तनहुँमा चैत १ गतेदेखि दादुरा रुबेलाविरुद्धको खोप लगाइने
दमाैली । तनहुँ जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार ७६४ बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । अभियानको क्रममा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लामा दुई चरणमा अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा चैत १ गतेदेखि ९ गतेसम्म ३७ वडामा र दोस्रो चरणमा चैत १० गतेदेखि १८ गतेसम्म ४८ वडामा अभियान सञ्चालन गरिनेछ । पहिलो चरणमा व्यास नगरपालिकाको श्याम्घा, कात्तिकेचौर, सतिस्वाँरा, गजुरे, रिस्ती, शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा, खैरेनीटार, ढोरफिर्दी, फिरफिरे, राईपुर, थप्रेक, भिमाद नगरपालिकाको भानुमति, अरुणोदय, किहुँ, माझकोट, भानु नगरपालिकाको ज्यामरुक, रुपाकोट, चिसापानी, घिरिङ गाउँपालिकाको साभुङहटिया, घिरिङ, गजरकोट र ऋषिङ गाउँपालिकाको रानीपोखरी, राम्जाकोट, कोटदरबारमा अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा व्यास नगरपालिकाको घाँसीकुवा, पोखरीभञ्ज्याङ, केशवटार, तनहुँसुर, भानु नगरपालिकाको पुरनडिही, वसन्तपुर, पुर्कोट, बन्दीपुर गाउँपालिकाको बन्दीपुर, धरमपानी, आँबुखैरेनी गाउँपालिकाको देउराली, छिम्केश्वरी, म्याग्दे गाउँपालिकाको थर्पु, जामुने, मनपाङ, देवघाट गाउँपालिकाको सिन्च्याङगढी, बैदी, छिपछिपे, कोटा र ऋषिङ गाउँपालिकाको काहुँशिवपुर र भिरकोटमा अभियान सञ्चालन हुनेछ । अभियानका लागि ५३० खोप केन्द्र तोकिएका छन् भने २०४ खोपकर्ता परिचालन हुनेछन् । त्यस्तै एक हजार ६० स्वयंसेवक परिचालन गरिने कार्यालयले जनाएको छ । खोप तथा कोल्डचेन स्वास्थ्यकर्मीमार्फत् खोप केन्द्र नजिकका स्वास्थ्य संस्थामा पु¥याइएको छ । समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याई यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पुर्याउन अभियान सञ्चालन गर्न लागिएको हो । खोपको पहुँचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोपकेन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकड क्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालीम तथा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । सबै घरमा सन्देशमूलक कार्ड कार्यालयले अभियानकै क्रममा सबै घरधुरीमा सन्देशमूलक कार्ड वितरण गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सन्देशमूलक कार्ड वितरण गर्न लागिएको हो । जिल्लाका ३० प्रतिशत बालबालिका अझै पनि विभिन्न खोप लगाउनबाट वञ्चित भएका छन् । “अझै पनि खोपबाट बालबालिका वञ्चित रहेकाले उनीहरुलाई खोपको पहुँचमा ल्याउन निमन्त्रणा कार्ड बाँड्ने तयारी गरेका छौँ”, प्रमुख अधिकारीले भने, “कार्ड वितरणपछि छुटेका बालबालिका खोपको पहुँचमा आउने विश्वास गरिएको छ ।” रासस
कोरोना संक्रमण फैलियो भने उपचार गर्न कस्तो तयारी गरेका छन् उपत्यकाका यी अस्पतालले ?
काठमाडौं । पछिल्ला वर्षहरूमा विश्व समुदायमाझ नयाँ रोगले महामारीको रूप लिइरहेको छ । यस्ता महामारीले लाखौं मानिसको ज्यान पनि लिइरहेको छ । यस वर्ष कोरोना भाईरसले संसारभर महामारीको रुप लिएको छ । यस्ता महामारीको रुपमा फैलदै गर्दा स्वास्थ्य सेवा प्रदायकहरुले कसरी तयार गरिरहेका छन् भन्ने एउटा मुख्य प्रश्न हो । महामारी आउने संकेत पहिला आउँदैन । कुन रोगले कतिबेला महामारीको रुप लिन्छ भन्न पनि सकिदैन । नेपालमा विभिन्न समयमा विश्वभर फैलिएको महामारी तथा नेपालमा मात्रै फैलने माहामारीले पनि धेरैको ज्यान लिने गरेको छ । के छ त अस्पतालहरुको तयारी ? त्रिवि शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा महामारी व्यवस्थापनको लागि छुट्टै डिजास्टर टिम रहेको अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए । यो टिमले कसरी काम गर्ने भन्ने विषयमा अस्पतालले माहामारी व्यवस्थापनको लागि आफ्नै ३६ पानाको प्रोटोकल तयार पारेको र त्यही अनुरुप काम गर्ने खड्काले जानकारी दिए । यद्यपि विश्वभर आतंक मच्चाएको कोरोना भाइरस (कोभिड–१९) लागि भने अस्पतालले खासै तयारी गरेको छैन । कोरोना रोकथाम र उपचारको लागि के कस्तो सावधानी र तयारी गर्ने भन्ने सन्दर्भमा अस्पतालले छुट्टै कमिटी बनाउँदै गरेको खड्काले बताए । पाटन अस्पताल कुनै पनि महामारीको लागि आफूहरु पहिलादेखि