यी हुन् धनगढीमा भेटिएका कोरोना संक्रमित

सांकेतिक तस्वीर काठमाडौं । दैनिक नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै आम नागरिकहरुमा पनि त्रास बढ्दै गइरहेको छ । आज धनगढीमा पनि थप एक जनामा कोरोना पोजेटिभ देखिएसँगै अहिले धनगढीका नागरिक झन त्रसित बनेका हुन् । आज धनगढीमा कोरा्ेना संक्रमित भएका व्यक्ति धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका भएको बताइको छ । उनी उनी ३४ वर्षका नेपाली पुरूष हुन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । अहिले कैलाली प्रहरीले ती युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पताल सम्म पुगाउनेको खोजी सुरु गरिएको  जानकारी दिए। ती युवकसँग अस्पताल पुगेका उनी अहिले प्रहरीको सम्पर्कमा छैनन्। युवकका सम्पर्कमा आएका  अन्य व्यक्तिको समेत खोजी सुरु गरिने भएको कैलाली प्रहरीले जनाएकाे छ । मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो । उनको नाम भने अस्पतालले गोप्य राखेको छ । यससँगै नेपालमा कारोनाको संक्रमित संख्या ४ पुगेको छ । जसमध्ये एक जनालाई निको भइसकेको छ ।

एक मिटर टाढा बस्नु कोरोनाबाट बच्नु सबैभन्दा राम्रो उपाय- स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना (काेभिड १९) बाट बच्नु सबैभन्दा उत्तम उपाय एक मिटर टाढा बस्नु रहेको सरकारले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले कोरोनाभाईरस सम्बन्धि नियमित ब्रिफिङमा एक मिटर टाढा बस्नु सबैभन्दा उत्तम उपाय भएको बताएका हुन् । कुनै पनि व्यक्ति बजारमा खाद्यन्य किन्न जाँदा अथवा बिरामी जाँच्दा एक मिटरको दुरी कायम गर्न कोरोनाभाईरसबाट बच्नु सबैभन्दा उत्तम उपाय रहेको कार्कीले बताए । साथै शंकास्पद बिरामीहरुलाई जाँच्दा पिपिईको आवश्यक नरहने कार्कीले बताएका । उनी भन्छन्, अहिले हामीले जथाभावी पिपिईको प्रयोग गर्यौ भो महामारी आउँदा हामी उल्टै समस्यामा पर्छै । हालसम्म ८ सय २ जनाको कोरोना परिक्षण भइसकेकाे छ जसमा ३ व्यक्तिको नमुना पोजेटिभ देखिएको छ । यसमध्ये एक व्यक्ति निको भएर घर फर्किसकेका छन् । उनीहरु सबै विदेशबाट नेपाल आएका थिए ।

कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात गर्न खुल्यो चीनतर्फका नाका

काठमाडौं । कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात चीन तर्फमा रसुवागढी र तातोपानी नाका खुला भएको छ । दुई महिनापछि नेपाल–चीन व्यापारिक नाका खुला गरेको हो । सरकारले केही दिन अघि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला गर्ने निर्णय गरेको थियो । भन्सार विभागमा महानिर्देशक सुमन दाहालले सुरुमा रसुवागढी र तातोपानी नाकाबाट कोरोना भाइरस परिक्षण गर्ने किट, औषधि र अतिआवश्क बस्तु आयात हुने बताए । दाहालका अनुसार गत माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो । ‘विस्तारै अन्य व्यापारीक सामन पनि सो नाकाबाट आयात हुन्छ, अहिले पनि अतिआवश्यक उपभोगिय बस्तु भारतबाट पनि सहज तरिकाले आयात भइरहेको छ,’ दाहालले भने | ढुवानीका लागि जाने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ । पहिलो हेल्थ असिस्टेन्टका भरमा रहेका नाकामा अहिले मेडिकल अफिसरको नेतृत्वमा टोली खटाइएको छ । नेपालीहरुले लैजाने कन्टेनर चिनियाँले लोड गर्नेछन् र उक्त कन्टेनर चालकले नेपाल ल्याउनेछन् । दुबै देशतर्फ हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपाली चालकहरुले चिनियाँ नागरिकलाई छुने छैनन् ।