ह्याम्स अस्पतालद्वारा ब्रेन एन्युरिजमको सफल उपचार
काठमाडौं । ह्याम्स अस्पतालले २० वर्षीय महिलामा ब्रेन एन्युुरिजमको कोइलिङद्वारा सफल उपचार सम्पन्न भएको छ । हाल सम्म प्रायः व्रेन एन्युुरिजमको उपचार टाउँको खोलेर अप्रेशनद्धारा भईरहेको अवस्थामा ह्याम्स अस्पतालले भने टाउँको नचिरीकन खुट्टाको रगतको नशाबाट विभिन्न किसिमको साधनको माध्यमले एन्युरिजम भित्र कोइल गरेर त्यसको उपचार गर्न सफल भएको हो । उक्त अस्पतालका बरिष्ठ न्यूरो सर्जन तथा न्यूरोइन्टरभेन्सनल सर्जन डा.मनोज बोहरा तथा एनेस्थेलोजिष्ठ डा.मुरारी राज उप्रेती र डा.सुरज लामिछाने तथा क्याथ ल्याब टिमद्वारा न्यूरोइन्टरभेन्सनको नौलो पद्धती प्रयोग गरी न्युरिजमको उपचार गरिएको हो । एन्जुरिजम भनेको मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो । जुन फुटेर व्रेन ह्यामरेज भएर विमारी अशक्त हुन सक्छ वा ज्यान पनि जान सक्छ । डा.बोहराको भनाई अनुसार नेपालमा अत्यन्तै नौलो उपचार पद्धतिका रुपमा शुरु भएको न्यूरो इन्टरभेन्सनबाट मस्तिष्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोक (पक्षघात) को पनि उपचार गर्न सकिन्छ । स्ट्रोकको उपचारमा हात वा खुट्टाको रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मस्तिष्कमा बन्द भएको रक्तनलीमा पुगिन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने क्लटलाई बाहिर निकाली पुनः रक्त संचार गरिन्छ । न्यूरो इन्टरभेन्सन उपचार गर्न मस्तिष्क खोलेर गरिने उपचार पद्धति भन्दा निकै कम समय लाग्ने र उपचार पछिको अस्पतालको बसाई पनि कम हुने भएकोले अहिले यो संसार भरी नै निकै प्रभावकारी उपचारको रुपमा लिइएको छ ।
यी हुन् नेपालका सस्ता आइसियु बेड भएका अस्पताल, कुनमा कति मूल्य ?
काठमाडौं । राजधानीको एउटा अस्पतालमा एक रात बिताउन कति खर्च लाग्छ होला ? यस विषयमा थोरै व्यक्तिलाई मात्र जानकारी होला र भएपनि आफु गईरहेको अस्पतालको बारेमा मात्र ज्ञान होला । स्वास्थ्यमा कुन समयमा कस्तो समस्या आउँछ भन्ने कुराको बारेमा हामी अनविज्ञ छौं । अझ ईमर्जेन्सी सेवाको लागि कति तिर्नुपर्छ भन्ने विषयमा हामीहरु जानकार नै छैनौं । यस्ता मूल्यहरुको बारेमा जानकार नहुँदा मानिसहरु हतारमा लाखौं रुपैंया खर्च गर्न बाध्य हुन्छन् । आफ्नो क्षमता अनुसारको अस्पतालको शुल्कको बारेमा पहिला जानकार नहुँदा मानिसहरु वर्षौंदेखि साँचेर राखेको बचत खर्चन बाध्य हुन्छन् । विकासन्युजले राजधानीका पाँच सरकारी र पाँच प्राइभेट गरी दश प्रमुख अस्पतालको बारेमा लिएकाे जानकारीका अनुसार तिनीहरुले प्रदान गर्दै आएको आइसियु सेवाको मूल्य फरक-फरक पाइएको छ । राजधानीमा सञ्चालित पाँच प्रमुख सरकारी अस्पतालहरु मध्ये वीर अस्पताल, टिचिङ अस्पताल, नेशनल ट्रमा सेन्टर, पाटन अस्पताल र गंगालाल अस्पताल रहेका छन् । यस्तै प्राइभेट अस्पतालहरुमा धापासी स्थित ग्राण्डी अस्पताल, जावलाखेल स्थित अल्का अस्पताल, धापाखेल स्थित सुमेरु अस्पताल, पुल्चोक स्थित निदान अस्पताल र थापाथली स्थित नर्भिक अस्पताल प्रमुख अस्पतालहरुको रुपमा चिनिन्छन् । यस्तो छ सरकारी अस्पतालको आइसियु बेड चार्ज राजधानीका प्रमुख पाँच सरकारी अस्पतालहरुको रकम तुलना गर्दा महाराजगंजस्थित टिचिंङ अस्पतालमा आइसियु सेवा सबैभन्दा सस्तो रहेको पाइएको छ । उक्त अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज १७ सय रुपैंयाँ र अस्पतालले डिपोजिट रकम १५ हजार रुपैंया तोकेको छ । यद्यपी आर्थिक स्थिति कमजोर भएकालाई अस्पतालले ३ हजार रुपैयाँ मात्र लिने गरेको छ । यस्तै बाँसबारी स्थित गंगालाल हृदयरोग अस्पतालले पनि सस्तो रकममा सेवा दिदै आएको छ । अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज २ हजार र सुरुमा डिपोजिटको रुपमा २० हजार रकम बझाउनु पर्दछ । जेठो अस्पताल अर्थात वीर अस्पताल र राष्ट्रिय ट्रमा अस्पताल आइसियु सेवाको तेस्रो सस्तो सरकारी अस्पताल रहेका छन् । यी दुवै अस्पतालहरुले आइसियु सेवाको प्रति दिन बेड चार्ज ३ हजार रुपैयाँ तोकेको छ । वीर अस्पतालले डिपोजिट रकम १० हजार र ट्रमाले २१ हजार लिने गरेको छ । राजधानीमा रहेका प्रमुख ५ सरकारी अस्पतालमध्ये पाटन अस्पताल अन्यको तुलनामा थोरै महंगो रहेको पाइएको छ । अस्पतालले आइसियु सेवाको प्रति दिन बेड चार्ज ३५ सय रुपैंयाँ डिपोजिट रकम १५ हजार तोकेको छ । निजी अस्पतालमा कस्तो छ ? राजधानीमा सयौंको संंख्यामा निजी अस्पतालहरु छन् । राजधानीमा सञ्चालित पाँच प्रमुख अस्पतालहरुले दिँदै आएको आइसियु सेवा बेड चार्जमा ठूलो रकमको अन्तर नदेखिए पनि केही हजारको अन्तर भने रहेको छ । यद्यपी यो केही हजारको अन्तरले भने धेरैलाई ठूलो मद्दत गर्दछ । राजधानीको प्रमुख निजि अस्पतालमा धापाखेल स्थित सुमेरु अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज सबैभन्दा सस्तो रहेको छ । अस्पतालले आइसियु र सिसियु बेड चार्ज २४ घण्टाको ६ हजार रुपैयाँ तोकेको छ । यसको अर्थात यदि बिरामीलाई ३ घण्टा मात्रै आइसियमा राखिएमा उनले ३ घण्टाको रकम स्वरुप सात सय पचास मात्र तिर्नुपर्न छ । अस्पतालले एनआइसियु अर्थात १४ वर्षभन्दा कम उमेरको बालबालिकाको लागि २४ घण्टाको ३ हजार १ सय ५० मात्र तोकेको छ। यस्तै दोस्रो सस्तोमा जावलाखेल स्थित अल्का अस्पताल रहेको छ । यहाँ आइसियु सेवाको प्रति दिन बेड चार्ज ४ हजार ५ सय रहेको छ । तेस्रोमा पुल्चोक स्थित निदान अस्पताल रहेको छ । निदानले आइसियुको प्रति दिन बेड चार्ज ६ हजार ५ सय तोकेको छ। यस्तै चौथौमा धापासी स्थित ग्राण्डी अस्पताल रहेको छ। ग्राण्डी अस्पतालले आइसियुको प्रति दिन बेड चार्ज १० हजार रुपैंया तोकेको छ ।
जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान र वैद्यनाथ वेदविद्याश्रमलाई आर्थिक सहयोग
काठमाडौं । जनता बैक नेपाल लिमिटेडले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद गर्ने प्रयोजनका लागि सो रकम दिएको हो । उक्त सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् । यसैगरी, बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको श्री वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले श्री वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।