मुटूरोग पत्ता लगाउने नयाँ प्रविधी भित्रिदै, घरमै बसेर प्रयोग गर्न सकिने
काठमाडौं। स्वास प्रश्वासमा धिमा गती हुने लक्षण पछि अस्पताल आईपुग्दासम्म विरामीको उपचारको लागि धेरै ढिला भइसकेको हुनसक्छ यसर्थ यस्ता मुटूको रोगीहरुको जीवन सुरक्षणको लागि वारम्बार अस्पताल धाउन नपर्ने गरी घरैबाट उपचारको थालनी गरेर यस्ता रोगको लक्षण पत्ता लगाउने नयाँ प्रविधी बजारमा आउन लागेको छ। बजारमा छिटै आउन लागेको नयाँ प्रविधि भेस्टले विरामीको कपडाको माथि लगाएर फोक्सोमा भएको कृयाकलापलाई परिक्षण गर्ने गर्दछ । जब मुटूले राम्ररी रगत प्रवाह गर्न छोडछ, तब स्वास प्रश्वासको तथा अन्य कारणले फोक्सोमा तरल पदार्थ थुप्रिन थाल्छ । यो प्रकृया विरामीले चालै नपाई एक दुई हप्ता अघिनै शुरु भईसकेको हुन्छ तसर्थ उपचारको लागि हतारिनु भन्दा यो नयाँ प्रविधि फोक्सोमा भेस्ट प्रयोग गरेर ३ मिनेटमै लक्षणहरु थाहा पाउन सकिन्छ । जसको सहयोगमा सुचना प्रवाह गर्ने र औषधी उपचार, खानपिनमा सयमता लगायत सजगता अपनाउन सकिन्छ । हरेक मुटू रोगीले विशेषत पर्यावरणीय दुषितबाट जोगीनु पर्ने कुरामा विशेष जोड दिनपर्छ। भारत सरकारबाट पंजाब रत्नको उपाधीबाट सम्मानित भईसकेका विश्वविख्यात हृदय रोग विशेषज्ञ डा. रजनिश कपुर जटिल हृदय सम्बन्धि कार्यशाला गर्न नेपाल आएका थिए। उनको भनाई अनुसार सबै व्यक्तिहरु हृदयधातका कारण मर्दैनन् प्रायजसो ह्दय रोगका विरामीहरु हृदयले राम्रो संग रगत प्रवाह नगर्ने समस्याका कारण पिडीत छन् । उनले हरेक मनिसले तनाव रहित जीवनशैलि बाँच्नको लागि प्रसस्त फलफूल तथा सागसब्जी खाने, नियमित व्यायाम गर्ने धुम्रपान तथा मद्यपान त्याग्ने प्रसस्त झोलिलो पदार्थ पिउने, पर्याप्त मात्रा सुत्ने र तनाव रहित जीवन जिउनुपर्ने कुराको जोड दिएका छन् । अध्ययन अनुसार प्रत्येक बर्ष नेपालमा ४ मध्ये १ जना मृत्युको कारण हृदय रोग हुने गरेको छ । हृदय रोग जोखिम कारकहरुको बृद्धिले गर्दा २०३० सम्ममा यसले मृत्यु दरको ३५% ओगटने अनुमान गरिएको छ हृदय रोग बृद्ध उमेरका मानिसहरुमा बढि प्रभावित हुन्छन र मधुमेह र मोटोपनाको कारण पनि हृदयरोगको व्यापक बृद्धि भइरहेको छ भनेर डा. कपुरले भन्नु भएको छ । हृदय रोगको मूत्यु दर कम गर्नको लागि आधुनिक उपचार विधिद्वारा मेदान्त अस्पताल सधैनै प्रथम स्थानमा छ र रहिरहने छ भनेर डा.कपुरले भनेका छन्। एफ. एफ. आर. प्रविधिको प्रयोगले अनावश्यक स्टेन्टिङ रोक्दछ । २१ औं सताब्दीको नविनतम प्रविधि जसलाई ओसिटी हो र जसले स्टेन्ट्स हरुको सहि व्यवस्थापन गर्न सहायता गर्छ जसले गर्दा शत प्रतिशत मुटुमा रगतको प्रवाह गरी र उपचारमा ५ गुणासम्म दक्षता ल्याउँछ । वाईपास सर्जरी गरी जोखीमपूर्ण भएका विरामीहरुमा यो ज्यादै उपयोगी छ भनेर उनी भन्छन्। मिनिएचर प्रविधिको हृदय रोगीहरुका लागि एक वरदान हो भनेर डा. कपुर भन्छन् यस प्रविधिमा विरामीको विभिन्न हृदयको चेम्बरहरुमा थुप्रै सेन्सरहरु सटिक रुपमा राखिन्छ जसले मुटुको समन्वय बढाउँछ यी सेन्सरहरुले रगतमा अक्सीजनको मात्रा, शारिरिक गतिविधि, शरिरको तापक्रम, एडे«नलाइन र हार्मोनका स्तरलाई अनुगमन गरेर यसलाई स्वस्थ मुटुको गति सरह चलाउन मद्दत गर्दछ ।
