अनसन बस्न डा. केसी ईलाममा
काठमाडौं। सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि डा गोविन्द केसीले भोलीबाट अनसन सुरु गर्ने भएका छन्। यो पटक डा केसी इलाममा अनसन बस्ने भएका छन्। अनसनको तयारीका लागि डा केसी इलाम पुगिसकेको डा केसीका सहयोगी जानकारी दिए। उनका अनुसार डा केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन्। डा केसीको यो १६ औं अनसन हो। डा केसीले राखेका मागहरुः १. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्। क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्। ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस्। ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस्। २. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्। ३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।
एभरेष्ट इन्स्योरेन्स र नर्भिक इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिहं र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ कियर स्वास्थ्य बीमा लेख लिनु भएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा पाउने भएका छन् ।
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल मेडिसिटी हस्पिटल, भैसेँपाटीका बीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेशराज महर्जन र नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महा प्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग हुनेछ । सिद्धार्थ बैंकले हाल देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम र १ हजार १०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।