डेंगुको प्रकोप बढ्दै छ, यसबाट बच्न वातावरणीय सरसफाईमा ध्यान दिन जरुरी: डा. अनुप बास्तोला

काठमाडौं। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। पछील्लो केही हप्ता देखी पुर्वको तराई क्षेत्र धरान, ईटहरीमा डेंगु महामारीको रुपमा फैलिएको छ। डेंगु पोजिटिभ देखिएको बिरामीको संख्या दिनप्रति बढ्दो छ र यसको जाँचको लागि स्वास्थ्य सेवा विभाग र शुक्रराज ट्रपिकल अस्पतालको बिशेषज्ञ टोली उक्त स्थान प्रस्थान गरिसकेको छ। सरकारले यस बर्ष सरुवा रोग नियन्त्रणको लागि कुल ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि मात्र १ करोड ६६ लाख छुट्टाएको छ। जनमानसमा चेतनाको कमी भएको कारण यो रोगले अहिले आएर माहमारीको रुप लिईसकेको छ यधापी कसैको मृत्‍यु भने भएको छैन तर हुँदैन भन्न पनि सकिन्न। काठमाडौंमा डेंगु देखिने सम्भावना  शुक्रराज ट्रपिकल अस्पतालका डा. अनुप बास्तोलाको अनुसार काठमाडौं पनि डेंगु देखिने सम्भावना बढी भएको बताउँछन्। काठमाडौंमा  एजिप्टाई जातको पोथी लामखुट्टे भएको र यसले बिशेष गरेर बर्षायाममा फुल पार्ने र त्यो फुल बनिसकेपछी संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने सम्भावना भएको बताउँछन्।  यधापी अहिलेकोबर्ष भने डेंगुका त्यस्तो बिरामो नआएको उनको दाबी छ। उनी भन्छन्,’हामीसँग भेक्टर छ र भेक्टरको गतिविधीले अहिल्को मौसममा डेंगु लाग्ने सम्भावना कति छ भन्ने कुरा बताउँछ र अहिलेसम्म त्यस्तो केही पनि देखिएको छैन। तापक्रमको हिसाबले हेर्ने हो भने काठमाडौंको हालको तापक्रम २८ देखी ३२ डिग्री सेल्सियस भित्र रहेको छ। यो तापक्रम एक लाम्खुट्टेको लागि एकदमै राम्रो व्रिद्दिबिकास हुने अवस्था हो।’ ‘यधापी अहिले सम्मको लागि काठमाडौंमा भने डेंगुको माहामारी हुने अवस्था भने छैन तर भबिस्यामा नहोला भन्न सकिन्न।’ डेंगुको यस बर्ष र पछील्लो बर्षको अवस्था ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको असार २ गतेको डाटाको अनुसार ६०४ जना डेंगुको बिरामी धरान, सुनसरी, मोरङ र ईटहरीमा पाईएको थियो जसमा धरानको बिपी कोइराला मेमोरियल अस्पतालबाट ५०५ जना मानिसमा डेंगु पोजिटिभ देखिएको थियो। त्यसमा पनि डेंगु लागेका मुख्य मानिसहरु धरान उपमहानगरपालिकाको वडा नं ८ र १५ का रहेका छन्। पछिल्लो बर्ष धरानमा ८ जना डेंगुका बिरामी देखिएका थिए। महाशाखाको अनुसार २०७५ सालमा काठमाडौंको ठुलोभर्याङबाट १६ जना डेंगुका बिरामी भेट्टाईएको थियो। २०७४ मा भने यो १ जना मानिसमा मात्र देखिएको थियो। कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन्? लामखुट्टेहरु बिशेष गरेर दिउँसोको समयमा सकृया हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृया हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ। कसरी लाग्छ डेंगु ? कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ति संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। । साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ। एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ​, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने – शरीरमा विमिरा आउने – वाकवाकी लाग्ने – पेट दुख्ने – नाक वा गिजाबाट रगत बग्ने – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । कसरी बच्ने ? – पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने – ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ। – जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने – घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न – लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने – घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने ( सरुवा रोग बिशेषज्ञ  अनुप बास्तोलासँगको कुराकानीमा आधारित )

डोल्पा अस्पतालमा औषधि अभाव, चासाे देखाएन प्रदेश सरकारले

काठमाडौं । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुइडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीको उपचारमा चुनौती थपिएको डा. सिजन रावलले बताएका छन् । मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढे पनि टाइफाइड पत्ता लगाउने किट (औषधि) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डा. रावलले बताए । यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपूर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामी निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन् । अस्पताल प्रशासनले औषधि अभाव भएको जानकारी प्रदेश सरकारलाई गराए पनि माग पूर्ति नभएको बताएको छ । डोल्पा अस्पताल प्रदेश मातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पूर्ति गर्ने जिम्मा प्रदेश सरकारको रहेको छ । त्यस्तै दुई जना चिकित्सकको दरबन्दी भएको डोल्पा अस्पतालमा एक जनाले मात्र काम गरिरहेका छन् । करारमा एक चिकित्सक कार्यरत छन् । अस्पतालमा डिजिटल एक्सरेसमेत नहुँदा पुरानो एक्सरेबाट काम सञ्चालन हुँदै आएको छ । त्यस्तै बिरामीलाई दिइने अक्सिजन समेत नहुँदा दैनिक समस्या उत्पन्न भएको छ । जीर्ण भवनमा उपचार गर्दा समस्या हुँदै आएको छ । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भए पनि अहिलेसम्म बोलपत्र आह्वान हुन सकेको छैन । रासस

