कोरोना संक्रमितको संख्या साढे ३१ लाख नजिक, २ लाख १७ हजार भन्दा बढीको मृत्यु
काठमाडौं । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख १७ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ५३ हजार ३ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ भने अहिलेसम्म १ हजार ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५४ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
भरतपुरको कोरोना अस्पतालमा अख्तियारले छापा मार्याे
काठमाडाैं ।भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि आयोगले अस्पतालमा छापा मारेको हाे । मंगलबार दिउँसो हेटौंडाबाट गएकाे अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
रौतहटमा थप दुई जनामा देखियाे कोरोना संक्रमण
काठमाडाैं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे हाे । टेकुस्रोतका अनुसार बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५४ पुगेकाे छ जसमा १६ जना निकाे भएर घर फर्किसकेका छन् ।