परिवार नियोजनको लागि श्रीमान/श्रीमतीबिच मिलेमतो हुनु जरुरी

काठमाडौं। महिला तथा पुरुषको ईच्छा अनुसार कहिले, कति फरकमा, कति वटा बच्चा जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो। यसका लागि महिला तथा पुरुषले परिवार नियोजनको बिभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन्। परिवार नियोजनको लागि बिर्सिन नहुने कुराहरु – श्रीमान र श्रीमती बिच मिलेमतो हुनु पर्दछ। – आफ्नो परिवारको कती बच्चा जन्माउने भन्नेमा निर्णय गरिनु पर्दछ। – बच्चा कहिले जन्माउने भनेर सल्लाह गर्नु पर्दछ। – पहिलो र दोस्रो बच्चा बिच केही बर्ष जन्मा अन्तर राख्न्नेमा उचित निर्णय लिनुपर्दछ – परिवार नियोजनको स्थायी अस्थायी साधनहरु अपनाउने बारेमा सही निर्णय लिनुपर्दछ। परिवार नियोजन गरेपछी हुने फाईदाहरु – नचाहेको गर्व नबस्ने भएकोले समस्या आउँदैन। – श्रीमान/श्रीमती दुवै मिलेर आफ्नो जिन्दगीलाई सुखी बनाउन सक्दछन्न। – आमा स्वस्थ भएपछी जन्मने बच्चा पनि स्वस्थ हुन्छ। – बच्चा जन्मिएपछी आमाले आफ्नो स्वास्थ्यको स्याहार गर्ने मौका पाउने हुनाले शरीर स्वस्थ बनाउन पाउँछन्। – बाबुआमाले आफ्नो बच्चालाई चहिने जस्तै: खानेकुरा, लत्ताकपडा, शिक्षा-दिक्षा, राम्रो भबिस्य आदिको बारेमा ध्यान पुर्याउन पाउँछन्। – बच्चाले आफुलाई चाहिने समय निकल्न सक्दछन्। परिवार नियोजणका विधीहरु र त्यसबाट पुग्ने फाईदाहरु भिन्नाभिन्नै परिवारको भिन्नाभिन्नै आवश्यकता हुन्छ। हरेक परिवार नियोजनका बिभिन्न स्थायी अस्थायी साधनहरुमध्ये बाट आफ्नो लागि उपयुक्त एवं शाही एक साधन रोज्न सक्छन्। १. बन्ध्याकरण – स्ठायी तरिका २. तीन महिने सुई – ३ महिनासम्म प्रभावकारी ३. आई.यु.सि.डी – १२ बर्षसम्म प्रभावकारी – गर्भको चाहणा भएमा तुरुन्त झिक्न सकिने ४. ईम्प्लान्ट – ५ बर्ष प्रभावकारी ५. खाने गर्भणिरोढ चक्की(पिल्स) – दिनहुँ खाए प्रभावकारी हुने ६. कन्डम – प्रयोग गर्न सजिलो – सही तरिकाले प्रयोग गरे प्रभावकारी – एचआईभी र यौनसम्पर्कबाट हुने संक्रमण विरुद्द सुरक्षित राख्छ   श्रोत – ओके परिवार स्वास्थ्य सेवा

क्यान्सरपीडित बालकलाई महालक्ष्मी विकासको सहयोग

काठमाडाैं । महालक्ष्मी विकास बैंकले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ का रक्त क्यान्सरपीडित बालकविश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ । बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल अस्पतालमा उपचाररत ८ बर्षीय तीबालकलाई १० हजार रुपैयाँसहित फलफुल सामग्री प्रदान गरेको हो । बैंकका बानेश्वर शाखा प्रबन्धक सुजाता लामिछानेले सिभिल अस्पतालमा नै आएर क्यान्सर पीडित बालकका पिता जीवन कार्कीलाई आइतबार उक्त रकम हस्तान्तरण गरेकी हुन् । बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्ता खाले सहयोग गर्ने गरेको उनले बताइन् । रक्तक्यान्सर पीडित बालकलाई संस्थाकोतर्फबाट यस्तो सहयोग गर्न पाउँदा सन्तोष लागेको उनले जनाइन् । बैंकका सबै शाखाले हरेक वर्ष सामाजिकउत्तरदायित्वअन्तर्गत यस्ताखाले कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बैंकले जनाएको छ । पीडित बालकका पिता कार्कीले छोराको उपचारार्थ सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरे । छोराको उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सबैसँग सहयोगका लागि उनले अपील गरेका छन् ।

तपाईलाई औषधी चाहियो ? डाक्टरको शिफारिश पठाउनुस् तुरुन्त घरैमा आइपुग्छ

काठमाडौं । तपाईलाई औषधी पसलसम्म पुग्न गाह्रो भएको छ ? अब चिन्ता नर्गनुस् अर्डर गर्नसाथ आफुले मागेको औषधी तुरुन्तै घरैम आईपुग्ने छ । डाक्टरको शिफारिश पठाउन साथ एटीएम फार्मेशी मार्केटिङ प्राइभेट लिमिटेडले औषधी घरमै डेलिभरी गरिदिन्छ । यसका लागि डाक्टरको शिफारिश भने चाहिन्छ । अनलाइन फारम, इमेल, भाइबर र फोनको माध्यबाट डाक्टरको शिफारिश पठाएपछि तुरुन्त औषधी घरैमा डेलिभरी गरिदिने एटीएमका प्रबन्ध निर्देशक रञ्जित साहले बताए । यस्तो सेवा नेपालमै पहिलो पटक भएको उनले सुनाए । उनका अनुसार एटीएम मार्फत औषधीको मूल्य र आइपुग्न लाग्ने समयको बारेमा जानकारी गराइन्छ । कम्पनीले औषधी डेलिभरी सेवा निःशुल्क गरेको छ । अहिले १ हजार ५०० रुपैयाँ बराबरको औषधी मगाउँदा सोही रकम बराबरको स्वास्थ्य जाँचको कुपन पनि दिने गरेको उनले सुनाए । “अन्य फर्मेसीमा औषधी किन्दा छुट दिँदैन । १० प्रतिशत छुटका साथ अर्डर गरेको केही समयपछि घरमा आइपुग्ने व्यवस्था गरेका छौं” उनले भने । एटीएमले ५०० रुपैयाँभन्दा बढीको औषधी मात्र डेलिभरी गर्ने छ । “१० प्रतिशत छुट दिएर घरमा नै औषधी पुर्याउने काम एटीएम फार्मेसीले मात्रै गरिरहेको छ” उनले भने “हामीले थोरै नाफा लिएर निःशुल्क डेलिभरीको काम गरिरहेका छौँ ।” भारतमा जचाएर आएका बिरामीहरुले भारतमा नै प्रयोग गरेको औषधी खोजीरहेका हुन्छन् तर ती औषधीहरु नेपालमा नपाउने भएकाले डेलिभरीमा समस्या भएको उनको भनाई छ । एटीएमले नेपालमा बिक्री हुने सबै औषधीहरु बिरामीको घरमा नै पुर्याउने गरेको छ । औषधी होम डेलिभरी गरिसकेपछि मात्रै पैसा लिने गरेको साहले जानकारी दिए । उनका अनुसार एटिएमले दैनिक १५ देखी २० जनालाई औषधीको होम डेलिभरी सेवा दिइरहेको छ ।