पहिलो पटक नेपालमा ‘स्वास्थ्य अधिकार वर्ष’ पुस्तक प्रकाशन

काठमाडौं । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र ५९ जिल्लामा रहेको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरुको प्रयासमा नेपालमा पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन भएको छ । संविधान जनताको मौलिक हक स्थापित भयो कि भएन र निःशुल्क स्वास्थ्य सेवा उपभोग गरे नगरेको विषयमा केन्द्रीकृत रहेको वर्ष पुस्तक शुक्रवार सार्वजनिक गरिएको हो । राज्यले उपलब्ध गराएको स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवा, निःशुल्क स्वास्थ्य सेवा, मातृ सेवा, राज्यले दिने उपचार खर्चलगायतमा सवैले न्यायोचित रुपमा स्वास्थ्य अधिकार पाए कि पाएनन् भन्ने विषयमा अध्ययन गरिएको निचोडलाई पुस्तकमा समेटिएको छ । २०७५ सालभरीमा देशभरीमा स्वास्थ्य संस्थाहरुले दिएको उपचार सेवालाई केन्द्रविन्दुमा राखेर ५९ जिल्लामा अध्ययन गरिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले बताए । स्वास्थ्य संस्थाहरु केही समय मात्र खुल्ने, स्वास्थ्यकर्मी उपलव्ध नहुने, जेष्ठ नागरिकको लागि विशिष्ट स्वास्थ्य सेवा उपलव्ध नभएको पुस्तकमा उल्लेख छ । सरकारी स्वास्थ्य संस्थामा दक्ष जनशक्ति पाउन मुश्किल भएका कारण वाध्य भएर निजी वा काठमाडौं धाउन वाध्य भएको पनि केन्द्रले गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य वीमामा अन्योलता रहेको, दुर्गम क्षेत्रमा एचआइभी पीडितमाथि उपेक्षित व्यवहार रहेको, जातीय विभेद रहेको समेत पुस्तकमा औंल्याइएको छ । उपेक्षित र सीमान्तकृत जनता निःशुल्क मात्र हैन अन्य स्वास्थ्य सेवाबाटसमेत विमुख हुनु परेको र स्वास्थ्यकर्मीको व्यवहारका कारण जनताले निःशुल्क स्वास्थ्य सेवा उपभोग गर्न नपाएको निष्कर्ष अध्ययनले निकालेको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा. शरदराज वन्तको प्रमुख सम्पादनमा प्रकाशित पुस्तकमा स्वास्थ्य अधिकार हनन् भएका र राम्रा उल्लेखनीय कार्य भएको पनि देखाएको छ । स्वास्थ्य सम्वन्धि जान्न बुझ्न चाहनेका लागि रिसोर्स बुकको रुपमा समेत रहने सक्ने यो पुस्तकमा स्वास्थ्य अधिकारका क्षेत्रमा भएका सरकारी र नागरिक पहलका विषयलाई समेत समेटिएको छ । आधारभुत स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो र निःशुल्क रुपमा स्वास्थ्य सुविधा प्रदान गर्नु राज्यको दायित्व हो भन्ने मान्यताका साथ प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले संवैधानिक रुपमा मौलिक हकको रुपमा स्थापित स्वास्थ्य सेवा हरेक तह र तप्काका जनताले पाउनुपर्दछ भन्ने मान्यतालाई स्थापित गर्न नै पुस्तक प्रकाशन गरेको केन्द्रका अध्यक्ष प्राडा वन्तले बताए । पुस्तक लोकार्पण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार आयोगले जेष्ठ नागरिकले स्वास्थ्य सेवा पाए÷नपाएको बारेमा अध्ययन गर्न लागेको जानकारी दिए । विवरण धेरै नै राम्रो भएको बताउँदै नेपाल सरकारलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क र इर्मजेन्सी सेवामा पहुँच पुर्याउने कुरा संविधानमा नै उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच ग्रामीण क्षेत्रमा पुग्नुपर्ने र दीगो विकास लक्ष्यलाई पूरा गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र विसंगतिलाई हल गर्दै जानुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यलाई मौलिक हकको रुपमा लिपिवद्ध भएको बेला स्वास्थ्य अवस्था कस्तो छ भनेर औंल्याएको प्रतिवेदन पुस्तकले मन्त्रालयलाई थप जिम्मेवार बनाउन घच्घचाएको जानकारी दिए ।  स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालको तर्फबाट कास्कीका संयोजक तथा गैरसरकारी महासंघका महासचिव रामप्रसाद सुवेदीले प्रदेश र जिल्लाका अस्पतालले कतिपया अवस्थामा एउटा बेड पनि दिन नसकेको पाइएको बताए । गरीवलाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिंदै अध्ययनका क्रममा कहि उपकरण भएको तर जनशक्ति नभएको र कतै जनशक्ति छ तर उपकरण नभएको पाइएको जानकारी दिए ।