मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले अब थापाथलीको नर्भिक अस्पतालमा जाँच गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् । हालै दुई संस्थाबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुलाई अस्पतालले तोकिएका शुल्कमा विशेष छुट पाउने भएका हुन् । उक्त सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालकोतर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएका शुल्कमा सो मात्रासम्मको छुट पाउनेछन् ।

सिटिजन्स बैंक र ओम हस्पिटलबीच सम्झौता, अस्पतालको सेवा शुल्कमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अस्पतालमा आयोजित उक्त समारोहमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र अस्पतालका तर्फबाट म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्ड लिने खातावालाहरुले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । बैंकले हाल ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सम्पूर्ण बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच क्यासलेस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटललाइजेशन सुविधा प्रदान गर्ने सम्झौता भएको बताएका छन् । साथै, सोही अवसरमा बयोधा हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । त्यस्तै, अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन् ।