कोरोना अपडेट: इटाली र स्पेनमा भयावह स्थिति, विश्वभरि २१ हजार २ सय ९३ को मृत्यु

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेका छन् । ९ हजार ३ सय ६२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । हाल ४९ हजार ५ सय १५ जना सङक्रमित रहेका छन् । बिहीबार प्राप्त एक समाचारका अनुसार पाँच हजार ३ सय ६७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि ४ लाख ७१ हजार ३ सय ११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३ सय ७१ व्यक्ति हाल उपचारारत छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् । चीनबाट बिहीबार प्राप्त एक समाचारअनुसार ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । हाल २७ हजार १७ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३ सय ७६ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २ सय ६ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३ सय २३ जना सङक्रमित रहेका छन् । यसैबीच ३ हजार ५ सय ४७ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३१ जनाको मृत्यु भएको छ । हाल ६८ हजार ३ सय ६७ जना सङक्रमित भने ३ सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । बिहीबार प्राप्त एक समाचारअनुसार २५ हजार २ सय ३३ सङ्क्रमित रहेका छन् भने ३ हजार ९ सय उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ३१ व्यक्तिको मृत्यु भएको छ । नौ हजार २ सय ४१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार चार हजार १ सय ४४ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ५३ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८ सय ९७ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४ सय ६५ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ५ सय २९ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय ५६ व्यक्तिको मृत्यु भएको छ । ६ हजार ४ सय १२ सङ्क्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण ३१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ५ सय ८८ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ७८ व्यक्तिको मृत्यु भएको छ । ४ हजार ९ सय ३७ सङ्क्रमित भएका छन् । यसैबीच ५ सय ४७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १४ व्यक्तिको मृत्यु भएको छ । ३ हजार ८४ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ११, ब्राजिलमा ५९, स्वेडेनमा ६२, पोर्चुगलमा ४३, क्यानाडामा ३६ , डेनमार्कमा ३४, मलेसियामा २०, आयरल्याण्डमा ९, पोल्याण्डमा १४ , ग्रीसमा २२, इन्डोनेसियामा ५८, फिलिपिन्समा ३८, हङकङमा ४, इराकमा २९, अल्जेरियामा २१ , भारतमा १२, पाकिस्तानमा ८, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ५, इजिप्टमा २१, पानामामा ८, अर्जेन्टिनामा ८, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ६, अफगानिस्तानमा २, नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । बिहीबारसम्म सङ्क्रमित मात्र देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् । रासस/एपी/सिन्ह्वा/एएफपी

किष्ट शिक्षण अस्पतालका सबै स्रोत कोरोना नियन्त्रणमा परिचालन

काठमाडौं । कोरोना भाइरसको आशंका बढेसँगै किष्ट शिक्षण अस्पतालले आफ्ना सम्पूर्ण साधन तथा स्रोत परिचालन गर्ने भएको छ । अस्पतालमा रहेका चिकित्सक कर्मचारी टोलीलाई सुरक्षित गर्दै सर्वसाधारणलाई सेवा परिचालन गर्ने भएको हो  । यस अवस्थालाई नियन्त्रण् गर्न अस्पतालका विशेषज्ञ चिकित्सक १ सय २०, मेडिकल अफिसर ३५, इन्र्टन चिकित्सक ७०, नर्स १ सय ५० लगायत अन्य प्राविधिक, प्रशासनीक कर्मचारीसहित अस्पताल परिवार प्रतिबद्ध छ । यस विकट परिस्थीतिमा अस्पताल स्थानीय प्रशासन एवं स्वास्थ तथा जनसंख्या मन्त्रालयसंग निरन्तर समन्वयमा रहनेछ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले बेला बखतजारी गरेको निर्देशन यस शिक्षण अस्पतालले अवलम्बन गरिरहेको छ । लकडाउनको स्थितिमा कोभिड १९ को स्क्रीनिंगका लागि अस्पतालले फीवर क्लिनिकका संचालन गरी सर्बसाधारणलाई विषेश सेवा दिइरहेको बारे जानकारी गराएको छ । फीवर क्लिनिकका बाहेक अस्पतालले दिने अन्य विशेषज्ञ सेवाहरु जस्तैः प्रसूति, खोप, इमर्जेन्सी शल्यक्रिया, हेमो डायलाइसीस आदि सेवा समन्वयात्मक डंगले सुचारु भइरहेको छ । उपचारमा खटिने चिकित्सक टोलीका लागि आवश्यक पर्ने सुरक्षाका सामग्रीहरु (पिपिई) स्थानीय बजारमा नपाईरहेको अवस्थामा स्थानीय सरकार एवं नेपाल सरकारलाई उपलब्ध गराइदिन अनुरोध गरीएको छ । यस विकट घडिमा अस्पतालले प्रोटेक्टिव गाउन ह्यान सेनिटाइजर आदी साधनहरु समेत निमार्ण गरी प्रयोगमा ल्याएको छ । अस्पतालले प्रथम चरणमा ५ वटा बेड भएको आइसोलेसन वार्डबाट सेवा सुरु गरेकोमा हाल आएर थप ६० बेडको डेडिकेट् आइसोलेसन वार्ड, (जसका लागि डेडिकेट् लिफ्ट छुटटईएको), र २२ वेडको आईसियू उपलब्ध गराई सेवा दिइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

