मौसमी महामारीले ४९ जनाको ज्यान लग्यो, ४ हजार ८६९ जना विरामी

काठमाडौं । एक वर्षमा मौसमी महामारीका कारणले विभिन्न जिल्लाका ४९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ८६९ जनालाई विभिन्न महामारीले बिरामी भएका थिए । सो महामारीमा सबै भन्दा धेरै डाङगो ज्वरोको संक्रमणबाट बिरामी भएका थिए । तीन जिल्लामा डाङगो ज्वरोबाट २ हजार १११ जना बिरामी भएका थिए । डाङगो ज्वरो लागेरका सबैको उपाचार पछि निको भएको थियो । सप्तरीमा अगिलो गर्मी मौसमी १५६ जान बिरामी भएकोमा ६ जनालाई हैजा प्रमाणित भएको थियो । पर्सा जिल्लामा ८ जना विरामी भएका थिए । जसमा १ जना हैजको संकमणबाट मूत्यु भएको थियो भने उपचार पछि ७ जनालाई निको भएको थियो । सिराहा जिल्लाका विभिन्न ठाँउमा झाडापखालाले १३४ जना बिरामी भएका थिए । जसमा ३ जनाको ज्यान भएको थियो । १३१ को उपचारपछि निको भएको थियो । कपिलबस्तु जिल्लामा ६० जना झाडापखालाल बिरामी भएका थिए । सो जिल्लामा पनि १ जनाको मूत्यु भएको थियो । सर्लाहीमा २५ जनामा झाडापखालाले १ जनाको मूत्यु भएको थियो । सोही जिल्लामा १६ जनालाई कालाझार लागेको थियो । कालाझारका कारणले १ जनाको मूत्यु भएको थियो । विभागका अनुसार दोलाखामा ११ जना झाडापखालाका बिरामी थिए । झाडापखालाले १ जनाको मूत्यु भएको थियो । २८ जिल्लामा स्क्रबटाईफसले ६५९ बिरामी भएका थिए । स्क्रबटाईले १२ जनाको मूत्यु भएको थियो । इन्फ्रन्जाका कारणले १४ जिल्लामा १ हजार ३२२ जना बिरामी भएको थिए । इन्फ्रन्जाले १८ जनाको मूत्यु भएको थियो । ल्याक्टो इस्पाइसिस् ५ जिल्लामा फैलिएको थियो । ४२ जना बिरामी र ३ जनाको मूत्यु भएको थियो । चिकुनगुनिया पनि ४ जिल्लामा फैलिएको थियो । चिकुनगुनिया ६ जनामा लागेको थियो र ४ जनाको मुत्यु भएको थियो । गत वर्ष मौसमी महामारीका कारण धेरैले ज्यान गुमाएकोले यस वर्ष उच्च सर्तकता अपनाईएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका सूचना अधिकारी डा हेमन्त ओझा बताउँछन् । ‘आपतकालिन स्वास्थ्यका लागि तयारी पुरा भैसकेको छ । महामारीलाई मध्यनजर गरेर औषधी मौजदात राखेको छ । पिउने पानीबाट लाग्ने रोगका बारेमा संचारमाध्यमबाट जनचेतनामुलक विज्ञापनहरु पनि प्रसारण भैरहेका छन्’ उनले भने–‘मनसुनका समयमा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारका सरोकारवाला मन्त्रालय, प्रदेशस्तरका मन्त्रालय र स्थानीय सरकारले आपसमा समन्वय गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ ।’ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को पहिलो बैठकको पनि महामारीलाई मध्यनजर गरि मनसुनका समयमा बाढी पहिरो जस्ता विपद्का घटना घट्न सक्ने र सोबाट जनधनको क्षति हुनसक्ने, पूर्वाधार, भौतिक सम्पत्ति, खानेपानी, ढलमा पुग्न सक्ने सम्भावित क्षति, त्यस्तै बस्ती जोखिममा पर्न सक्ने, अत्यावश्यक उपभोग्य बस्तु र औषधिको अभाव हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सरोकारवाला सबै मन्त्रालयले समयमा आवश्यक पर्ने अत्यावश्यक उपभोग्य बस्तु, उपकरण, औजारहरु, डुंगा, औषधि आदिको पर्याप्त व्यवस्था सहित विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाएको जनाएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले सानेपाको स्टार हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । उक्त सेवामा छुट दिने सम्बन्धी मंगलबार दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । हाल बैंकले ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा दिने

चितवन । भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो । पालो नपाएर कुर्नेको संख्या बढ्दै गएपछि साउनको पहिलो साताबाट सो सेवाको समय बढाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवीन खड्काले जानकारी दिए । “दैनिक २० बिरामीले सेवा लिँदै आएका छन्,” उनले भने। अस्पतालमा १० वटा डाइलोसिस मेसिन सञ्चानलमा छ । डाइलोसिस विभाग प्रमुख सञ्जय बरालका अनुसार बिहान सात बजेदेखि राति १० बजेसम्म दैनिक तीन चरणमा सेवा सञ्चालन गर्न लागिएको छ । मिर्गौलामा जटिल समस्या भएका बिरामीलाई प्रत्यारोपण नगरेसम्म डाइलोसिस गर्नुपर्ने हुन्छ । एकजना बिरामीलाई हरेक हप्ता वा एक हप्ता बिराएर डाइलोसिस गर्नुपर्ने हुन्छ । सरकारले उक्त सेवा निःशुल्क उपलब्ध गराएको छ । सेवा प्रदान गरेबापत अस्पताललाई सरकारले रकम भूक्तानी गर्छ । जिल्लामा निजी क्षेत्रले सञ्चालन गरेका डाइलोसिस सेवामा गुनासो आउने गरेको छ । डाइलोसिस गर्न अधिकांश बिरामीको चाहना सरकारी अस्पताल हुने गर्छ । रासस