कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले मायाको चिनो प्रदान गरेकी थिईन्। कार्यक्रमको प्रमुख अतिथी धर्मवती गुरुमाले बिरामीको सेवा नै भगवानको सेवा रहेको भन्दै क्यान्सर सपोर्ट ग्रुपलाई आफु क्यान्सर उपचार हुँदा रहेको १० लाख को कोश निर्माण गरेको जानकारी दिईन्। क्यान्सरका सर्भाईभरले क्यान्सर बिरामीलाई सहयोग गर्ने उदेश्यको साथ स्थापना भएको क्यान्सर सपोर्ट ग्रुप आज आएर यस्तो ठुलो ग्रुप होला भनेर आफुले कहिले पनि नसोचेको सपोर्ट ग्रुपका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताए। क्यान्सरका सर्भाईभरहरुलाई अझै खुलस्त रुपमा बाहिर आएर अन्य क्यान्सर बिरामीको लागि प्रेरणा र आत्माबल बन्न आग्रह गरेका छन्। क्यान्सर रोग बलियो आत्माबल भए सजिलै जित्न सक्ने पनि उनले बताए। क्यान्सर सपोर्ट ग्रुपले क्यान्सरका बिरामीहरुको लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ।

स्वास्थ्य बीमाका लागि गाउँगाउँमा बिमितको नाम दर्ता

लहान । स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो । स्थानीय तहका सम्पूर्ण वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुको साथै बीमा गराउनेको नामसमेत दर्ता गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा बोर्ड लहान शाखाका बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए । सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई चैतबाट कम्प्युटरमा दर्ता गरिने र अहिले नाम दर्ता गराएका बीमितलाई आउँदो जेठबाट बीमा सेवा उपलब्ध गराइने बीमा अधिकारी साहले बताए । पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक ५० हजारको स्वास्थ्यबीमा पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्यले वार्षिक ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा १० हजार थपिने जनाएको छ । रासस