घरमै बसेर ओपीडी सेवा लिन ट्रमाले सुरु गर्यो हटलाइन
काठमाडौं । कोरोनाको कारण देशभर लकडाउन भईरहेको बेला ट्रमा सेन्टरले ओपिडी सेवाको लागि हटलाईन सन्चालनमा ल्याएको छ । लकडाउनको समयमा घरमै बसेर ओपीडी सेवा प्रदान गर्नको लागि अस्पताल हटलाईन सन्चालनमा ल्याएको हो । कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गदै अस्पतालले यस्तो सेवा ल्याएको विज्ञप्ती मार्फत जानकारी दिएको छ । घरबाटै ओपीडी सेवा लिनका लागि ०१—४२२५२७५ नम्बरको हटलाइन सुरु गरेको हो । अस्पताल समयमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उक्त सेवा घरबाटै लिन सकिने बताएकाे छ ।
घरमै बसेर परामर्श सेवा लिन टिचिङले सुरु गर्यो टेलिहेल्थ सेवा
काठमाडौं । कोरोनाको कारण देशभर लकडाउन भईरहेको बेला टिचिङ अस्पतालले कोरोना टेलिहेल्थ सेन्टर सन्चालनमा ल्याएको छ । लकडाउनको समयमा परामर्श सेवा प्रदान गर्नको लागि अस्पतालले फोन, स्काईप तथा एप्स मार्फत सेवा दिन टेलिहेल्थ सेन्टर सन्चालनमा ल्याएकाे हो । कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गदै अस्पतालले यस्तो सेवा ल्याएको विज्ञप्ती मार्फत जानकारी दिएको हाे । यो सेवा लिनका लागि हटलाइनमा आइतबार देखि शुक्रबारसम्म फोन गर्न सकिने छ। अस्पतालले बिहान १० देखि ३ बजेसम्मलाई यस्तो सेवा सञ्चालनमा ल्याएको छ।
अमेरिकामा दुई जना नेपालीमा देखियो कोरोना पाेजेटिभ
काठमाडाैं । अमेरिकामा दुई जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई जना नेपालीमा काेराेना पुष्टि भएकाे हाे । कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको जानकारी दिइएकाे छ । उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्याइएको थियो। उनी मधुमेहका रोगी थिए। परिवारका सबै सदस्यको परीक्षण गरिएको र त्यसको रिपोर्ट मंगलबारसम्म रिर्पोट आउने जनाइएको छ। उनीहरू घरमै बसिरहेका छन्। यस्तै, संक्रमित ४७ वर्षीय व्यक्तिले न्युयोर्कमा ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्रोतका अनुसार उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो। चार दिनमा फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिजनको मात्रा कम भएको र निमोनिया देखिएको जनाइएको छ।