डब्ल्यूएचओले भन्यो: जुनसुकै बेला पनि सकरात्मक समाचार आउन सक्छ, ६ प्रकारका औषधिको महापरीक्षण सुरु

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)  संसारभरका देशलाई महामारीको लागि औषधिको महापरीक्षण गर्न आग्रह गरेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिको महापरीक्षणका लागि आग्रह गरेको हो । यी अौषधिको प्रयोगले कोरोना भाइरसको संक्रमण निको भएका थिए । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको महापरीक्षण सुरु भएको हो । विश्व स्वास्थ्य संगठन ले यी ६ प्रकारका औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी औषधिबाटै कोरोना भाइरसलाई हराउन सक्ने विश्वास डब्ल्युएचओको लिएको छ । रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिसँगै संसारभरका वैज्ञानिक तथा चिकित्सकहरुले अन्य औषधिमा पनि अनुसन्धान जारी राखेका छन् । यी औषधिले कोरोना भाइरसका संक्रमित, उपचारमा संलग्न चिकित्सक र रोगीका परिवारलाई सहयोगी बन्नसक्ने अपेक्षा डब्ल्युएचओले गरेको छ । डब्ल्युएचओका अनुसार चीन, अमेरिका, फ्रान्स, स्पेन, इरान, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायतका देश अहिले महापरीक्षणमा जुटिरहेका छन् । अबको एक महिनामा कुनै नतिजामा पुग्न सकिन्छ । अहिले सबै समयमा खराब समाचार मात्र आएको र अब भने जुुनसुकै समयमा सकरात्मक समाचार आउन सक्छ । के काम गर्छ महापरीक्षणका भइरहेका औषधिले ? रेमडेसिवीर : रेमडेसिवीरले जिलिड साइन्सेजले इबोलाको उपचारका लागि बनाएको हो । यसले भाइरसलाई मानिसको शरीरमा पुगेर नयाँ भाइरस बनाउन रोक्छ । अमेरिकाको सबैभन्दा पहिलो कोरोना संक्रमित व्यक्तिमा रेमडेसिवीर नामक औषधि चलाइएको थियो । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन : यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने भाग नष्ट हुने र भाइरस आक्रमणका लागि असफल तथा कमजोर हुन्छ । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन औषधिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वकालत गरेका थिए । उनले यो औषधिलाई गेम चेन्जर भनेका थिए । डब्ल्युएचओको वैज्ञानिक समितिले यो औषधि खारेज गरेको थियो । तर जेनेभामा भएको डब्ल्युएचओको वैज्ञानिको बैठकले यो औषधि महापरीक्षणका लागि पठाउने निर्णय भने गरेको छ । यो औषधिको विषयमा संसारभरबाट माग आएपछि महापरीक्षणका लागि पठाइएको हो । रिटोनावीर लोपिनावीर : यो औषधि चीनको वुहानमा प्रयोग गरिएको थियो । एचआइभी रोक्नका लागि यसको प्रयोग गरिएको थियो । हल्का संक्रमणका लागि रिटोनावीरको र धेरै संक्रमण भएमा लोपिनावीरको प्रयोग गरिन्छ । यो औषधिले शरीरमा भाइरसको आक्रमण हुने ठाउँमा पुगेर भाइरस र मानिसको कोशिकालाई छुट्टाउने काम गर्छ । इन्टरफेरान–भिटाका : यो औषधि साउदी अरेबियाले मिडिलइष्ट रेस्पिरेटरी सिन्ड्रमको समयमा संक्रमित बिरामीमा प्रयोग गरिएको थियो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने टिस्युलाई नोक्सान पुर्याउँछ । त्यसको असरस्वरुप भाइरसको प्रभाव कम हुँदै जान्छ । एजेन्सी ।