काेराेना विरूद्दकाे काेषमा सन्दिप लामिछानेकाे एक लाख रूपैयाँ सहयाेग
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक लाख सहयोग गर्ने भएका छन्। उनले हिजो बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । “कोषमा एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उनले ट्वीट गर्दै भनेका छन् । सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए । पछिल्लाे समय काेषमा रकम जम्मा गर्नेकाे संख्या बढ्दै गएकाे हाे ।
प्रधानमन्त्री ओलीकाे स्वास्थ्य सामान्य, आजै डिस्चार्ज हुने
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज नै डिस्चार्ज हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत जानकारी दिँदै आज नै डिस्चार्ज हुने बताएका हुन् । प्रधानमन्त्रीकाे उपचारमा संलग्न डा. दिव्या सिंहलाई उद्धृत गर्दै थापाले आधिकारी फेसबुक एकाउण्ट मार्फत साे जानकारी गराएका हुन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको मटुको धडकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । उनकाे फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
मुटुकाे चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पताल भर्ना भएका छन् । बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनी राति नै अस्पताल पुगेका हुन् । प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको अस्पताल स्राेतले बताएकाे छ । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बतायाे । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । उनकाे २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले पनि उनी अस्पतालमा छन् ।