नै तयार रहेको पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मा बताउँछन् । ‘हामीले महामारी व्यवस्थापनको लागि आफ्ना कर्मचारीहरुलाई समयसमयमा तालिम दिईरहेका हुन्छौं, एकपटक तालिम दिएर याद नहुने हुनाले हामीले समुह बनाएर तालिम दिदैं आईरहेका हुन्छौं, हामी आफ्नो प्रोटोकल अनुसार कुन व्यक्ति कहाँ खटिने, कसरी खटिने भन्ने कुरा निर्धारण गरिसकेका हुन्छौं,’ शर्माले भने । महामारी व्यवस्थापनको लागि आईसोलेसन बेड छुट्टाउनेदेखि लिएर रोग फैलन नदिनलाई अस्पतालका कर्मचारीहरुले अपनाउनु पर्न पूर्वसवाधानीका सबै विकल्प अपनाइएको उनको भनाइ छ । पाटन अस्पतालले कोरोनाको लागि ५ वटा आईसोलेसन बेड छुटाएको छ । सुमेरु अस्पताल धापाखेलस्थित सुमेरु अस्पतालले पनि आफूहरु पूर्वतयारी अवस्थामा रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले कुनै पनि महामारी त्यसमा पनि सरुवा रोगहरुको लागि ३ खण्डको आईसोलेसन वार्ड छुटाएको बताएको छ । सुरुमा महामारीको वा कुनै पनि सरुवा रोगको शंकामा आएका बिरामीलाई अस्पतालले ईमर्जेन्सी वार्डमा राख्ने, त्यसपछि रोग पुष्टी भएको अवस्थामा जेनरल वार्डमा विशेषज्ञहरुले जाँच्ने र थप उपचारको लागि बेग्लै वार्डमा सार्ने गरेको छ । आफ्नो पहल र प्रयासले मात्रै अपुग भएमा सरुवा रोगको विशेषज्ञता प्राप्त टेकु अस्पतालसँग सहयोग लिने गरेका छ । हाल अस्पतालमा मास्क, स्यानिटाईजर, पन्जाहरुको समस्या भइरहेको प्रशासनले बताएको छ । आफूहरुसँग यस्ता सामाग्रीहरुको स्टक पनि बाँकी नरहेको र यस्तै अवस्था रहे संक्रमण रोगहरुको उपचारमा समस्या आउने बताएको छ । मेडिसिटी अस्पताल नख्खु स्थित मेडिसिटी अस्पतालले पनि आफुहरु कुनै पनि महामारीको लागि तयारी अवस्थामा रहेको अस्पतालका आईसियु प्रमुख डा. दिपेश आर्यलले बताए । मेडिसीटी अस्पताल एनएबीएच मान्यता प्राप्त अस्पताल हो । एनएबीएच अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरुको लागि राष्ट्रिय मान्यता दिने बोर्ड हो । अल्का अस्पताल जावलाखेलस्थित अल्का अस्पतालले पनि आफूहरु कुनै पनि प्रकारको महामारीको लागि जहिले पनि तयारी अवस्थामा रहेको जानकारी दिएको छ । अस्पताल प्रशासनले आफूहरुसँग यस्तो समयमा खटिने एउटा विशेष टिम रहेको र उनीहरुले कुनै पनि अवस्थामा अस्पतालले कसरी काम गर्ने भन्ने सुझाव दिने गरेका जानकारी दिएको छ । यस्तै, कोरोनाको लागि अस्पतालले एउटा रुम छुटाएको छ र केही थप समस्या आइपरेको अवस्थामा स्वास्थ्य मन्त्रालयले ललितपुरको हब अस्पतालको रुपमा तोकेको पाटन अस्पतालसँग समन्वय गर्ने गरेको जानकारी अल्का अस्पातलले दिएको छ । बीर अस्पताल दशकै जेठो अस्पताल बीरले पनि महामारीहरुसँग सामना गर्नको लागि तयारी रहेको अस्पताल नर्सिङ प्रशासककी मिरा श्रेष्ठले बताईन् । अस्पतालले हाल कोरोनाको लागि भने ५ वटा आईसोलेसन बेड छुट्टाएको छ । ‘हामी एकदम तयार अवस्थामा छौं तर हाम्रो अस्पतालमा देशभरबाट मानिसहरु आउने र त्यसमा पनि विशेष गरेर आर्थिक स्थिति कमजोर भएकाहरु आउने गर्छन्, यस्तो विरामीको सामान्यतः रोग प्रतिरोधात्मक क्षमता अन्यको दाँजोमा कम हुन्छ, जसले गर्दा उनीहरुमा संक्रमण बढ्ने जोखिम अधिक हुन्छ,’ श्रेष्ठले भनिन् । त्यसैले पनि बीरमा त्यस्ता बिरामीको लागि आईसोलेसन वार्ड नराख्न आफुहरुले चाहेको श्रेष्ठ बताउँछिन् ।
प्रधानमन्त्री सक्रिय हुन अझै ६ महिना लाग्ने, शुक्रबार डिस्चार्ज हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलाको जस्तै सक्रिय हुन ६ महिना लाग्ने प्रधानमन्त्रीका चिकित्सकहरुले बताएका छन् । यस्तै प्रधानमन्त्रीले एक महिनामा बैठक राख्न सक्ने तर भिडभाडमा जान नहुने डा. दिव्यसिंह शाहले बताइन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीका शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएकी हुन् । यस्तै प्रधानमन्त्रीलाई हालकाे लागि डिस्चार्ज नगर्न चिकित्सकलहरुले बताएका छन् । ओली निवासमा जाँदा भेटघाट बढ्नुको साथसाथै अन्य कार्यक्रममा पनि सक्रियता बढ्ने सम्भावनाका कारण संक्रमणको जोखिम ज्यादा हुने भएकोले केहि दिन अस्पतालमै राख्न परिवारका सदस्यले आग्रह गरेपछि डिस्चार्ज नगर्ने चिकित्सकले बताएका छन्। उनकाे डिस्चार्ज शुक्रबार हुनसक्ने शाहले बताइन् । प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो।