सनसिटी अर्पाटमेन्टको तेस्रो व्यक्तिको पिसिआर टेस्टकाे नतिजा नेगेटिभ

काठमाडौं । सनसिटी अपार्टमेन्टका तेस्रो व्यक्ति (बुहारी)को काेराेनाभाईरस (काेभिड-१९) काे नमुना परीक्षण फेरी पनि नेगेटिभ आएको छ । कोरोनाभाईरस (काेभिड-१९)को पिसिआर मेसिनबाट गरिएको उनको दोस्रो परीक्षण पनि नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताए । मंगलबार सनसिटी अपार्टमेन्टमा उक्त व्यक्तिकाे परिवारको दुई सदस्य (८१ वर्षीया आमा र ५८ वर्षका छोरा)को पिसिआरबाट परीक्षण हुँदा नतिजा पोजेटिभ आएको थियो । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुधबार देवकोटाले यस्तै सो परिवारसँग संलग्न कामदारहरुको पनि पिसिआर परीक्षणको लागि नमुना संकलन भईसकेको जानकारी दिए । यस्तै बुधबार अर्पाटमेन्टमा २ सय ९८ जनाको र्यापिड परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ ।

विकराल रूप लिँदै काेराेनाः संक्रमित संख्या २० लाख पुग्याे, १ लाख २६ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१०)बाट संक्रमित हुनेको संख्या २० लाख पुगेको छ । बुधबार बिहान संक्रमितको संख्या २० लाख पुगेको हो । कोरोनाका कारण मृत्यु हुनेकाे संख्या हालसम्म १ लाख २६ हजार ७ सय ५४ पुगेको छ । कहाँ कतिको मृत्यु ? कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिका बनेको छ । त्यहाँ ६ लाख १४ हजार बढी संक्रमित छन् भने २६ हजार ६४ को मृत्यु भइसकेको छ । अमेरिकापछि स्पेनमा कोरोना संक्रमित धेरै छन् । स्पेनमा १ लाख ७४ हजार, इटलीमा १ लाख ६२ हजार, फ्रान्समा १ लाख ४३ हजार, जर्मनीमा १ लाख ३२ हजार संक्रमित छन् । त्यस्तै, अमेरिकामा २६ हजार बढीको मृत्यु हुँदा इटलीमा २१ हजार, स्पेनमा १८ हजार, फ्रान्समा १५ हजार, बेलायतमा १२ हजार बढीको मृत्यु भइसकेको छ । नेपालमा भने हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि विश्वका अधिकांश विगत केही सातादेखि देश लकडाउनमा छन् । कोरोनाको उद्गमस्थल चीनमा कोरोना संक्रमण न्यून भएको छ तर अन्य भने भइसकेको छैन । त्यहाँ मंगलबार मात्रै ४६ जना नयाँ संक्रमित फेला पर्दा एकजनाको मृत्यु भएको छ ।

भारतमा भयावह बन्दै काेराेना, ३ सय ९३ जनाको मृत्यु, संक्रमितको संख्या साढे ११ हजार पुग्याे

काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेकाे छ । वल्ड मिटर्सका अनुसार भारतमा हालसम्म ३ सय ९३ जनाकाे मृत्यु भइसकेकाे छ । महाराष्ट्रमा सबैभन्दा बढी २६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ। यस्तै दिल्लीमा अहिलेसम्म १५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ। विश्वभर फैलिरहेकाे काेराेना भाइरसले जनजीवन पनि निकै प्रभावित बनेकाे छ ।