भाइरस निणन्त्रण कोषमा उद्योग वाणिज्य महासंघको सहयोग
काठमाडाैं । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले प्रदेश पाँच सरकारले बनाउने निर्णय गरेको १० करोडको कोरोना भाइरस नियन्त्रण कोषमा २ लाख ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ । समितिले बुधबार एक विज्ञप्ती जारी गर्दै सहयाेग गर्ने जनाएकाे हाे । कोरोना भाइरस (कोभिड–१९) का कारण देश विषम परिस्थितिमा परेको सन्दर्भमा उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले बताएकाे छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका अध्यक्ष गुणनिधी तिवारीले बुधबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर महासंघले प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस नियन्त्रण कोष उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी समेत गराएका छन् ।
काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे पूर्ति ३ दिनभित्र हुन्छः स्वास्थ्यमन्त्री ढकाल
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाले काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे पूर्ति ३ दिनभित्र गर्ने बताएका छन् । बुधबारकाे पत्रकार सम्मेलनमा उनले सबै सामानकाे पूर्ति गर्ने हिसावले काम भइरहेकाे बताएका हुन् । उनले चीनबाट तीन दिनभित्र स्वास्थ्य सामग्री आउने बताउँदै नेपालमा काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे सहज पुर्ति हुने बताएका हुन् । सरकारले यसअघि नै चीनसँग कोरोनाविरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामाग्री माग गरिसकेको छ। ‘तत्कालै चीनमार्फत हामीलाई चाहिने सामाग्री उपलब्ध गराउने सम्बन्धमा सरकारको तर्फबाट ठोस पहल भइरहेको छ,’ तीन दिनभित्र माग भएका सामाग्रीहरु ल्याउन सफल हुने विश्वास लिएका छौं, हामी आज बेलुकासम्म ल्याउने सम्पर्क व्यक्तिहरु टुंगो लगाएर त्यसको व्यवस्थापन गर्ने काममा लाग्नेछौं,’ उनले भने । काठमाडौंमा आएका ती सामानहरु जिल्ला तथा प्रभावित ठाउँमा पु¥षउन समिति गठन भइसकेको उनले बताए। ‘प्रदेश, जिल्लामा प्रभावित ठाउँमा पु¥याउन स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सेना, प्रहरी, सशस्त्र प्रहरी, भौतिक मन्त्रालयको टोली निर्माण गरेका छौं,’ उनले भने। ‘पाटन अस्पतालमा चार जना र धुम्बाराहीमा अहोरात्र पीपीई निर्माणमा खटिरहका उनकाे भनाइ छ ।
अब धरानको बीपी कोइराला अस्पतालमा पनि कोरोना परीक्षण गरिने
काठमाडौं । सरकारले अब पूर्वको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोराना परीक्षण गरिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै बीपी कोईराला धरानमा पनि कोराना परीक्षण गरिने बताएका हुन् । उनले काेराेना परीक्षणका लागि किटजन्य सामाग्री पठाएको बताए । मन्त्री ढकालले यससँगै सरकारले सातै प्रदेशमा छिटै नै काेराेना परीक्षण ल्याब संचालनमा ल्याउने जानकारी दिए । हाल काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण भइरहेको छ।