शाकाहारी भोजनले शरीरमा कोलस्ट्रोलको मात्रा घटाई मुटुलाई स्वस्थ राख्दछ
काठमाडौं। मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ । अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । मासु नखाँदा शरीरलाई हुने १० फाईदा यस्ता छन्: १. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो । २. तौल नियन्त्रण हुन्छ मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ । ३. छाला स्वस्थ र सफा हुन्छ शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ । ४. शरीरमा फुर्ति बढ्छ मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ । ५. मुटु रोगको खतरा कम हुन्छ रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ । ६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ । ७. जीनले राम्ररी काम गर्छ मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ । ८. पोषणको कमी हुन सक्छ मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ । ९. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ । १० . मसल्स बन्न समय लाग्छ मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।
लापरबाही गर्ने डाक्टरविरुद्ध मुद्दा, गलत रिपोर्ट बनाएको आरोप
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षीय बालिकाको जबर्जस्ती करणीसम्बन्धी घटनाको अनुसन्धानको क्रममा गलत स्वास्थ्य प्रतिवेदन बनाउने जनकपुर अञ्चल अस्पतालका चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय, धनुषाबाट भदौ ८ गते अनुसन्धान भएको १२ वर्षीया बालिकाको जबर्जस्ती करणी भएको घटनाको अनुसन्धानको क्रममा सो अस्पतालका डा भिके सिंह भनिने विजयकुमार सिंह र डा रम्भा गोइतले पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत प्रतिवेदन दिएको आयोगको अनुसन्धानबाट खुलेको छ । चिकित्सकले संवेदनशील रुपमा गर्नुपर्ने न्यूनतम कामसमेत नगरी चरम लापर्वाही गरी अनुसन्धान कार्यलाई प्रभावित गरी स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको तथ्य पीडितको सिराहा जिल्ला अस्पतालमा पुनःगरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनले प्रमाणित भएको पाइएको छ । यसैगरी आयोगले जिल्ला नापी कार्यालय, सप्तरीका सर्वेक्षक दीपेन्द्र यादवलाई १० हजार रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने आधारमा आयोगको इटहरी कार्यालयबट खटिएको टोलीले आज पक्राउ गरेको हो । आरोपी सर्वेक्षकको थप अनुसन्धान भइरहेको छ । यसैगरी आयोगले यातायात व्यवस्था कार्यालय, वाग्मतीका सवारी चालक अनुमतिपत्र, सुकेधाराका नायब सुब्बा नवराज पराजुलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै पास गराइदिने प्रलोभन देखाइ घुस मागेको आरोप नायब सुब्बा पराजुलीविरुद्ध लागेको छ । उक्त कार्यमा सोही कार्यालयका शाखा अधिकृत लोकबहादुर लामाको समेत मिलेमतो रहेको पाइएको छ । यस्तै आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, पर्साका एकाइ प्रमुख लालबाबु साहविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस माग माग्दामाग्दै केही दिन पहिले आयोगको टोलीको पक्राउ गरेको थियो । रासस