बिनाकारण डर लाग्छ ? के हो यो रोग ? उपचार कसरी गर्ने ?
काठमाडौं। एनजाईटी भनेको यस्तो डर हो जुन ठ्याक्कै के कारणले गर्दा भएको भन्ने पत्त्ता लगाउनु गार्हो हुन्छ। सामान्य रुपमा हरेक मानिसहरुलाई एनजाईटी हुन्छ तर अत्याधिक रुपमा बिनाकारण मनमा डर लाग्नु आत्तिनु एनजाईटी डिसअर्डर हो। हामीलाई कहिलेककाहीँ यो हुन लागेको भन्ने महसुस हुन्छ भने कहिलेकाही यो हामीलाई अचानक हुने गर्दछ। यो लाग्नै नपर्ने कुराको डर हो र यसले कति असर गर्छ भन्ने हामीलाई थाहा नै हुँदैन। यो समस्या कुनै पनि उमेर समुहमा देखिन सक्छ। एनजाईटी दुईवटा प्रकारका हुन्छन् : १। सामान्य एन्जाईटी : कहिलेकाही लाग्ने डर २। जेनेरलाईज्ड एन्जाईटी : बारम्बार लाग्ने डर लक्षण १। जति खेर पनि चिन्ता लिईराख्ने : बिहान उठेदेखी सुतेसम्म एउटा न एउटा कुराको चिन्ता लिईराख्ने पनि एन्जाईटीको लक्षण हो। कहिलेकाही केही कुराको चिन्ता लाग्नु सामान्य एनजाईटी हो भने सधैं चिन्ता लाग्नु जेनेरलाईज्ड एनजाईटी हो। उदाहरणको लागि : परिक्षाको समयमा सबैलाई डर लाग्ने गर्दछ। यो सामान्य हो तर कोही व्यक्ती यस्ता हुन्छन् जो परिक्षा भनेपछी डरले अत्तिएर परिक्षा नै दिन जान सक्दैनन वा कोही अघिल्लो रात देखी नै सुत्न सक्दैनन्, परिक्षा दिन गईहालेको अवस्थामा पनि परिक्षामा सबै आए पनि राम्रो गर्न सक्दैनन्। उसलाई उत्तर आए पनि हडबडाउँछ। परिक्षामा टेन्सन सबैलाई हुन्छ तर त्यसलाई डिसअर्डर भनेर तब भनिन्छ जब त्यो समस्याले तपाईंलाई झनै ठुलो समस्यामा पार्छ। अर्को उदाहरण : आफ्नो छोराछोरी बिरामी हुन्छन् कि भन्ने चिन्ता। यो धेरै आमाबुवामा देखिने साधरण एनजाईटी हो। तर आफ्नो स्वस्थ भईरहेको छोराछोरीलाई केही पो लाग्छ भन्ने कुराको बारम्बार चिन्ता लाग्ने र त्यही चिन्ताको कारण छोराछोरीलाई बाहिर निस्कन नदिने, खाने कुरामा चाहिने भन्दा बढी तनाव लिनु भनेको जेनेरलाईज्ड एन्जाईटी हो। २। ढुक्क सँग बस्न नसक्ने : एनजाईटी भएका मानिसहरु कहिले पनि ढुक्कसँग बस्न सक्दैनन्। एउटा शान्ता कोठामा सबैजना रमाईलो गरिरहेका छ न् तर एनजाईटी भएको मानिस सबै कुरा ठीक भएता पनि ढुक्कसँग आनन्दले बस्न सक्दैन। यस्ता व्यक्तीहरुले एक्लै टोलाएर बस्दा पनि राम्रो कुरा पनि सोच्न सक्दैन। उसको दिमाग हरपल दौडीरहेको हुन्छ। ३। अस्थाई शारिरिक लक्षण : एनजाईटीको कारण मानिसहरुलाई शारिरिक लक्षणहरु पनि देखिने गर्द्छ। जस्तै छिनछिनमा पिसाब आउने, मुटु पोल्ने, पेट पोल्ने, टाउको दुख्ने ४। चाडै थकित हुने यो जेनेरलाईज्ड एनजाईटी भएको मानिसहरुलाई हुने गर्दछ। उक्त एनजाईटी भएको मानिस जति खेर पनि थकित हुने गर्दछ। उसले केही नगरे पनि शरीर थाकेको महसुस हुन्छ। ५। दिमाग चाँडो दौडिने यस्तो एन्जाईटी भएको मानिसको दिमाग तेजसँग चलिरहेको हुन्छ। उसले एकै मिनेटमा हजारौ कुराहरु दिमागमा खेल्ने उसले आफुलाई कति पटक प्रयास गरे पनि यस्तो सोच्नबाट मुक्त गर्नसक्दैन। ६। ध्यान गर्न नसक्ने केही कुरामा पनि ध्यान दिन नसक्ने, ध्यानमा एक्रग्रता ल्याउन नसक्ने एनजाईटीको अर्को लक्षण हो। विद्यार्थीलाई यस्तो समस्या देखियो भने उसले आफ्नो पढेको कुराहरु पनि सम्झन सक्दैन जसको कारण उसको पढाईमा समस्या देखिन थाल्दछ। ८। दिक्क मान्नु एनजाईटी डिसर्डर भेएका मानिसहरु सानो सानो कुरामा झर्किने गर्दछन्। उसलाई सानो सानो आवाजले पनि एकदम समस्या हुनेगर्दछ। ९। भोलीवाद जे काम पनि भोली गर्छु भन्ने मानिसहरुमा हुने सामान्य बानी हो तर एनजाईटी डिसअर्डर भएका मानिसहरुले जे कुरा पनि भोलीलाई बाँकी राख्ने हुन्छ। उसलाई काम बिग्रन्छ कि, केही होला कि भन्ने डरकै कारण जतिसुकै महत्वोपूर्ण काम भएपनि भोली गरुला भन्ने भावना आउँछ। उपचार यि लक्षण मध्य कम्तिमा पनि ४ वटा जेनेरलाईज्ड एन्जाईटीका लक्षण तपाईंमा देखिन्छ भने तपाईले मनोचिकित्सकलाई भेट्न जरुरी छ। त्यसबाहेक तपाईंले एन्जाईटीबाट टाढा रहनु : – सकेसम्म केही कामहरुमा अल्झाई राख्नुहोस् – राम्रो राम्रो संगित सुन्ने गर्नुहोस् – स्वस्थ खानेकुरा खाने डा. कल्यान
ग्लोबल आइएमई बैंक र क्यान्सर काउन्सिलको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतना
काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतना मूलक कार्यक्रममा कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षक उपस्थित रहेका थिए । उक्त जनचेतना मूलक कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट गरेको थिए । यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिए । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ ।
नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पतालबीच सेवा सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पताल,हरिसिद्धी ललितपुरबीच सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले नेपाल बङ्गलादेश बैंकद्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा ५ प्रतिशत देखि १० प्रतिशत सम्म छुट प्रदान गर्ने जानकारी दिएको छ । उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।