विशेषज्ञ चिकित्सकसहित १६६स्वास्थ्यकर्मी नियुक्त गर्दै वाग्मती प्रदेश सरकार
हेटाैंडा । वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रलयले नवौँ तहमा काम गर्ने गरी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तीन, हाडजोर्नी विशेषज्ञ तीन, कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट पाँच, कन्सल्टेन्ट जनरल फिजिसियन चार, कन्सल्टेन्ट डर्माटोलोजिष्ट एक, कन्सल्टेन्ट पिडीयाट्रिसियन चार, कन्सल्टेन्ट प्याथोलोजिष्ट दुई, कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट एक, कन्सल्टेन्ट रेडियोलोजिष्ट पाँच, कन्सलटेन्ट सर्जन पाँच, कन्सल्टेन्ट साइक्याट्रिक पाँच, जनस्वास्थ्य प्रशासक र शिक्षा स्वास्थ्य प्रशासक दुई–दुई र नर्सिङ प्रशासक एक जनाको विज्ञापन प्रकाशन गरेको छ । त्यस्तै आठौँ तहका लागि मेडिकल अधिकृत १७, दन्त चिकित्सक दुई, आयुर्वेद चिकित्सक तीन जनाका लागि दरखास्त आह्वान गरिएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञापनमा सातौँ तहमा नर्सिङ अधिकृत, फिजियो थेरापिष्ट र फार्मेसी अधिकृत दुई–दुई, मेडिकल ल्याब टेक्नोलोजिष्ट छ, कनिष्ठ नर्सिङ अधिकृत तीन, जनस्वास्थ्य अधिकृत १०, वायोमेडिकल इञ्जिनीयर एक जना माग गरिएको छ । त्यस्तै पाँचौँ तहका लागि डेन्टल हाइजेनिष्ट, एनेस्थिेटिक सहायक, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, सहायक डाइटीसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियनको माग गरिएको छ भने चौथो तहका लागि अनमी, अहेब र ल्याब सहायकको माग गरिएको छ । रासस
चैत ४ यता देखिएन संक्रमण, काठमाडौं उपत्यका कोरोनामुक्त हो ?
काठमाडौं । कोरोनाको संत्रासबाट अहिलेको विश्वनै त्रस्त छ । नेपालले पनि बिगत ३ सातादेखि सरकारले देशभर लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोकेको छ । नेपालमा माघ १० कोरोनाको पहिलो संक्रमण देखापरेपछि नै उच्च सतर्कता अपनाइएको थियो । तर, चैत्र ४ गते कतार एयरवेजबाट नेपाल नेपाल आयकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखापरेपछि चैत्र ११ बाट लकडाउन गरियो । कोरोना भाइरसको इन्क्युभेसन पिरियड (संक्रमण शरीरमा फैलिएर लक्षण देखा पर्नको लागि लाग्ने समय) १ देखि १४ दिनको हुने गरेको छ । तर कसैकसैमा भने २०औँ दिनमा समेत लक्षण देखापरेको फेला परेको छ । नेपाल सरकारको रेकर्ड अनुसार काठमाडौंमा अन्तिम पटक कोरोनाको संक्रमण फेलापरेको चैत ४ मा कतार एयरवेजबाट काठमाडौं आएकी युवती नै हुन् । ४ चैतमा काठमाडौं आएकी ती युवतीमा ७ चैतदेखि साधारण खोकीको लक्षण देखापर्यो र सेल्फ क्वरेन्टाइनमा बस्न थालिन । ८ गते परीक्षणको लागि अस्पताल गइन् । नमुना संकलनपछि उनलाई आइसोलेसनमा राखेर लक्षणको आधारमा उपचार गर्न सुरु गरियो । परीक्षणको नतिजा पोजेटिभ आएपछि उनको परिवारका सदस्यहरुको समेत परीक्षण गरियो तर नतिजा नेगेटिभ आयो । अब यता हेरौ, संक्रमित काठमाडौं आइपुगेको ४ गतेदेखि आजसम्म २६ दिनभइसकेको छ भने लक्षण देखिएको ७ चैतदेखि पनि २३ दिन भएको छ । र, आइसोलेसनमा राखेर लक्षणको आधारमा उपचार गर्न सुरु गरियको ८ गतेदेखिको हिसाब गर्दा पनि २२ दिन भएको छ । सरकारको रेकर्डलाई नै आधार मान्दा पनि विगत २० दिनदेखि काठमाडौंमा नयाँ संक्रमण नदेखिएको तथा संक्रमित समेत अन्यको सम्पर्कमा नरहेको प्रस्ट हुन आउँछ । कोरोना भाइरसको इन्क्युभेसन पिरियडको अधिकतम समय २० दिनलाई नै हेर्दापनि विगत २० दिनदेखि काठमाडौंमा नयाँ संक्रमण देखापरेको छैन । सरकारले गरेको लकडाउनको कारण उपत्यका भित्रको आगमन ठप्प प्रायः छ । अब प्रस्न उठ्न सक्छ के काठमाडौं कोरोना मुक्त भएको हो त ? शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारी काठमाडौं उपत्यका अहिले कोरोनामुक्त छ भनेर दाबीका साथ भन्न नसकिने बताउँछन् । किन त ? भन्ने प्रश्नको जवाफ उनले यसरी दिए । ‘सर्वप्रथम संक्रमित युवतीमा नेगेटिभ कन्भर्सन भइसकेको छैन, ४ गते आएको एउटा फ्लाइटलाई मात्र आधार मानेर कोरोना मुक्त भएको भन्न मिल्दैन, ४ गते पछिपनि थुप्रै अन्तर्राष्ट्रिय फ्लाइटहरु आए, विदेशबाट आएकाहरुको शतप्रतिशत सर्बिलेन्स हुन सकेको अबस्था होइन, एयरपोर्टमा शरीरको तापक्रम मात्र जाँच गरेर पठाइएको हो, संक्रमण पुस्टि भएर हाल उपचार भैरहेका व्यक्तिमा समेत साधारण लक्षण तथा कुनै पनि लक्षण नदेखिएको (इसिन्ड्रोमेटिक) अवस्था रहेको तथा हालसम्म अत्यन्त न्युन मात्रामा परीक्षण भएको कारण इसिन्ड्रोमेटिक संक्रमण फैलिरहेको हुनसक्ने सम्भावना पनि छ,’ डा. राजभण्डारीले भने । भाइरस संक्रमणको लक्षण तथा असरमा विबिध कारणले फरक पार्ने तथा नेपालमा हालसम्म देखिएको सम्पूर्ण संक्रमण इसिन्ड्रोमेटिक प्रकृतिको रहेकाले भित्रभित्रै इसिन्ड्रोमेटिक संक्रमण फैलिरहेको हुनसक्ने सम्भावना उच्च रहेको उनको भनाइ छ । यसरी संक्रमण फैलिरहेको रहेछ भने कुनै पनि समयमा भयाभह अवस्था उत्पन्न हुनसक्ने विज्ञले बताएका छन् । त्यसैले, लकडाउन यथावत् राखी व्यापक परीक्षण, पहिचान तथा आइसोलेसन उपचारको रणनीतिमा जानुपर्ने डा. राजभण्डारीेको तर्क छ ।
कोरोना अपडेट : १७ लाख २४ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या एक लाख ४ हजारमाथि
काठमाडौं । विश्वमा कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या १७ लाख २४ हजार ३ सय १३ पुगेको छ । त्यस्तै एक लाख ४ हजार २ सय ११ जनाका मृत्यु भईसकेको छ । पछिल्लो समय अमेरिका तथा युरोपेली मुलुकमा कोरोनाको संक्रमण उच्च रहेको छ भने एसियाली मुलुकमा पनि भाईरसबाट संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गएको छ । हालसम्म विश्वमा ४ लाख ३ हजार ३ सय ७ जना नागरिक यो रोगबाट निको भएर घर फर्किएका छन् । अमेरिकामा पछिल्लो समय ५ लाख ३ हजार १ सय ७७ जना नागरिक संक्रमित छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ६१ पुगेको छ । त्यस्तै २८ हजारबढी निको भई घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा बढ्दै गएको छ । स्पेनमा हालसम्म १६ हजार ३ सय ५३ जनाको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ३२ पुगेको छ । हालसम्म ५९ हजारभन्दा बढी नागरिकलाई निको भएको छ । इटाली कोरोना संक्रमितको संख्या १ लाख ४८ हजारभन्दा बढी रहेको छ भने मृत्यु हुनेको संख्या १८ हजार ९ सय ३९ पुगिसकेको छ । फ्रान्समा पछिल्लो दिन नयाँ कोरोना संक्रमित देखिएको छैनन् । हालसम्म १ लाख २४ हजार ८ सय ६९ जना कोरोना संक्रमित रहेको फ्रान्समा १३ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा हालसम्म २ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ भने १ लाख २२ हजार ७ सय ८० नागरिक संक्रमित छन् । जर्मनीमा ६१ हजारभन्दा बढी नागरिकलाई निको भएको छ । त्यस्तै कोभिड १९ को उद्गम स्थलको रुपमा परिचित चीनमा हालसम्म ३ हजार ३ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ८४ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै चीनमा उपचार पछि निको हुनेको संख्या ७८ हजार पुगेको छ । पछिल्लो दिनमा बेलायत, इरान, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, क्यानडा, ब्राजिल, पोर्चुगल, अस्ट्रिया, रसिया, इजराइल, दक्षिण कोरिया, स्वीडेन, आइरल्याण्ड, भारतमा लगायतका देशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छन् । यस्ताे छ काेराेना संक्रमणकाे अवस्था :