मुखको स्वास्थ्यबारे जनचेतनाको खाँचो छः नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन

काठमाडौं । नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार र सरोकारवालाहरुले व्यापक रुपमा जनचेततना कार्यक्रम गरि नीति प्रष्ट पार्ने सरकासँग आग्रह गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले यस्तो आग्रह गरेको हो । नेपाली समाजका केवल २ प्रतिशत मानिसले स्वच्छ तरिकाले दाँत माँझ्ने बताउँदै नेपाली समाजमा व्यापक रुपमा आफूहरुले जनचेतनाको कार्यक्रम ल्याउने स्पष्ट पारेका छन् । सम्पूर्ण रोगको ढोका मुख मानिएकोले मुखको सफाई गर्न अति आवश्यक रहेको पनि एसोसिएसनको भनाई छ । कार्यक्रममा एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले नेपाल सरकारले कोरोनाका सन्त्रास हुँदा हात धुने जनचेतना कार्यक्रमको लागि करोडोै रकम खर्च गरेको तर, मुख स्वच्छ र स्वस्थ राख्नको लागि एक रुपैयाँसमेत खर्च नगरेको गुनासो पोखे । उनले भने,‘मुख नियमित दुईपटक नधोए ६ सय प्रकारको ब्याकटेरियाले मुखमा घर बनाउने गर्दछ ।’ उनले दाँत माँझ्न ध्यान दिईएन भने ६ सय प्रकारका ब्याक्टेरियाले क्यान्सर, ग्याष्ट्रिक, दाँत दुखाई, दाँतबाट रगत आउने, मुख गन्हाउनेजस्ता रोग निम्त्याउने पनि औंल्याए । रोगको प्रमुखद्वार मुख रहेको कारण सम्पूर्ण नेपाली समाजमा जनचेताना फैलाउन जरुरी रहेको उनले स्पष्ट पारे । नेपालका सरकारी अस्पतालहरुमा समेत दाँतको उपचारमा निकै रकम खर्च भइरहेकोमा उनले उक्त अस्पतालहरुलाई निःशुल्क सेवा प्रदान गर्न आग्रह गरेका छन् । उनले भने,‘सरकारी स्वास्थ्य विभागमा इ.एन.टीको बिभाग छुट्टाईएको छ । तर, कर्मचारी भने घाम ताप्न जाने गर्दछ ।’ सम्पूर्ण कर्मचारी आफ्नो निजी व्यवसायमा रमाएको उल्लेख गर्दै उनले यसप्रति सरकार गम्भीर हुनु आवश्यक रहेको पनि स्पष्ट पारे । सरकाले केवल मात्र ११ वटा दरबन्दी इएनटी. बिभागमा गरेकोमा सरकारलको दरबन्दीप्रति ध्यानाकर्षण गराएका छन् । ‘नेपाल सरकारले लागु गरेको नीति स्पष्ट नभएको कारण सच्याउन आवश्यक रहेको छ ।’–उनले थपे । सरकारले सातवटै प्रदेशमा दाँतको अस्पताल निर्माण गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै, उनले ७ सय ५३ स्थानीय निकायमा दन्त परीक्षणको क्लिनीक खोल्नुपर्ने माग गरे । त्यसैगरी, कार्यक्रममा एसोसिएसनका कोषाध्यक्ष अमित कुमार साखले प्रत्येक नागरिकमा दाँतको जनचेतना आउनुपर्ने बताए । उनले भने,‘सरकार र सरोकारवाला मिलेर दाँतसम्बन्धी जनचेतनाको विकास आवश्यक रहेको छ ।’ दैनिक दुईपटक दाँत माँझेमा ब्याक्टरियाको संक्रमणको मात्रा न्यून हुने उनले स्पष्ट पारे । ‘हार्ड–ब्रस’ भन्दापनि ‘सफ्ट–ब्रस’ प्रयोग गर्न उनले सुझाएका छन् । उनले एसोसिएसनले यही चैत ५ र ६ गते अनाथालयमा निःशुल्क सेवा, ब्रस र मञ्जन वितरण गर्ने कार्यक्रम राखेको पनि प्रष्ट पारे । नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन नेपालले विश्व ओरल हेल्थ डेको सन्दर्भमा ५ गते सम्भव नेपाल अनाथालयमा र ६ गते बाल सरस्वती विद्यालयमा निःशुल्क दन्त सेवा, ब्रस र मञ्जन प्रदान गर्ने कार्यक्रम ल्याएको बताए । उनले ओरल हेल्थका रोगका बारेमा प्रकाश पारेका थिए । अहिलेसम्म एसोसिएसनले गरेका कामहरु खासगरी जनताको तहमा गरेका कामहरुको बारेमा समेत उनले प्रकाश पारेका थिए । एसोसिएसनले स्वास्थ्य विभागअन्तर्गतको नाक, कान, घाँटी, दाँत, मुख विभागले एकलौटी रुपमा एक समूहको मात्र नीति कार्यान्वयनतर्फ उन्मुख भएको आरोप लगाएको छ । एसोसिएसनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘उक्त विभागबाट विनियोजित दाँत र मुखसम्बन्धी रोगहरुको रोकथामका बजेटसमेत सही तरिकाले उपयोग नभएकोप्रति यस एसोसिएसनको तर्फबाट आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै राज्यबाट विनियोजित रकमको सही सदुपयोग गर्न अनुरोध गरेको छ ।  

विश्वभर फैलिएको कोरोना भाइरस विरुद्ध खोपको परीक्षण अमेरिकाबाट सुरु, गर्ला त काम ?

काठमाडौं । अमेरिकाले कोरोनाको भारइरस विरुद्धको खोपको परीक्षण अमेरिकाबाट सरु गरेको छ । अमेरिकाले कोरोनाभाइरसको खोप पहिलो पटक परीक्षण शुरु गरेको हो । यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाइँदै

भक्तपुर । भक्तपुरका नौ महिनादेखि पाँच वर्षसम्मका करिव ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप अभियान शुरु भएको जानकारी दिए । जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको छ । उनले भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक गरी चार नगरपालिकामा १९८ खोप केन्द्र, प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन भएका र खोप केन्द्रमा दुई जनाका दरले स्वयंसेविका परिचालित रहेका जानकारी दिए । स्वास्थ्य सेवा विभाग,बालस्वास्थ्यका अनुसार सरकारले पहिलो चरणमा गत फागुन महिनाभर प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा सोमबारबाट शुरु भएको अभियानमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने भएको छ । पहिलो र दोस्रो चरणको खोप अभियानमा करिव ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य रहेको जनाइएको छ । दादुरा–रुवेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ सञ्चालन भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुवेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिकामा पूर्ण खोप पाएका छन् । पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँच जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सो खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । ती मध्ये नेपाल सरकार को १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड रहेको बताइएको छ । रासस