सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग
काठमाडौं। सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ । प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयनमा गरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा शनिबार आयोजित सूर्तीजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रमका वक्ताले अर्थ एवं उद्योग मन्त्रालयको समन्वयमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखापरेको सूर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन मागसमेत गरेका हुन् । पछिल्लो समय नेपालमा सूर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ५० लाखभन्दा माथि रहेको बताइन्छ । सूर्तीजन्य पदार्थकै कारण वर्षेनि २५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने गर्दछ । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) ऐन तथा नियमावलीलाई कार्यान्वयनमा ल्याउन अर्थ, उद्योग तथा स्वास्थ्य मन्त्रालयको समन्वय आवश्यक रहेको बताए। उनले राजश्व उठाउने बहनामा स्वास्थ्यस्थित खेलवाड गर्न नहुने चर्चा गर्दै सूर्तीजन्य पदार्थको उत्पादनमा नै रोक लगाइनुपर्छ भनेका छन् । पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले ऐन तथा नियमावली कार्यान्वयन गर्न अटेर गर्ने उद्योगको दर्ता खारेज गर्न माग गर्दै सूर्तीजन्य पदार्थले सेवन नसर्ने रोग बढाइरहेकोमा चिन्ता व्यक्त गरेका छन्। सांसद रामनारायण विडारीले सार्वजानिक पद धारणा गर्ने व्यक्तिले सूर्तीजन्य पदार्थ सेवन गर्न नपाइने गरी नियमावली संशोधन गर्न माग गर्दै यसका लागि आफूले पहल गर्ने र सूर्तीजन्य पदार्थमा असिमित कर लगाउनुपर्छ भनेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा शुसीलनाथ प्याकु¥यालले नसर्ने रोग रोकथामका लागि सरकारले रु दुई अर्बभन्दा बढी रकम जनतालाई सहयोग गरिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थसम्बन्धी ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन गरिने छ भने। काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले ऐन तथा नियमावली कार्यान्वयनको अनुगमन गरिने बताए। आयोजक संस्था एक्सन नेपालका कार्यकारी निर्देशक आनन्द चन्दले सूर्तीजन्य पदार्थ सेवनका कारण नसर्ने रोगीका सङ्ख्या बढिरहेको तथ्याङ्क प्रस्तुत गर्दै यसका रोमथाम गर्न सूर्तीजन्य पदार्थ उत्पादनमा रोक लगाउन जोड दिए। कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बराल र मुटरोग विशेषज्ञ डा ओममूर्ती अनिलले सूर्तीजन्य पदार्थ सेवनले मुटु, मिर्गाैला, मधुमेह तथा क्यान्सर रोगको जोखिम उच्च रहेको बताए। स्वास्थ्य मन्त्रालयमा सहसचिवद्वय डा राजेन्द्र पन्त, महेन्द्र श्रेष्ठ र रमेश खरेलले सूर्तीजन्य पदार्थ सेवनका कारण जनस्वास्थ्यमा प्रमुख समस्या देखिँदै गएको उल्लेख गरेका छन्।
अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन, सबै मापदण्ड पूरा गर्नेमा सुष्मा मेमोरियल र बिएण्डबी मात्रै
काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानूनका आवश्यक मापदण्ड पालना गरे/नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो । वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र, सङ्क्रमण फोहरको व्यवस्थापन, धुलो धुवाँलगायत वातावरणीय कानूनी मापदण्ड पालना गरेको सम्बन्धमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुष्मा कोइराला मेमोरियल अस्पतालले मात्र त्यस्ता सबै मापदण्ड पूरा गरेको पाइएको विभागका उपमहानिर्देशक सफला श्रेष्ठले जानकारी दिए । “अनुगमन गरिएका अस्पतालमध्ये सुष्मा मेमोरियल र बिएण्डबी अस्पतालले मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको देखियो”, उनले भने । नरदेवीस्थित आयुर्वेद चिकित्सालयले त अस्पतालबाट निस्कने सङ्क्रमण फोहर नछुट्याइ सिधैँ नगरपालिकाको फोहरमा फाल्ने गरेको अनुगमनमा गएका वातावरण निरीक्षकले जानकारी दिए । टोलीले अनुगमनका क्रममा मापदण्ड पालना नगर्ने शहीद मेमेरियल अस्पताल, विनायक, बिपी स्मृति, ग्रिन सिटी, नेपाल आँखा अस्पताल, नर्भिक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, मनमोहन मेमेरियल सामुदायिक (ठमेल), काठमाडौं भ्याली, ओम, नोबेल, कान्तिपुर, एभरेष्ट, सशस्त्र प्रहरी बल अस्पताल, किष्ट मेडिकल कलेज, सुमेरु अस्पताल व्यवस्थापन पक्षसँग बयान लिएको उपमहानिर्देशक श्रेष्ठले बताए । अनुगमनका क्रममा केही सुधारका लागि मनमोहन मेमेरियल (स्वयम्भू), गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौं मोडेल, वीरेन्द्र सैनिक, नेपाल मेडिकल कलेज (जोरपाटी), अर्थोपेडिक अस्पताल, मेडिकेयर, हेल्पिङ हेन्ड्सलगायतलाई सुधारका लागि सुझाव दिइएको थियो । विभागले मापदण्ड पालना नगरी वातावरण प्रदूषण गर्ने अस्पताललाई शुरुमा सुझाव दिई त्यसपछि सुधारका लागि प्रतिबद्धता दिलाउने गरेको छ । त्यसको पालना गरे/नगरेको पुनः अनुगमन गरी सुधार नगर्नेलाई कारवाही गर्न मन्त्रालयलाई सिफारिश गर्ने गरेको विभागले जनाएको छ । रासस
एन्टिबायोटिक प्रयोग गर्दा के-के कुरामा ध्यान दिने ? मात्रा पूरा नगरी औषधी बिचमै नछोडौं
काठमाडौं। ग्रीक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो। अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ। जीवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियल साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ। कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने संक्रमण र एन्टीवायोटिक अनुसार फरक फरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरुको सल्लाह अनुसार मात्र एन्टीवायोटिकको प्रयोग गर्नुपर्दछ । के-के कुरामा ध्यान दिने १. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना विरामी स्वयंले एन्टीवायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना एन्टीवायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिने मात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्नसक्छ । २. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुशी एन्टीवायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असर पर्नसक्छ तथा अंगभंग भएको वा सुस्त मनस्थिति भएको वच्चा जन्मन सक्दछ । ३. एन्टिवायोटिकको पूरा मात्र नखानाले व्याक्टेरियाले एन्टीवायोटिक विरुद्धमा लड्ने क्षमता ९प्रतिरोध० को विकास गर्द र अर्को पटक सो एन्टीवायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुनसक्छ । ४. प्रतिरोध विकास गरेको व्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टीवायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुनसक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टीवायोटिकको प्रयोग गरौं, गराऔं । ५. नियम र अवधि नपुर्याएर एन्टीवायोटिक सेवन गरेमा रोगका लक्षणहरु नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुनसक्छ र अरुलाई उक्त रोगृ सर्न सक्दछ जसले गर्दा उनीहरुमा पनि त्यो समसया देखापर्दछ । ६. भाइरसबाट हुने रुघाखोकी लगायत अन्य साधारण रोगमा एन्टवायोटिकले असर गर्दैन । ७. एन्टीवायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रुपमा प्रयोग गरौं । औषधिको दुरुपयोग नगरौं १. स्वास्थ्य परीक्षण नगरी औषधिको सेवन नगरौं । २. निन्द्रा लाग्ने तथा मनोद्वीपक औषधिहरुको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकाले यस्ता औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गरौं । ३. लागु तथा मनोद्वीपक औषधिको लगत नराखी विक्री वितरण गर्नु गैरकानूनी काम हो । अतः लगत राख्न औषधि व्यवसायीलाई सहयोग गरौं । ४. औषधि रहरले होइन आवश्यकता अनुसार मात्र प्रयोग गरौं । ५. जीवन अमुल्य छ, दुव्यर्सनी वनी यसलाई खेर नफालौं । दुर्व्यसन मुक्त समाज निर्माण गरौं । ६. किशोरावस्थाका केटाकेटीलाई अभिभावकहरुले मायाममता र सही मार्गनिर्देशन दिएर उनीहरुलाई दुव्यर्सनको लतमा फस्नबाट जोगाऔं । ८. औषधिको प्रयोग गर्दा विल लिन नभुलौं । बिल दिँदा औषधि व्यवसायीले चनाखो भई औषधि विक्री वितरण बारे पुनm हेर्ने भएकाले गलत औषधि पर्नबाट बचिन्छ, कानूनसम्मत किसिमले दर्ता भएको औषधि मात्र प्राप्त हुन्छ । औषधिको उचित मूल्यबारे आश्वस्त हुन सकिन्छ, म्याद नाघेको औषधि पर्ने सम्भावना कम हुन्छ र गलत औषधि परेको अवस्थामा भूलसुधार गर्न सक्ने अवस्था रहन्छ । एजेन्सीको सहयोगमा