प्रधानमन्त्री ओलीले भने: अहिलेसम्म नेपालमा संक्रमण देखिएको छैन, हामी सतर्क छौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्द नेपाल सर्तक रहेको बताएका छन् । अहिले सार्क देशहरुबीच भइरहेकाे भिडियो वार्तामा बाेल्दै उनले महामारीका रूपमा फैलिएको कोभिड१९ विरुद्ध लड्न नेपाल विभिन्न रणनीति तथा कार्यक्रमहरु गरिरहेको बताएका हुन् । उनले यसका लागि सार्क मुलुकबीच सहकार्य आवश्यक रहेको बताए । यो महामारीबाट बच्न नेपालले अपनाएका सावधानीका उपायबारे उनले जानकारी गराए। ‘हामीले अनअराइभल भिसालाई बन्द गरेका छौँ, स्थलगत आवागमन बन्द गरेका छौँ,’ उनले भने, ‘तेस्रो मुलुकबाट भिसा पाउन स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ, अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकको स्वास्थ्य जाँच अनिवार्य गरिएको छ,’ उनले भने । उनले भ्रमण वर्षका सबै गतिविधि रद्द गरेको बताउँदै नेपाली कामदारलाई श्रम स्वीकृति बन्द गरेको, सेल्फ क्वारेन्टाइनको व्यवस्था गरेको तथा अस्पतालको क्षमता अभिवृद्धि गरेको जानकारी दिए। ‘नेपालमा कोभिड १९ परीक्षण गर्दा नकारात्मक देखिएको तर हामी सतर्क रहेकाे बताए । ‘कसैलाई श्रीलङ्कामा सङ्क्रमण देखिएमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ, यसले फैलिन रोकथाम गर्छ, यसबारे काम गर्न राष्ट्रिय कार्यदल बनाएका छौँ, सूचना दिनका लागि हटलाइनको व्यवस्था गरेका छौँ’, उनले भने । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेनाकाे विषयलाई लिएर त्रसित हुनु नपर्ने बताएका छन् । उनले यसकाे उपचारमा तयार हुनु पर्ने तर त्रसित नहुनु पर्ने बताए । मोदीले कोराेना भाइरस (काेभिड १९) को महामारीसँग जुध्न सार्क देशका सबै देश मिलेर अघि बढ्नुपर्ने बताएका हुन्। यस्तै, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध बल्ल सहकार्यको ढोका खुलेकाे बताएकी छन् । उनले बंगलादेशमा सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि बढाएको बताइन् । कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक सञ्जालमा सूचना जारी गरिएको जनाइन् ।
सार्क भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले भनिन्: बल्ल सहकार्यको ढोका खुल्यो
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध बल्ल सहकार्यको ढोका खुलेकाे बताएकी छन् । सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले सार्क देशहरुबीच साझा धारणा आवश्यक रहेको बताइन् । उनले बंगलादेशमा सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि बढाएको बताइन् । कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक सञ्जालमा सूचना जारी गरिएको जनाइन् । ‘हामीले नयाँ अस्पतालहरु छुट्याएका छौं, हरेक जिल्लामा बेड छुट्याएका छौं, आवश्यक परे अस्थायी अस्पताल बनाउन तयारी गरेका छौं,’ उनले भनिन् ।
भारतीय प्रधानमन्त्री मोदीले भनेः तयार हौं तर त्रसित नहौं
काठमाडौ। भाररतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेनाकाे विषयलाई लिएर त्रसित हुनु नपर्ने बताएका छन् । उनले यसकाे उपचारमा तयार हुनु पर्ने तर त्रसित नहुनु पर्ने बताए । अहिले भइरहेकाे सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले साे कूरा बताएका हुन् । मोदीले कोराेना भाइरस (काेभिड १९) को महामारीसँग जुध्न सार्क देशका सबै देश मिलेर अघि बढ्नुपर्ने बताएका छन्। ‘हामीले मिलेर तयारी गर्नुपर्छ, मिलेर काम गर्नुपर्छ र मिलेर विजय पाउनुपर्छू,तयार हुनु तर त्रसित नहुनु ’ उनले भने । उनले सामुहिक प्रयत्नका लागि अनुभव साटासाट गर्न आवश्यक भएकैले भिडिओ कन्फ्रेन्स आह्वान गरेको बताए।