के तपाई चुराेट र गाँजा लिनुहुन्छ ? ख्याल गर्नुस् कोभिड १९ ले यस्ताे खतरा ल्याउन सक्छ

काठमाडौं । यदि तपाई कोरोनाको त्रासलाई कम गर्नको लागि तपाई गाँजा प्रयोग गरिरहनुभएको छ भने विज्ञहरुले तपाईले दाेहाेराएर सोच्नुपर्छ भन्ने सुझाव दिएका छन् । किनभने यसले फोक्सोलाई असर गर्छ, कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ विशेष गरेर चुरोट र गाँजा प्रयोग गर्नको लागि थप खतरनाक हुनसक्ने बताएका छन् । अमेरिकाका लंग एसोसिएसनका प्रमुख चिकित्सा अधिकारी पल्मनोलोजिष्ट डा. अबर्लट रिज्जो भन्छन्, ‘गाँजा खाँदा तपाईको शरीरमा हावा प्रवेश गर्न मार्ग केही मात्रामा सुनिन्छ जसरी ब्रोनकाईटिज र चुरोटले सुन्नाउने गर्दछ ।’ एकतर्फ तपाईको श्वासप्रश्वास नली सुन्निने र त्यसमा अर्को संक्रमणले तपाईको स्वास्थ्यमा झनै धेरै जाेखिम निम्ताउने विशेषज्ञहरु बताउँछन् । तपाईको शरीर कोरोनासँग लड्नुपर्ने अवस्थामा अर्काे समस्यासँग लडिरहेको छ । गाँजा जसको सेवनले सुख्खा खोकी निम्ताउँछ जसले रोग पहिचानमा पनि समस्या ल्याउँदछ । कोभिड–१९ एक श्वासप्रश्वासको समस्या हो । दिर्घकालिन श्वासप्रश्वास रोगी श्वासप्रश्वास नलीमा कुनै प्रकारको समस्या जस्तै आस्थमा, फोक्सोको रोगीहरु सास फेर्नको लागि भेन्टिलेटरको आवश्यक पर्न सक्दछ । गाँजा सुर्तिहरुभन्दा केही फरक हुन्छ । चुरोटभन्दा गाँजा धेरै कम तापक्रममा जल्दछ । जब कोही व्यक्तिले गाँजा सेवन गर्दछ तब उसले केही नजलेको गाँजा पनि सेवन गरेको हुन्छ जसले श्वासप्रशवास नलीमा गएर एकप्रकारको असजिलोपन सिर्जना गर्दछ । यसरी यसले श्वासप्रशवास नलीमा समस्या ल्याएर काेराेना संक्रमण भएकाे अवस्थामा थप समस्या सिर्जना गर्दछ ।

थप दुईजनामा देखियो कोरोना

काठमाडौं । नेपालमा थप दुईजना कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली लम्की चुहा नगरपालिका घर भएकी उक्त ६५ वर्षिय महिला र रौतहट जिल्लामा क्वारेन्टाईनमा राखिएको १९ वर्षिय पुरुषको आईतबार टेकु अस्पतालमा नमुना परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा दुई कोरोना परीक्षण पोजेटिभ आएको बताएका हुन् । यही सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ जसमा ११ जना नेपाली रहेका छन् भने ३ जना भारतीय रहेका छन् । पहिलाे १ जना काेराेना संक्रमित घर फर्किसकेका छन् । हाल देशभर ७ हजार १ सय ६६ जना क्वारेन्टिनमा रहेका छन् भने १ सय ३ जना आईसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा पिसिअार मेसिनबाट ५ सय १९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै पिसिअार र र्यापिड डायगोनेस्टिक किटबाट साेमबारसम्म १० हजार ९ सय ८२ वटा कोरोना परीक्षण गरिएको छ ।

कोभिड -१९ र्यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो

काठमाडौं । कर्णालीमा कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् । विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रीता भण्डारीले कर्णालीका सबै जिल्लामा गरी पाँच हजार किट नमूना सङ्कलन गरिने बताए । उनका अनुसार आरडिटी विधिबाट परीक्षण गरिँदा भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ । दैलेख र डोल्पामा किटसहित स्वास्थ्यकर्मी पठाउन बाँकी छ । दैलेख जिल्ला अस्पतालले स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाउन गरेको छ । यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा ‘थ्रोट स्वाब’ सङ्कलनमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिपिई, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएपछि दु्रत परीक्षण (र्यापिड टेस्ट) का लागि स्वास्थ्यकर्मी पठाउन सहज भएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेका छैनन् । रासस