उपचार खर्चमा पत्रकारलाई २५ प्रतिशत छुट, साउन १ गतेदेखि लागु हुँदै

ताप्लेजुङ । झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले मेची अञ्चलका पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट दिइने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले अस्पतालका कर्मचारीसरह यहाँका पत्रकारलाई ओपिडीबाहेक अन्य उपचार खर्चमा साउन १ गतेबाट उक्त छुटको व्यवस्था गरिएको बताए । पत्रकार महासङ्घको सदस्यता लिई क्रियाशील रहेका पत्रकारलाई मात्र यो सुविधा प्रदान हुनेसमेत उनले बताए । रासस

प्रदूषण नियन्त्रण शुल्क चार अर्ब नाघ्यो, वातावरण भने झनै दूषित

प्रदूषण नियमन्त्रणका नाममा सरकारले २० वर्षदेखि प्रतिलिट सवारी इन्धनबाट ५० पैसाका दरले उठाउँदै आएको रकम अहिले चार अर्ब पुगेको छ । यसरी जम्मा भएको रकम प्रदूषण नियन्त्रका क्षेत्रमा भने पटक्कै खर्च भएको छैन । देशभर विग्रदै गएको वातावरण प्रदूषण र सशरी क्षेत्रमा बढेको अत्यधिक प्रदूषणले दैनिकी कष्टकर बनाउँदै गएको छ । सरकारले ०५३ देखि देशभर चल्ने सवारी साधानमा खपत हुने इन्धनबाट यस्तो प्रदूषण शुल्क लिने गरेको छ । ०७४ बैशाखसम्म आइपुग्दा यो रकम ४ अर्ब ४ करोड १७ लाख रुपैयाँ जम्मा भैसकेको छ । यो रकम बातावरण प्रदूणा नियन्त्रका नाममा संकलन भएपनि नाम अनुसार खर्च हुन सकेको छैन । नागरिक दैनिकबाट ।

ब्लड बैंकबाट लिएकै रगत असुरक्षित, रगत लिँदा १६ वर्षे युवालाई एचआईभी सर्‍यो

काठमाडौं । हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी एड्स संक्रमण देखिएको छ। ‘चढाइएको रगतबाट ती युवालाई एचआईभी एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन। उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ।’ रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो। ‘ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्धि हुँदै जाने देखिन्छ,’ डा. रायमाझीले भने। रगत चढाइएकै कारण संक्रमित हुनेको संख्या बढे पनि यसको आधिकारिक तथ्याङ्क सरकार र स्वास्थ्य संस्थाहरु दुवैसँग छैन। कान्तिपुर दैनिकबाट ।