‘भारतले मापदण्ड पुरा नभएको औषधी निर्यात गरिरहेको छ’, उपचार गराउँदा झनै राेगी बन्दै नेपाली
काठमाडौं। भारतबाट निर्यात हुने अाैषधिहरु मापदण्ड पूरा नहुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । डब्लुएचअाेले केही दिनअघि प्रकाशित गरेकाे तथ्याङ्कका अनुसार भारत सबैभन्दा धेरै गुणस्तरहीन अाैषधि निर्यात गर्ने देश रहेकाे समेत उल्लेख गरेकाे छ । रिपाेर्टले भनेको छ, भारत विश्वकै सबैभन्दा ठूलाे अाैषधि निर्यातकर्ता हाे तर उसले निर्यात गर्ने कम्तिमा १० प्रतिशत अाैषधिले न्यूनतम अन्तराष्ट्रिय मापदण्ड समेत पूरा गरेकाे हुँदैन । त्यस्ताे अाैषधिहररु कति नक्कली हुन्छन् भने कतिकाे म्याद सिद्धिएको, बिग्रिएको, अावश्यकताभन्दा बढी वा कम मात्रा भएकाे र नक्कली प्याकेजिङ र लेबलिङ गरिएकाे समेत भएको पाइएकाे छ । विशेषगरी एन्टिबायोटिक्स, गर्भनिराेधक अाैषधि, खाेकी र दुखार्इसम्बन्धी अाैषधिमा अत्यधिक मात्रामा त्यस्ताे कैफियत भेटिएकाे समेत डब्लुएचअाेले जनाएकाे छ । त्यस्ता अाैषाधिहरु विशेषगरी मध्यम र कम अाय भएका मुलुकहरुमा निर्यात गर्छ । भारतले निर्यात गर्ने यस्ता नक्कलीहरुकाे औषधीको बजार हिस्सेदारी एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुमा बढी पठाइने गरेकाे समेत रिपाेर्टमा उल्लेख छ । यी क्षाेत्रहरुमा भारतले कुल निर्यातकाे ३० प्रतिशत अाैषधि पठाउँछ। नक्कली र मापदण्ड पुरा नभएका भएका औषधिहरु कमजोर सरकार,कमजोर टेक्नोलोजीको र गुणस्तरीय औषधिको बारेमा अनविज्ञताका कारण अल्पविकसित र विकासाेन्मुख राष्ट्रहरूमा विक्री गर्न सजिलाे हुने भएकाेले त्यस्ताे देशमा पठाइने दाबी समेत गरेकाे छ । खोकीको लागि प्रयोग हुने भारतले पठाएकाे सिरप नामक अाैषधि खाएर पाराग्वे र पाकिस्तानमा हजाराैं मानिस बिरामी भएको तथ्य समेत रिपोर्टले प्रस्तुत गरेको छ। अनुसन्धान पछि उक्त सिरपमा प्रयोग भएको डक्स्रोम्रोथोरफन भारतबाट आयात भएको भनेर पत्ता लागेको थियो। त्यस्ताे अाैषधिमा प्रयाेग भएकाे मार्फिन अावश्यकताभन्दा पाँच गुणा बढी थियाे । अाैषधिकाे ढुवानी र भण्डारणका सन्दर्भमा समेत डब्लुएचअाेले भारतकाे रवैयामा असहमति जनाएकाे छ । अाैषधि अायात तथा निर्यात गर्दा समेत त्यसमा उपयुक्त प्रकाश र तापक्रम मिलाउनुपर्नेमा त्यसाे हुन नसकेकाे बताएकाे छ । त्यस्ता औषधीभण्डारण गर्ने डिलरहरु न त कानूनी रुपमा अनुमतिप्राप्त हुन्छन्, न त गुणस्तरीय । र, यसलाई रोक्न कुनै प्रकारको कानुन पनि छैन। उपचार गर्दा झन् राेगी बन्दै नेपाल नेपालले बार्षिक रुपमा बीसाैं अर्बकाे अाैषधि अायात गर्दै अाएकाे छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाे तथ्याङ्क अनुसार चालु अार्थिक वर्षकाे पहिलाे चाैमासमा कुल १० अर्ब २८ कराेडकाे अाैषधि अायात गरेकाे छ, याे हिस्सा गत अार्थिक वर्षकाे साेही समयभन्दा १४ प्रतिशत बढी हो । अघिल्लाे अार्थिक वर्षमा कुल २७ अर्ब २८ कराेड बराबरकाे अाैषधि अायात भएकाे थियाे । नेपालमा अायात हुने अाैषधिकाे अधिकांश हिस्सा भारतकाे रहने गरेकाे छ । मध्य अाय भएकाे गरिब राष्ट्रमा पर्ने नेपाल विश्व स्वास्थ्य संगठनकाे रिपाेर्टअनुसार गुणस्तरहीन अाैषधि निर्यात हुने प्रमुख देशहरुमध्ये एक हो । अझ सामरिक रुपमा नजिक रहेकाे नेपालमा यस्ताे सम्भावना अत्यन्त बढी छ । नक्कली अाैषधिकाे प्रयाेगले तत्काल राेग निको हुने भए पनि दीर्घकालमा यसले ठूला र जटिल राेगकाे कारक बन्ने गरेकाे विज्ञहरु बताउँछन् ।
ग्रिन टि खाने कि ब्ल्याक टि?
काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य फाइदाहरु भने केही फरक छन्। ग्रिन टीः एउटै पातबाट बन्ने भएतापनि ‘ग्रिन टी’, ‘ब्ल्याक टी’ जस्तो ‘फर्मेन्टेसन’ प्रक्रियाबाट गुज्रदैन, अर्थात ‘ब्ल्याक टी’ झै ‘ग्रिन टी’ बनाउँदा ‘अक्सिडेसन’ प्रक्रिया भएको हुदैन। त्यसैले ग्रिन टीमा ‘इजीसीजी’ नामक एक ‘एन्टीअक्सिडेन्ट’ पाइने हुन्छ जसले क्यान्सर र कार्डियोभास्कुलर (मुटु र रक्तवाहिनी नली) सम्बन्धि रोग प्रतिरोधमा सहयोग पुर्याउँछ। अक्सिडेसन नहुनाले ग्रिन टीमा धेरै ‘पोलीफिनोल्स’ सुरक्षित हुने विश्वास गरिन्छ। जसले तौल घटाउन गरिने कसरत अनि ‘डाएट’ संगैसंगै काम गर्छ। दिउँसोको आरामको समय र बेलुकाको ध्यानको समयमा ग्रिन टीलाई निकै लाभदायक मानिन्छ। यो कम ‘एसिडिक’ हुने हुनाले पेटका अम्ल (एसिड) हरुलाई सफा गर्ने काम पनि गर्छ। शुद्ध अर्गानिक ग्रि टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई बढाउँछ। ब्ल्याक टीः यो चिया बनाउँदा फर्मेन्टेसन हुने भएकाले यसमा ग्रिन टीको जस्तो ‘एन्टीअक्सिडेन्ट’ पाइदैन। कफिमा पाइने क्याफिन ब्ल्याक टीमा पनि पाइन्छ, तर केही थोरै मात्रामा। क्याफिनले शरिरमा पानीको मात्रा कायम गर्न मद्धत गर्छ। साथै मष्तिष्कमा रगतको बहाव बढाउन मद्धत गर्छ अनि ब्याक्टेरियासंग ‘फाइट’ गर्ने एन्टीअक्सिडेन्टको कारणले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउँछ। ब्ल्याक टीले ध्यान अनि दिमाग केन्द्रित गर्न मद्धत पुर्याउँछ। ब्ल्याक टी र कफि बढी एसिडिक हुन्छ। तर मनतातो ब्ल्याक टीमा कागती राख्नाले शरिरलाई हानिकारक ती एसिड घुलाइदिन्छ। चिया बनाउँदा फरक फरक चियापत्ती एकै ठाँउमा प्रयोग गर्न हुदैन। पानीलाई अत्याधिक उमाल्न हुदैन। ग्रिन टीलाई अत्याधिक उमाल्दा त्यसबाट पाइने फाइदा लिन सकिदैन
सिटिजन्स बैंकद्धारा गैर सरकारी संस्था ‘प्रारम्भ’ले पायाे एक लाखकाे आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रारम्भ नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले उक्त रुपैयाँको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरेका छन् । उक्त रकमबाट संस्थाले काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त स्वास्थ्य शिविरमा करिव १००० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथसाथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ । गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा बैंकले जानकारी दिएको छ ।