फ्रान्सबाट आएकी काेराेना संक्रमित युवति निकाे भएर घर फर्किइन

काठमाडाैं । फ्रान्सबाट आएकी काेराेना संक्रमित युवति निकाे भएर घर फर्किएकी छन् । उनी नेपालकी दोस्रो कोरोना संक्रमित युवती हुन् । उनी आज निकाे भएर घर फर्किएकाे बताइएकाे छ । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको बताएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

सेती अस्पतालमा उपचाररत् कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ

काठमाडाैं । सेती प्रादेशिक अस्पतालमा उपचाररत् एकजनाकाे  दाेस्राे रिपाेर्ट नेगेटिभ आएको छ। पाँचजना कोरोना संक्रमितमध्ये एकजनाको दोस्रो नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएकाे छ ।   उनी लम्कीचुहा नगरपालिकाका-२१ बर्षीय युवक हुन् । अस्पतालका अनुसार अहिले आइसोलेसनमै राखेर उपचार भइरहेको ती युवकको अर्को पटकको रिपोर्ट पनि नेगेटिभ आए मात्रै डिस्चार्ज गरिने  छ। धनगढी उपमहानगरपालिका- ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका-१ कि ५२ बर्षीया महिलाको कोभिड-१९ परीक्षण रिपोर्ट पुनः पोजिटिभ देखिएको हो।

कोरोना संक्रमणः यस्तो छ अहिलेसम्मको विश्वभरकाे अपडेट

काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २२ लाख ५० हजार १ सय १९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ५४ हजार २ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ५१ हजार ५ सय ७७ जनालाई चाहिँ निको भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ३७ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ७ लाख ९ हजार ७ सय ३५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १४ हजार ३ सय ५२ पुगेको छ भने अहिलेसम्म ४८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३० जना संक्रमित भएका छन् भने १ जना लाई निको भइसकेको छ । (तथ्यांक स्राेत: वल्डोमिटर)