जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको रिपोर्ट आयाे
काठमाडाैं । जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको कोरोनो रिपोर्ट ‘नेगेटिभ’ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ । जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी उनीहरूलाई शनिबार पक्राउ गरेर प्रादेशिक अस्पताल ल्याइएको थियो ।
खुसीकाे खवरः ईटालीमा घट्न थाले मृतक र संक्रमित
काठमाडाैं । पछिल्लाे केही दिन यता ईटालीमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या मृत्यु हुनेकाे संख्यामा कमि आएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा कोरोना भाइरसको महामारीका कारण १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ भने २३ हजार २२७ जनाको ज्यान गएको छ । त्यस्तै, २ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारीका कारण इटालीमा शनिवार ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ४८२ जनाले ज्यान गुमाएका छन् । अन्य दिनको तुलनामा इटालीमा संक्रमित र मृतकको संख्या कम हुँदै गईरहेको छ । कोरोना भाइरसको महामारीले ग्रस्त बनेको विश्वमा अहिलेसम्म १ लाख ६० हजार ७८३ जनाले ज्यान गुमाएका छन् भने २३ लाख ३२ हजार ४५० जनालाई स्ंक्रमण भएको छ । त्यस्तै ५ लाख ९९ हजार ९९८ जना निको भएका छन् । अहिलेसम्म विश्वमा ५५ हजार २८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिलेसम्म विश्वभरको अपडेट
काठमाडौं । अहिले विहान ६ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २३ लाख ३० हजार ८ सय ५२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६० हजार ७ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ९६ हजार ४ सय ८२ जनालाई चाहिँ निको भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ७ लाख ३८ हजार ७ सय ९२ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ भने अहिलेसम्म ५२१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३१ जना संक्रमित भएका छन् भने ३ जना लाई निको भइसकेको छ । (तथ्यांक साभार : वल्डोमिटर)